ललितपुर- ईपीएस कोरियाली भाषा परीक्षा पास भएर पनि कोरिया जान नपाएको भन्दै कोरियाबाट फर्किएकाहरुले ईपीएस कोरिया शाखा घेराउ गरेका छन्। आइतबार ग्वार्कोस्थित वैदेशिक रोजगार विभागअन्तर्गतको शाखामा उनीहरूले घेराउ गरेका हुन्।
वैधानिक रुपमा कोरियाबाट फर्किएकाहरुले लामो समयसम्म महामारीका कारण कम्प्युटर प्रणालीमा दिनुपर्ने सीभीटी परीक्षा दिन पाएका थिएनन्। त्यसपछि भएका सीभीटी परीक्षामा पनि पूर्णाङ्क ल्याउने मात्रै पास भएका थिए।
नियमित परीक्षामा पास भएपनि आफूलाई कोरिया नलगिएको भन्दै कोरियाबाट फर्किएकाहरुले घेराउ गरेका हुन्। सन् २०२२ को सेप्टेम्बरमा भएको परीक्षा पास भएपनि कोरियाले उनीहरुलाई लगेको छैन।
कार्यालय घेराउ गर्न थालिएपछि प्रशासनले सुरक्षा बढाएको छ।













