काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समाजवादी मोर्चामा एमाले मिसिए पनि कांग्रेसलाई कुनै फरक नपर्ने बताएका छन्। काठमाडौंमा-४ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले अहिलेको गठबन्धनले चित्त बुझ्ने गरी काम नगरे फेर्न सकिनेसमेत उल्लेख गरे।
‘हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठीक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ। नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन। बन्छ, भत्किन्छ, भइराख्छ,’ उनले भने। नेपाली कांग्रेसले सरकार छोड्नुपर्छ कि भन्ने डरले चुनावअघि नै गठबन्धन गर्नु गलत भएको पनि उनको भनाइ छ।
‘के हुन्थ्यो कम्युनिस्ट पार्टी मिलेर? १० वर्ष सरकार चल्थ्यो, चलोस्, समाजवादीमा एमाले पनि थपियोस्, चलोस्, एक्लै लड्छ काँग्रेस,’ उनले भने।


