२०८३ भदौ ५ गते शुक्रबार

श्रीलङ्काको ‘डायलग’मा नेपाली प्रविधि ‘टिङटिङ’, अन्तर्राष्ट्रिय बजारमा सेवा विस्तार तीव्र

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ५
tink

काठमाडौँ। नेपालमा विकास भएको सूचना प्रविधिलाई विश्व बजारमा पुर्याउने दिशामा एक महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ।

स्वदेशमा आफ्नो प्रभावकारी सेवा विस्तार गरिरहेको एआईमा आधारित व्यावसायिक सञ्चार प्लेटफर्म टिङटिङले अब अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो उपस्थिति बलियो बनाउन थालेको छ।

यसै क्रममाले श्रीलङ्काको सबैभन्दा ठूलो र अग्रणी दूरसञ्चार सेवा प्रदायक डायलग आजियाटासँग रणनीतिक व्यावसायिक सम्झौता गरेको छ।

उक्त सम्झौता पत्रमा प्रिक्साका प्रमुख कार्यकारी अधिकृत मनिष शर्मा र डायलगका इनोभेसन एन्ड प्लेटफम्र्स बिजनेस प्रमुख तथा उपाध्यक्ष विरङ्गा सेनेभिरत्नेले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि बोल्दै प्रिक्साका सिईओ मनिष शर्माले डायलग जस्तो बलियो साझेदारसँग सहकार्य गर्न पाउँदा निकै उत्साहित भएको बताए।

उनले यो साझेदारी केवल व्यवसायमा मात्र सीमित नभई नेपाल र श्रीलङ्कालाई जोड्ने एक मजबुत प्रविधि इकोसिस्टम निर्माण गर्न सहयोगी बन्ने विश्वास व्यक्त गरे।

कम्पनीले श्रीलङ्काली बजारमा आफ्ना अत्याधुनिक उत्पादनहरू उपलब्ध गराउन थालेको छ। कम्पनीको एकीकृत ‘टिङटिङ कम्युनिकेशन सुइट’ अन्तर्गत कनेक्ट, ओम्नी, ब्रोडकास्ट र एजेन्ट गरी चार प्रमुख उत्पादनहरू एउटै आर्किटेक्चरमा आधारित रहेर सञ्चालनमा आएका छन्।

यसले व्यवसायलाई पहुँच, स्वचालन र स्केलदेखि ग्राहक बुझाइसम्म पुर्याउन मद्दत गर्छ।

कम्पनीले संस्थाकै पूर्वाधारभित्र जडान हुने र ‘द बक्स’ अन९प्रिमाइस उपकरणमार्फत डेटा संस्थाभित्रै सुरक्षित राखेर सञ्चालन गर्न सकिने ‘टिङटिङ कनेक्ट’ उपलब्ध गराएको छ।

यस्तै, ह्वाट्सएप, भाइबर, मेसेन्जर, वेबच्याट र एसएमएससहित सबै डिजिटल च्यानलका ग्राहक संवादलाई एउटै इनबक्समा एकीकृत गर्ने ‘टिङटिङ ओम्नी’ तथा हजारौँ ग्राहकसम्म एकैपटक स्वचालित भ्वाइस कलमार्फत सूचना र रिमाइन्डर पठाउन सकिने ‘टिङटिङ ब्रोडकास्ट’ प्रणाली समेत समावेश छन्।

यसका साथै स्थानीय भाषामै ग्राहकसँग प्रत्यक्ष कुराकानी गर्ने र आवश्यकता अनुसार मानव एजेन्टलाई संवाद हस्तान्तरण गर्ने क्षमता भएको ‘टिङटिङ एजेन्ट्स’ पनि यस प्लेटफर्मको मुख्य आकर्षण हो।

नेपाली भाषाका साथै यी सबै सेवा तथा सुविधाहरू अहिले अङ्ग्रेजी र सिंहली भाषामा समेत उपलब्ध छन्। श्रीलङ्काली बजारलाई थप प्रभावकारी बनाउन कम्पनीले भ्वाइस मोडलिङतर्फ तमिल र सिंहली९श्रीलङ्कन० भाषाको परिष्कृत मोडलिङमा तीव्र गतिमा काम गरिरहेको छ।

पछिल्लो समय नेपाल सूचना प्रविधि र सफ्टवेयर निर्यातको सम्भावनायुक्त केन्द्रका रूपमा उदाइरहेको सन्दर्भमा यो सम्झौतालाई नेपाली टेक उद्योगकै लागि एउटा ठूलो माइलस्टोनका रूपमा हेरिएको छ।

‘नेपालमा निर्मित, विश्वका लागि’ भन्ने सोचका साथ अघि बढेकोको यो कदमले नेपाली स्टार्टअपहरूले विश्वस्तरीय उत्पादन विकास गरेर अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्छन् भन्ने बलियो सन्देश दिएको छ।

प्रकाशित: २०८३ भदौ ५ गते शुक्रबार १०:२५
प्रतिक्रिया

थप समाचार

दूरसञ्चार कम्पनीको नवीकरण अब वार्षिक आम्दानीका आधारमा, २० अर्बको दस्तुर हट्दै

काठमाडौँ: नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार कम्पनीको नवीकरण दस्तुरसम्बन्धी व्यवस्था संशोधन गर्ने भएको छ। एकीकृत दूरसञ्चार नीतिको मस्यौदामा प्राधिकरणले यस्तो व्यवस्था गरेको हो। मस्यौदामा...

ईसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानी प्रदायक संस्था

काठमाडौँ। नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी ईसेवा लिमिटेडले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वानको मान्यता प्राप्त गरेको छ। कार्ड डाटा...

पाँच इन्टरनेट कम्पनीको लाइसेन्स पाँच वर्ष थपियो

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले पाँचवटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र थप पाँच वर्षका लागि नवीकरण गर्ने निर्णय गरेको छ। अनुमतिपत्र नवीकरणसँगै ती कम्पनीलाई आगामी पाँच वर्षसम्म...

ई–कमर्स व्यवसायी अनिवार्य रूपमा विभागमा स्वीकृत हुनुपर्ने

काठमाडौँ: वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विद्युतीय माध्यम (ई–कमर्स) बाट वस्तु तथा सेवाको कारोबार गर्ने सम्पूर्ण व्यवसायीहरूलाई अनिवार्य रूपमा विभागमा सूचीकृत हुन निर्देशन...

सामसङको नयाँ फोल्डेबल फोन: प्रि-अर्डरमा ६८ हजारसम्म लाभ, किस्ताबन्दीमा पनि किन्न पाइने

काठमाडौँ: सामसङले नेपालमा आफ्नो नयाँ पुस्ताको फोल्डेबल स्मार्टफोन तथा स्मार्टवाच सार्वजनिक गरेको छ। कम्पनीले ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड ८, ग्यालेक्सी जेड फ्लिप ८,...
commodity market
उद्योग

‘कमोडिटी मार्केट’ सञ्चालन हुँदै, पूर्वाधारसहित आउनेलाई सेबोनले लाइसेन्स दिने

यसअघि पनि कमोडिटी कारोबारका नाममा विभिन्न आधा दर्जन कम्पनीहरूले बजार सञ्चालन गरेका थिए। तर, व्यवस्थित र दीर्घकालीन रूपमा सञ्चालन हुन नसकेपछि अहिले नयाँ ढंगले कमोडिटी मार्केट स्थापना गर्ने...
Bijuli_export
आर्थिक नीति

गत वर्षको विद्युत व्यापारः १२०० मेगावाट निर्यात, ७५० मेगावाट आयात

विद्युत निर्यात ६६.६० प्रतिशत वृद्धि भई ३ अर्ब ९६ करोड ५० लाख युनिट पुगेसँगै खुद विद्युत निर्यात २ अर्ब ७९ करोड ४० लाख युनिट पुगेको प्राधिकरणले जनाएको छ।
arun_subedi
विचार

आर्थिक लोकतन्त्र स्थापना गर्न अबको लडाइँ समाजवाद र वातावरणवादविरुद्ध

चन्द्रशेखर उपाध्याय प्रधानमन्त्री भएका बेला भारतले सुन बेचेर डलर किन्नु पर्ने अवस्था आयो। पछि चुनाव भयो र पीभी नरसिंह राव प्रधानमन्त्री बन्नु भयो। त्यसबेला आइपुग्दा भारतको अर्थतन्त्र अस्थिरपञ्जर...
govinda
अर्थतन्त्र

सरकारैपिच्छे अबण्डा कोषको अखडा: बेथिति र अपारदर्शी खर्चमा रमाउँदै तीन तहकै सरकार

केन्द्र सरकारबाट प्रदेश र स्थानीय सरकारमा यो रोग सरेको छ। हरेक वर्ष ल्याउने तीन तहका सरकारका आफ्ना बजेट कार्यक्रममा अबण्डा बजेटले स्थान पाइरहेकै छ।
New Project – 2026-08-19T172415.164
कर्पोरेट

रसुवागढी हाइड्रोपावरको १.३३ अर्ब बीमा भुक्तानीमा हिमालयन एभरेष्टको ढिलाइ, पुनर्निर्माणमा सास्ती

हालसम्म हिमालयन एभरेष्टबाट २० करोड रुपैयाँ मात्र पेश्की प्राप्त भएको छ। संशोधित बीमा दाबी १ अर्ब ३२ करोड ७६ लाख रुपैयाँ बाँकी रहेको भनाइ रसुवागढी हाइड्रोपावर कम्पनीको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना