काठमाडौँ: बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी गएको छ। बाढी हाल धादिङ-गल्छी आसपास पुगेको अबको केही घण्टामा मुग्लिन पार हुने क्रममा रहेको भन्दै सतर्कता अपनाउन जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले अनुरोध गरेको छ।
पृथ्वी राजमार्ग, मुग्लिन नारायणघाट राजमार्ग लगायत त्रिशुली नदी छेउछाउका बस्ती, बजार क्षेत्र खाली गरी उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।
गृहमन्त्रालयले रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोटका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।