२०८३ कार्तिक १२ गते बुधबार

‘कालो सुन’ अलैँचीको भाउ बढेपछि किसान उत्साहित, प्रतिमन ९६ हजारमा कारोबार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ४
photo-4_fc0e3073

ताप्लेजुङ: ‘कालो सुन’ नामले परिचित अलैँचीको बजार मूल्य यस वर्ष पनि उच्च रहेको छ। नयाँ अलैँची बजारमा आउन थालेसँगै मूल्य राम्रो पाएपछि किसान उत्साहित भएका छन्।

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा बिहीबार अलैँची प्रतिमन (४० किलोग्राम) ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

अलैँचीको मूल्य राम्रो भएपछि किसानहरू बगानमा पुगेर टिपाइमा व्यस्त हुन थालेका छन्। विशेषगरी बेँसी क्षेत्रका किसानले अलैँची टिप्न सुरु गरेका छन्। फुङ्लिङ नगरपालिका–९ का किसान सुवास भण्डारीका अनुसार अलैँची टिप्ने समय सुरु भएसँगै किसानहरू बगानमै व्यस्त हुन थालेका छन्।

ताप्लेजुङमा साउनको तेस्रो सातादेखि मंसिरसम्म अलैँची टिप्ने गरिन्छ। पछिल्ला दुई वर्षदेखि बजार मूल्य राम्रो रहेकाले किसानहरू अलैँची टिपाइमा उत्साहित भएर लागेको मैवाखोला गाउँपालिकाका किसान सूर्य लिम्बूले बताए।

अलैँची टिपाइ बेँसी क्षेत्रबाट सुरु भएर क्रमशः लेकाली क्षेत्रमा सर्दै जाने गर्छ। अहिले मैवाखोला क्षेत्रका खाते, फुङ्लिङ नगरपालिका–हाङदेवा र आठराई त्रिवेणी गाउँपालिका–चाँगेसहितका बेँसी क्षेत्रमा अलैँची टिपाइ सुरु भएको छ।

टिपेको अलैँची बगानमै बनाइएका भट्टीमा सुकाउने गरिन्छ। अलैँची ताप्लेजुङको प्रमुख नगदेबाली हो। अन्तर्राष्ट्रिय बजारको मूल्यका आधारमा नेपाली बजारमा समेत अलैँचीको मूल्य निर्धारण हुने भएकाले यसको मूल्यमा समयअनुसार घटबढ हुने स्थानीय व्यवसायी बताउँछन्।

ताप्लेजुङका नौ स्थानीय तहमध्ये फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाबाहेक जिल्लाका अधिकांश वडामा किसानले व्यावसायिक रूपमा अलैँची खेती गर्दै आएका छन्। हाल जिल्लामा करिब ४ हजार ४५० हेक्टर क्षेत्रफलमा अलैँची खेती भइरहेको छ।

कोशी प्रदेशमा भने ७ हजार ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा अलैँची खेती हुँदै आएको तथ्यांक छ। नेपालमा उत्पादित अलैँचीको करिब ९० प्रतिशत निर्यात हुने गरेको छ। नेपालबाट भारत निर्यात भएको अलैँची त्यहाँबाट प्रशोधन तथा ब्रान्डिङ भएर विश्व बजारमा पुग्ने गरेको छ।

प्रकाशित: २०८३ भदौ ४ गते बिहिबार ०४:०९
प्रतिक्रिया

थप समाचार

कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर नजिक, नेपालमा महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर नजिक पुगेपछि नेपालमा पेट्रोलियम पदार्थको आयात लागत र समग्र मूल्यवृद्धिमा दबाब पर्ने जोखिम बढेको छ। पश्चिम एसियामा...

नेपालको विद्युत निर्यात क्षमता १,१७९ मेगावाट पुग्यो

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ। बाढीका कारण केही जलविद्युत आयोजनाको...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन: कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसिसी) र समृद्ध चितवन...

हानि–नोक्सानी कोषबाट नेपाललाई ३ अर्ब अनुदान दिने निर्णय, प्रस्ताव पेस गर्ने नेपालको तयारी

काठमाडौँ: संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले नेपाललाई सहयोग गर्ने निर्णय गरेसँगै त्यसको कार्यान्वयन प्रक्रियामा...

भारतीय विदेशमन्त्रीलाई अर्थमन्त्री वाग्लेको प्रश्न: हामी पेन्डुलमको अर्को छेउतिर गइरहेका छौँ?

काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिँदो विश्व परिस्थिति, बहुपक्षीयताको भविष्य र अन्तर्राष्ट्रिय सहकार्यका नयाँ स्वरूपबारे प्रश्नोत्तर भएको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना