२०८३ कार्तिक १२ गते बुधबार

श्रीलङ्काको ‘डायलग’मा नेपाली प्रविधि ‘टिङटिङ’, अन्तर्राष्ट्रिय बजारमा सेवा विस्तार तीव्र

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ५
tink

काठमाडौँ। नेपालमा विकास भएको सूचना प्रविधिलाई विश्व बजारमा पुर्याउने दिशामा एक महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ।

स्वदेशमा आफ्नो प्रभावकारी सेवा विस्तार गरिरहेको एआईमा आधारित व्यावसायिक सञ्चार प्लेटफर्म टिङटिङले अब अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो उपस्थिति बलियो बनाउन थालेको छ।

यसै क्रममाले श्रीलङ्काको सबैभन्दा ठूलो र अग्रणी दूरसञ्चार सेवा प्रदायक डायलग आजियाटासँग रणनीतिक व्यावसायिक सम्झौता गरेको छ।

उक्त सम्झौता पत्रमा प्रिक्साका प्रमुख कार्यकारी अधिकृत मनिष शर्मा र डायलगका इनोभेसन एन्ड प्लेटफम्र्स बिजनेस प्रमुख तथा उपाध्यक्ष विरङ्गा सेनेभिरत्नेले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि बोल्दै प्रिक्साका सिईओ मनिष शर्माले डायलग जस्तो बलियो साझेदारसँग सहकार्य गर्न पाउँदा निकै उत्साहित भएको बताए।

उनले यो साझेदारी केवल व्यवसायमा मात्र सीमित नभई नेपाल र श्रीलङ्कालाई जोड्ने एक मजबुत प्रविधि इकोसिस्टम निर्माण गर्न सहयोगी बन्ने विश्वास व्यक्त गरे।

कम्पनीले श्रीलङ्काली बजारमा आफ्ना अत्याधुनिक उत्पादनहरू उपलब्ध गराउन थालेको छ। कम्पनीको एकीकृत ‘टिङटिङ कम्युनिकेशन सुइट’ अन्तर्गत कनेक्ट, ओम्नी, ब्रोडकास्ट र एजेन्ट गरी चार प्रमुख उत्पादनहरू एउटै आर्किटेक्चरमा आधारित रहेर सञ्चालनमा आएका छन्।

यसले व्यवसायलाई पहुँच, स्वचालन र स्केलदेखि ग्राहक बुझाइसम्म पुर्याउन मद्दत गर्छ।

कम्पनीले संस्थाकै पूर्वाधारभित्र जडान हुने र ‘द बक्स’ अन९प्रिमाइस उपकरणमार्फत डेटा संस्थाभित्रै सुरक्षित राखेर सञ्चालन गर्न सकिने ‘टिङटिङ कनेक्ट’ उपलब्ध गराएको छ।

यस्तै, ह्वाट्सएप, भाइबर, मेसेन्जर, वेबच्याट र एसएमएससहित सबै डिजिटल च्यानलका ग्राहक संवादलाई एउटै इनबक्समा एकीकृत गर्ने ‘टिङटिङ ओम्नी’ तथा हजारौँ ग्राहकसम्म एकैपटक स्वचालित भ्वाइस कलमार्फत सूचना र रिमाइन्डर पठाउन सकिने ‘टिङटिङ ब्रोडकास्ट’ प्रणाली समेत समावेश छन्।

यसका साथै स्थानीय भाषामै ग्राहकसँग प्रत्यक्ष कुराकानी गर्ने र आवश्यकता अनुसार मानव एजेन्टलाई संवाद हस्तान्तरण गर्ने क्षमता भएको ‘टिङटिङ एजेन्ट्स’ पनि यस प्लेटफर्मको मुख्य आकर्षण हो।

नेपाली भाषाका साथै यी सबै सेवा तथा सुविधाहरू अहिले अङ्ग्रेजी र सिंहली भाषामा समेत उपलब्ध छन्। श्रीलङ्काली बजारलाई थप प्रभावकारी बनाउन कम्पनीले भ्वाइस मोडलिङतर्फ तमिल र सिंहली९श्रीलङ्कन० भाषाको परिष्कृत मोडलिङमा तीव्र गतिमा काम गरिरहेको छ।

पछिल्लो समय नेपाल सूचना प्रविधि र सफ्टवेयर निर्यातको सम्भावनायुक्त केन्द्रका रूपमा उदाइरहेको सन्दर्भमा यो सम्झौतालाई नेपाली टेक उद्योगकै लागि एउटा ठूलो माइलस्टोनका रूपमा हेरिएको छ।

‘नेपालमा निर्मित, विश्वका लागि’ भन्ने सोचका साथ अघि बढेकोको यो कदमले नेपाली स्टार्टअपहरूले विश्वस्तरीय उत्पादन विकास गरेर अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्छन् भन्ने बलियो सन्देश दिएको छ।

प्रकाशित: २०८३ भदौ ५ गते शुक्रबार १०:२५
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि नेपाल टेलिकमको ५९९ रुपैयाँको प्याकेज, दैनिक ८ जीबी डेटा

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सार्वजनिक गरेको छ। कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ५९९ रुपैयाँमा...

प्रयोगकर्ताको डेटा दुरुपयोग गरेको आरोपमा मेटालाई २५ अर्ब डलर जरिवाना

यो मेटाविरुद्ध हालसम्म तोकिएको सबैभन्दा ठूलो जरिवाना हो। राज्यका कानुन व्यवसायीका अनुसार मेटाको गलत जानकारी र डेटा व्यवस्थापनसम्बन्धी गतिविधिबाट न्यु मेक्सिकोका करिब २० लाख बासिन्दा प्रभावित...

पीएचपीमा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि नेपालका अधिकांश सरकारी वेबसाइट बन्द

काठमाडौँ: विश्वभर पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण नेपालका अधिकांश सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ। सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र...

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य

दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सकिएको छ। यसले ऐतिहासिक अभिलेखमा लुकेका रहस्य पत्ता...

१७ करोड खर्चिएर बनाएको मौसमी रडार २ वर्षदेखि बन्द, तीन प्रदेशको पूर्वसूचना प्रणाली प्रभावित

करोडौँ रुपैयाँ खर्चेर स्थापना गरिएको यो प्रविधि लामो समयदेखि बन्द हुँदा त्यसबाट प्राप्त हुनुपर्ने तथ्यांक र सूचनाको उपयोग गर्न सकिएको छैन।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना