२०८३ भदौ ५ गते शुक्रबार

ईसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानी प्रदायक संस्था

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ४
eSewa_PCIDSS

काठमाडौँ। नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी ईसेवा लिमिटेडले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वानको मान्यता प्राप्त गरेको छ।

कार्ड डाटा सुरक्षासम्बन्धी विभिन्न विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै ईसेवाले उक्त मान्यता प्राप्त गरेको हो। यस मान्यताले इसेवामार्फत गरिएका सबै कारोबारहरू सुरक्षित रहेका छन् र भुक्तानी गर्ने ग्राहकका हरेक डाटा सुरक्षा गर्न कम्पनी प्रतिबद्ध छ भन्ने कुरा थप प्रमाणित गरेको छ।

‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ भुक्तानी कार्डको डाटा सुरक्षाका लागि स्थापित विश्वव्यापी मान्यता प्राप्त सुरक्षा मापदण्ड हो। यसको विकास र सञ्चालन विश्व प्रसिद्ध फोरम पिसिआई सुरक्षा मापदण्ड परिषदले गर्दै आएको छ।

यसअन्तर्गत सुरक्षित नेटवर्क तथा प्रणाली निर्माण, डाटा सुरक्षा, पहुँच नियन्त्रण, जोखिम व्यवस्थापन, नियमित परीक्षण तथा निगरानी र सूचना सुरक्षा नीति जस्ता सुरक्षा मापदण्डहरू रहेका छन्। ईसेवाले भुक्तानी डाटा सुरक्षा सम्बन्धी यिनै मापदण्डहरू पूरा गर्दै ‘पीसीआई डिएसएस’ को मान्यता प्राप्त गरेको हो।
ईसेवाका प्रमुख प्रविधि अधिकृत विपिन खनालले ‘पीसीआई डिएसएस’को प्रमाणीकरणले प्रयोगकर्ताहरूको डाटा सुरक्षाप्रति ईसेवाको प्रतिबद्धतालाई थप पुष्टि गरेको बताए। “यस प्रमाणीकरणले ईसेवाको समग्र डाटा सुरक्षा तथा प्रयोगकर्ताको विश्वासप्रतिको हाम्रो प्रतिबद्धतालाई थप बलियो बनाएको छ।” खनालले भने, “हामी अन्तर्राष्ट्रिय रूपमा स्थापित सुरक्षा मापदण्ड तथा उत्कृष्ट अभ्यासअनुसार हाम्रो प्रणाली तथा प्रक्रियालाई निरन्तर स्तरवृद्धि गर्दै जानेछौँ।”

प्रयोगकर्ताको वित्तीय तथा व्यक्तिगत जानकारीको सुरक्षालाई केन्द्रविन्दुमा राखी सेवा प्रदान गर्दै आएको ईसेवाले जनाएको छ। कम्पनीले सुरक्षित डिजिटल भुक्तानीका लागि प्राविधिक सुरक्षा पूर्वाधारसँगै प्रणालीको नियमित निगरानी, जोखिम पहिचान, सुरक्षा परीक्षण, पहुँच नियन्त्रण जस्ता सुरक्षा अभ्यासलाई निरन्तर सुदृढ गर्दै आएको छ।

पीसीआई डिएसएसको मान्यता प्राप्त हुनु ईसेवाको सुरक्षित, विश्वसनीय र जिम्मेवार डिजिटल भुक्तानी इकोसिस्टम निर्माण गर्ने निरन्तर प्रयासको एउटा महत्त्वपूर्ण कोसेढुङ्गाका रूपमा रहेको कम्पनीले जनाएको छ।

साथै, ईसेवा आइएसओ/आइसी २७००१ः२०२२ प्रमाणित संस्था हो। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त प्रमाणीकरणले ईसेवाका सम्पूर्ण प्रणाली र सञ्चालनहरूमा सूचना सुरक्षा जोखिमहरूको निरन्तर पहिचान, व्यवस्थापन र सुधार सुनिश्चित गर्दछ।

ईसेवाले आगामी दिनमा पनि प्रयोगकर्ताको डाटा तथा कारोबारको सुरक्षालाई प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डअनुरूप आफ्ना प्रणाली, प्रक्रिया र सुरक्षा अभ्यासलाई निरन्तर सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित: २०८३ भदौ ४ गते बिहिबार ०५:४२
प्रतिक्रिया

थप समाचार

दूरसञ्चार कम्पनीको नवीकरण अब वार्षिक आम्दानीका आधारमा, २० अर्बको दस्तुर हट्दै

काठमाडौँ: नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार कम्पनीको नवीकरण दस्तुरसम्बन्धी व्यवस्था संशोधन गर्ने भएको छ। एकीकृत दूरसञ्चार नीतिको मस्यौदामा प्राधिकरणले यस्तो व्यवस्था गरेको हो। मस्यौदामा...

श्रीलङ्काको ‘डायलग’मा नेपाली प्रविधि ‘टिङटिङ’, अन्तर्राष्ट्रिय बजारमा सेवा विस्तार तीव्र

काठमाडौँ। नेपालमा विकास भएको सूचना प्रविधिलाई विश्व बजारमा पुर्याउने दिशामा एक महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ। स्वदेशमा आफ्नो प्रभावकारी सेवा विस्तार गरिरहेको एआईमा आधारित व्यावसायिक...

पाँच इन्टरनेट कम्पनीको लाइसेन्स पाँच वर्ष थपियो

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले पाँचवटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र थप पाँच वर्षका लागि नवीकरण गर्ने निर्णय गरेको छ। अनुमतिपत्र नवीकरणसँगै ती कम्पनीलाई आगामी पाँच वर्षसम्म...

ई–कमर्स व्यवसायी अनिवार्य रूपमा विभागमा स्वीकृत हुनुपर्ने

काठमाडौँ: वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विद्युतीय माध्यम (ई–कमर्स) बाट वस्तु तथा सेवाको कारोबार गर्ने सम्पूर्ण व्यवसायीहरूलाई अनिवार्य रूपमा विभागमा सूचीकृत हुन निर्देशन...

सामसङको नयाँ फोल्डेबल फोन: प्रि-अर्डरमा ६८ हजारसम्म लाभ, किस्ताबन्दीमा पनि किन्न पाइने

काठमाडौँ: सामसङले नेपालमा आफ्नो नयाँ पुस्ताको फोल्डेबल स्मार्टफोन तथा स्मार्टवाच सार्वजनिक गरेको छ। कम्पनीले ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड ८, ग्यालेक्सी जेड फ्लिप ८,...
commodity market
उद्योग

‘कमोडिटी मार्केट’ सञ्चालन हुँदै, पूर्वाधारसहित आउनेलाई सेबोनले लाइसेन्स दिने

यसअघि पनि कमोडिटी कारोबारका नाममा विभिन्न आधा दर्जन कम्पनीहरूले बजार सञ्चालन गरेका थिए। तर, व्यवस्थित र दीर्घकालीन रूपमा सञ्चालन हुन नसकेपछि अहिले नयाँ ढंगले कमोडिटी मार्केट स्थापना गर्ने...
Bijuli_export
आर्थिक नीति

गत वर्षको विद्युत व्यापारः १२०० मेगावाट निर्यात, ७५० मेगावाट आयात

विद्युत निर्यात ६६.६० प्रतिशत वृद्धि भई ३ अर्ब ९६ करोड ५० लाख युनिट पुगेसँगै खुद विद्युत निर्यात २ अर्ब ७९ करोड ४० लाख युनिट पुगेको प्राधिकरणले जनाएको छ।
arun_subedi
विचार

आर्थिक लोकतन्त्र स्थापना गर्न अबको लडाइँ समाजवाद र वातावरणवादविरुद्ध

चन्द्रशेखर उपाध्याय प्रधानमन्त्री भएका बेला भारतले सुन बेचेर डलर किन्नु पर्ने अवस्था आयो। पछि चुनाव भयो र पीभी नरसिंह राव प्रधानमन्त्री बन्नु भयो। त्यसबेला आइपुग्दा भारतको अर्थतन्त्र अस्थिरपञ्जर...
govinda
अर्थतन्त्र

सरकारैपिच्छे अबण्डा कोषको अखडा: बेथिति र अपारदर्शी खर्चमा रमाउँदै तीन तहकै सरकार

केन्द्र सरकारबाट प्रदेश र स्थानीय सरकारमा यो रोग सरेको छ। हरेक वर्ष ल्याउने तीन तहका सरकारका आफ्ना बजेट कार्यक्रममा अबण्डा बजेटले स्थान पाइरहेकै छ।
New Project – 2026-08-19T172415.164
कर्पोरेट

रसुवागढी हाइड्रोपावरको १.३३ अर्ब बीमा भुक्तानीमा हिमालयन एभरेष्टको ढिलाइ, पुनर्निर्माणमा सास्ती

हालसम्म हिमालयन एभरेष्टबाट २० करोड रुपैयाँ मात्र पेश्की प्राप्त भएको छ। संशोधित बीमा दाबी १ अर्ब ३२ करोड ७६ लाख रुपैयाँ बाँकी रहेको भनाइ रसुवागढी हाइड्रोपावर कम्पनीको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना