२०८३ भदौ ५ गते शुक्रबार

‘कालो सुन’ अलैँचीको भाउ बढेपछि किसान उत्साहित, प्रतिमन ९६ हजारमा कारोबार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ४
photo-4_fc0e3073

ताप्लेजुङ: ‘कालो सुन’ नामले परिचित अलैँचीको बजार मूल्य यस वर्ष पनि उच्च रहेको छ। नयाँ अलैँची बजारमा आउन थालेसँगै मूल्य राम्रो पाएपछि किसान उत्साहित भएका छन्।

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा बिहीबार अलैँची प्रतिमन (४० किलोग्राम) ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

अलैँचीको मूल्य राम्रो भएपछि किसानहरू बगानमा पुगेर टिपाइमा व्यस्त हुन थालेका छन्। विशेषगरी बेँसी क्षेत्रका किसानले अलैँची टिप्न सुरु गरेका छन्। फुङ्लिङ नगरपालिका–९ का किसान सुवास भण्डारीका अनुसार अलैँची टिप्ने समय सुरु भएसँगै किसानहरू बगानमै व्यस्त हुन थालेका छन्।

ताप्लेजुङमा साउनको तेस्रो सातादेखि मंसिरसम्म अलैँची टिप्ने गरिन्छ। पछिल्ला दुई वर्षदेखि बजार मूल्य राम्रो रहेकाले किसानहरू अलैँची टिपाइमा उत्साहित भएर लागेको मैवाखोला गाउँपालिकाका किसान सूर्य लिम्बूले बताए।

अलैँची टिपाइ बेँसी क्षेत्रबाट सुरु भएर क्रमशः लेकाली क्षेत्रमा सर्दै जाने गर्छ। अहिले मैवाखोला क्षेत्रका खाते, फुङ्लिङ नगरपालिका–हाङदेवा र आठराई त्रिवेणी गाउँपालिका–चाँगेसहितका बेँसी क्षेत्रमा अलैँची टिपाइ सुरु भएको छ।

टिपेको अलैँची बगानमै बनाइएका भट्टीमा सुकाउने गरिन्छ। अलैँची ताप्लेजुङको प्रमुख नगदेबाली हो। अन्तर्राष्ट्रिय बजारको मूल्यका आधारमा नेपाली बजारमा समेत अलैँचीको मूल्य निर्धारण हुने भएकाले यसको मूल्यमा समयअनुसार घटबढ हुने स्थानीय व्यवसायी बताउँछन्।

ताप्लेजुङका नौ स्थानीय तहमध्ये फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाबाहेक जिल्लाका अधिकांश वडामा किसानले व्यावसायिक रूपमा अलैँची खेती गर्दै आएका छन्। हाल जिल्लामा करिब ४ हजार ४५० हेक्टर क्षेत्रफलमा अलैँची खेती भइरहेको छ।

कोशी प्रदेशमा भने ७ हजार ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा अलैँची खेती हुँदै आएको तथ्यांक छ। नेपालमा उत्पादित अलैँचीको करिब ९० प्रतिशत निर्यात हुने गरेको छ। नेपालबाट भारत निर्यात भएको अलैँची त्यहाँबाट प्रशोधन तथा ब्रान्डिङ भएर विश्व बजारमा पुग्ने गरेको छ।

प्रकाशित: २०८३ भदौ ४ गते बिहिबार ०४:०९
प्रतिक्रिया

थप समाचार

आर्थिक वर्ष सुरु भएयता एक खर्ब राजस्व संकलन

काठमाडौँ । चालू आर्थिक वर्ष सुरु भएको ३४ दिनमा सरकारले एक खर्ब रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको छ। बुधबारसम्म सरकारको ढुकुटीमा एक खर्ब रुपैयाँ राजस्व जम्मा भएको महालेखा नियन्त्रक कार्यालयले...

दुबईका भान्सामा पुग्दै डीडीसीको घिउ, पहिलो खेपमा ६ लाख रुपैयाँको ५०० किलो निर्यात

रातो र चन्द्र–सूर्य इन्टरनेसनल कम्पनीले वार्षिक कम्तीमा ५० हजार किलो घिउ विदेश लैजाने गरी संस्थानसँग सम्झौता गरेको छ।

सरकारैपिच्छे अबण्डा कोषको अखडा: बेथिति र अपारदर्शी खर्चमा रमाउँदै तीन तहकै सरकार

केन्द्र सरकारबाट प्रदेश र स्थानीय सरकारमा यो रोग सरेको छ। हरेक वर्ष ल्याउने तीन तहका सरकारका आफ्ना बजेट कार्यक्रममा अबण्डा बजेटले स्थान पाइरहेकै छ।

काँकडभिट्टाबाट एक वर्षमा चौध करोडको जडीबुटी निर्यात

झापा: एक वर्षमा रु १४ करोड ६ लाख ८३ हजारको जडीबुटी निर्यात भएको छ। काँकडभिट्टाबाट भारत र बङ्गलादेशतर्फ १२ थरीका कुल एक हजार १०८ मेट्रिक टन जडीबुटी निर्यात भएको हो। भारततर्फ ४२२ मेट्रिक टन तेजपात...

३५० रुपैयाँको सामान किनेका थिए, पाए १० लाख उपहार

काठमाडौँ: कर कार्यालयको उपभोक्ता प्रोत्साहन योजनाअन्तर्गत दोस्रो चरणको बम्पर पुरस्कार एक जना उपभोक्ताले केवल ३५० रुपैयाँको खरिदबाट जितेका छन्। गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट...
commodity market
उद्योग

‘कमोडिटी मार्केट’ सञ्चालन हुँदै, पूर्वाधारसहित आउनेलाई सेबोनले लाइसेन्स दिने

यसअघि पनि कमोडिटी कारोबारका नाममा विभिन्न आधा दर्जन कम्पनीहरूले बजार सञ्चालन गरेका थिए। तर, व्यवस्थित र दीर्घकालीन रूपमा सञ्चालन हुन नसकेपछि अहिले नयाँ ढंगले कमोडिटी मार्केट स्थापना गर्ने...
Bijuli_export
आर्थिक नीति

गत वर्षको विद्युत व्यापारः १२०० मेगावाट निर्यात, ७५० मेगावाट आयात

विद्युत निर्यात ६६.६० प्रतिशत वृद्धि भई ३ अर्ब ९६ करोड ५० लाख युनिट पुगेसँगै खुद विद्युत निर्यात २ अर्ब ७९ करोड ४० लाख युनिट पुगेको प्राधिकरणले जनाएको छ।
arun_subedi
विचार

आर्थिक लोकतन्त्र स्थापना गर्न अबको लडाइँ समाजवाद र वातावरणवादविरुद्ध

चन्द्रशेखर उपाध्याय प्रधानमन्त्री भएका बेला भारतले सुन बेचेर डलर किन्नु पर्ने अवस्था आयो। पछि चुनाव भयो र पीभी नरसिंह राव प्रधानमन्त्री बन्नु भयो। त्यसबेला आइपुग्दा भारतको अर्थतन्त्र अस्थिरपञ्जर...
govinda
अर्थतन्त्र

सरकारैपिच्छे अबण्डा कोषको अखडा: बेथिति र अपारदर्शी खर्चमा रमाउँदै तीन तहकै सरकार

केन्द्र सरकारबाट प्रदेश र स्थानीय सरकारमा यो रोग सरेको छ। हरेक वर्ष ल्याउने तीन तहका सरकारका आफ्ना बजेट कार्यक्रममा अबण्डा बजेटले स्थान पाइरहेकै छ।
New Project – 2026-08-19T172415.164
कर्पोरेट

रसुवागढी हाइड्रोपावरको १.३३ अर्ब बीमा भुक्तानीमा हिमालयन एभरेष्टको ढिलाइ, पुनर्निर्माणमा सास्ती

हालसम्म हिमालयन एभरेष्टबाट २० करोड रुपैयाँ मात्र पेश्की प्राप्त भएको छ। संशोधित बीमा दाबी १ अर्ब ३२ करोड ७६ लाख रुपैयाँ बाँकी रहेको भनाइ रसुवागढी हाइड्रोपावर कम्पनीको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना