काठमाडौँ: बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण ठूलो क्षति भएको छ।
उद्धार तथा बेपत्ताको खोजी कार्य जारी रहेकोमा भोटेकोशी नदीमा अझै जोखिम कायमै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार दिउँसो १:३० बजे चीनतर्फबाट प्राप्त सूचनाअनुसार नदी थुनिएको स्थानमा अझै ताल पूर्ण रूपमा खुलेको छैन। जसकारण भोटेकोसी र त्रिशूली नदी आसपासको जोखिम कायमै रहेको छ।