२०८३ कार्तिक १३ गते बिहिबार

ब्रिटिश मोडल कलेजका विद्यार्थीहरूले निकाले उत्कृष्ट क्याम्ब्रिज परीक्षा नतिजा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २९
british_college

काठमाडौं। ब्रिटिश एजुकेसन ग्रुपअन्तर्गत रहेको तथा द ब्रिटिश कलेजको भगिनी संस्था ब्रिटिश मोडल कलेज (बीएमसी)ले क्याम्ब्रिज इन्टरनेशनल एएस र ए लेभलको परीक्षामा उत्कृष्ट नतिजा निकालेको छ।

‘मे–जुन एक्जामिनेसन सिरिज–२०२६’मा सहभागी भएका १०६ जना विद्यार्थीमध्ये ९४ प्रतिशत विद्यार्थी उत्तिर्ण भइ उत्कृष्ट नजिता दिएका हुन्।

नतिजाअनुसार सात जना विद्यार्थीले लगातार एप्लस र ३३ जना विद्यार्थीले लगातार ए ग्रेड हासिल गरेका छन्। कलेजका अनुसार विद्यार्थीहरूको शैक्षिक प्रतिबद्धता तथा कलेजले प्रदान गर्दै आएको सहयोगी सिकाइ वातावरणलाई प्रतिबिम्बित गरेको छ।

उक्त उपलब्धि विद्यार्थीहरूको महिनौंदेखिको निरन्तर तयारी, शिक्षकहरूको समर्पण तथा अभिभावकहरूको निरन्तर प्रोत्साहन र सहयोगको परिणाम भएको कलेजले एक सूचनामार्फत जनाएको छ।

विद्यार्थीहरूलाई आफ्नो क्षमता पहिचान गर्दै उत्कृष्टता हासिल गर्न प्रेरित गर्ने वातावरण निर्माणमा सम्पूर्ण बीएमसी परिवारको महत्त्वपूर्ण योगदान रहेको पनि कलेजले पुष्टि गरेको छ।

ब्रिटिश एजुकेसन ग्रुपका हेड अफ स्कुल्स राजनकुमार राईले भने,‘यस उल्लेखनीय उपलब्धिका लागि हाम्रा विद्यार्थीहरूलाई हार्दिक बधाई दिन चाहन्छु। साथै, विद्यार्थीहरूको सफलतामा महत्त्वपूर्ण योगदान पुर्याउने समर्पित शिक्षकहरू तथा सहयोगी अभिभावकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु।

यो ब्रिटिश मोडल कलेज र सम्पूर्ण ब्रिटिश एजुकेसन ग्रुपका लागि गर्वको क्षण हो। यस उपलब्धिले विद्यार्थीहरूमा शैक्षिक उत्कृष्टता, आत्मविश्वास र महत्त्वाकांक्षा विकास गर्ने वातावरण निर्माणप्रतिको हाम्रो साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ,’ उनले अगाडि भने,‘ बीएमसी तथा ब्रिटिश एजुकेसन ग्रुपअन्तर्गत युवा पुस्तालाई सक्षम बनाउँदै उनीहरूको आगामी शैक्षिक तथा व्यावसायिक यात्रामा सफल हुन आवश्यक आधार प्रदान गर्न निरन्तर प्रतिबद्ध छौँ। हामी हाम्रा विद्यार्थीहरूप्रति अत्यन्त गर्व गर्दछौँ र उनीहरूको आगामी यात्राका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौँ।’

एलेभल पूरा गर्ने विद्यार्थीहरूका लागि प्राप्त नतिजा उच्च शिक्षातर्फको आगामी यात्रा तथा भावी करियरका लागि महत्त्वपूर्ण कोसेढुङ्गा बनेको पनि राईले प्रतिक्रिया दिए।

 

प्रकाशित: २०८३ साउन २९ गते शुक्रबार ०७:१९
प्रतिक्रिया

थप समाचार

बगर बन्यो धानखेत

रसुवा: उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य धानखेत बगरमा परिणत भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण उक्त वडाको सम्पूर्ण खेतीयोग्य जमिन बगरमा रुपान्तरण भएको हो। त्रिशूली...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...

किसानलाई दूधको उचित मूल्य खोइ?

दाङ: यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य पाउन नसक्दा मारमा परेका छन्। पशुपालन व्यावसायमा दुःख मेहनत धेरै गर्नुपर्ने भए पनि त्यसअनुसार मूल्य नपाउँदा मारमा परेका हुन्। दूध...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना