२०८३ कार्तिक ११ गते मङ्गलबार

वान एक्सबेट, क्रिप्टो, हाइपर नेटवर्किङ वेभसाइट र एप बन्द गर्न निर्देशन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ३१
nta

काठमाडौं। पछिल्लो समय क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ र अनलाइन जुवा जस्ता कानूनले बर्जित गरेको मौद्रिक उपकरणको प्रयोग बढ्न थालेको छ। वेभसाइट र एपमार्फत यस्ता कारोबारी सल्बलाएपछि नियामक नेपाल दुरसञ्चार प्राधिकरणले कडाइ गर्न थालेको छ।

पछिल्लो समय अनलाइन कारोबार बढ्दै गएपछि प्राधिकरणले फेरी अग्रसरता लिएको हो। छोटो समयमा धेरै कमाउने लोभमा पनि नेपालमा क्रिप्टोकरेन्सी र अनलाइन जुवामा कतिपय मानिसको आकर्षण बढिरहेको छ।

प्राधिकरणले अनलाइन प्रविधिबाट हुने जुवा, बेटिङ र ग्याम्बलिङ लगायतका गैरकानूनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट तथा एपहरूमा पहुँच नपुग्ने व्यवस्था गर्न मोबाइल, इन्टरनेटलगायतका दुरसञ्चार सेवा प्रदायक कम्पनीहरूलाई निर्देशन दिएको छ।

नेपालको कानूनले अनलाइन प्रविधिमार्फत सञ्चालन हुने बेटिङ, ग्याम्बलिङ, वान एक्सबेट, क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, बालयौनजन्य सामाग्री, अश्लिल सामाग्रीहरू प्रकाशन र पहुँचमा रोक लगाएको प्रधिकरणले स्पष्ट पारेको छ।

गैरकानूनी वेबसाइट तथा एपहरू नेपालभित्र सञ्चालन हुन नसक्ने तथा पहुँच पुग्न नसक्ने गरी व्यवस्था गर्न दूरसञ्चार सेवा प्रदायक संस्थाहरुलाई सूचनामार्फत निर्देशन जारी गरिएको प्राधिकरणले जनाएको छ।

निर्देशनको पालना नगर्ने दूरसञ्चार सेवा प्रदायक संस्थालाई दूरसञ्चार ऐन, २०५३ तथा प्रचलित कानून बमोजिम कारबाही गर्ने प्राधिकरणले चेतावनी दिएको छ।

नेपालमा मौद्रिक उपकरणको रुपमा कानूनी मान्यता नदिएका भर्चुअल करेन्सी र नेटवर्क मार्केटिङ लगायतका डिजिटल प्रविधिको प्रयोग गरी हुने कारोबार हालका दिनमा बढ्दै गएका छन्। प्रहरीले यस्ता गतिविधिमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेर पनि रोकिएको छैन्।

अनलाइन प्रविधिमार्फत हुने क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैरकानूनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट, एप, अनलाइन सञ्जाल लगायतका भर्चुअल माध्यमहरूमाथि प्रतिबन्ध लागेको लामो समय भइसकेको छ।

कोइनडेस्क नामक वेबसाइटका अनुसार सन् २०२२ (२०७९) को ग्लोबल क्रिप्टो एडप्सन इन्डेक्सको आधारमा नेपाल क्रिप्टोकरेन्सीको कारोबारमा विश्वभरि १६औं स्थानमा रहेको देखाएको थियो।

दूरसञ्चार प्राधिकरणले मौद्रिक उपकरणका रूपमा कानुनी मान्यता नदिएको भर्चुअल करेन्सी र नेटवर्क मार्केटिङ र डिजिटल प्रविधिको प्रयोग गरी हुने कारोबार बढ्दै गएको स्वीकार गरेको छ।

नेपालमा वेबसाइट र एप सञ्चालनबाट कारोबार भइरहेको निश्कर्ष प्राधिकरणको छ। प्राधिकरणले यस्ता वेबसाइट र एप सञ्चालन गर्न नमिल्ने व्यवस्था गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन पनि दिदै आएको छ।

नेपाल राष्ट्र बैंकले २०७४ सालमै क्रिप्टोकरेन्सीसम्बन्धी कारोबारलाई अवैध घोषणा गरेको छ। भर्चुअल मुद्रा र नेटवर्क मार्केटिङ कारोबार अहिले विश्वव्यापी समस्या बन्दै गएको छ। क्रिप्टोकरेन्सीले अन्तर्राष्ट्रिय मौद्रिक प्रणालीलाई चुनौती दिइरहेको छ।

नेपाल, बंगलादेश, चीन, कतार, मोरक्को, इराक, इजिप्ट, अल्जेरिया र ट्युनिसियालगायत अधिकांश मुलुकमा क्रिप्टोकरेन्सी कारोबार प्रतिबन्धित छ। भारतले आंशिक रुपमा क्रिप्टो कारोबार खुला गरेको छ।

क्रिप्टोकरेन्सी भर्चुअल मुद्रा हो। जसको अस्तित्व अनलाइनमा मात्रै सीमित छ। भौतिक रूपमा देख्न वा छुन नसके पनि यसको मूल्य तोकिएको हुन्छ।

यो मुद्राको केन्द्रीय बैंकका साथै नियमन गर्ने कुनै निकाय स्थापना भएको छैन। संसारभरिका कम्प्युटरमा राखिएको डिजिटल रेकर्डका आधारमा यो सञ्चालन हुन्छ।

क्रिप्टोकरेन्सीको प्रयोग गरी सरसामान खरिद गर्न वा भुक्तानी गर्न सकिन्छ। यसलाई कम्प्युटर वा मोबाइल फोनमार्फत डिजिटल वालेटमा राख्न सकिन्छ।

प्रकाशित: २०८३ साउन ३१ गते आईतबार ०८:४२
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि नेपाल टेलिकमको ५९९ रुपैयाँको प्याकेज, दैनिक ८ जीबी डेटा

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सार्वजनिक गरेको छ। कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ५९९ रुपैयाँमा...

प्रयोगकर्ताको डेटा दुरुपयोग गरेको आरोपमा मेटालाई २५ अर्ब डलर जरिवाना

यो मेटाविरुद्ध हालसम्म तोकिएको सबैभन्दा ठूलो जरिवाना हो। राज्यका कानुन व्यवसायीका अनुसार मेटाको गलत जानकारी र डेटा व्यवस्थापनसम्बन्धी गतिविधिबाट न्यु मेक्सिकोका करिब २० लाख बासिन्दा प्रभावित...

पीएचपीमा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि नेपालका अधिकांश सरकारी वेबसाइट बन्द

काठमाडौँ: विश्वभर पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण नेपालका अधिकांश सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ। सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र...

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य

दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सकिएको छ। यसले ऐतिहासिक अभिलेखमा लुकेका रहस्य पत्ता...

१७ करोड खर्चिएर बनाएको मौसमी रडार २ वर्षदेखि बन्द, तीन प्रदेशको पूर्वसूचना प्रणाली प्रभावित

करोडौँ रुपैयाँ खर्चेर स्थापना गरिएको यो प्रविधि लामो समयदेखि बन्द हुँदा त्यसबाट प्राप्त हुनुपर्ने तथ्यांक र सूचनाको उपयोग गर्न सकिएको छैन।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना