काठमाडौँ: रसुवाको भोटेकोशीमा बुधबार बिहान आएको भीषण बाढीमा परेर बेपत्ता भएकामध्ये सात जनाको शव फेला परेको छ।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक दीपक रेग्मीका अनुसार नुवाकोट र धादिङका विभिन्न स्थानमा ती शव फेला परेका हुन्। नुवाकोटमा तीन तथा धादिङमा चार जनाको शव भेटिएको उनले जानकारी दिए।
बुधबार बिहान करिब ९ बजेतिर रसुवाको टिमुरे क्षेत्रमा तिब्बततर्फबाट भोटेकोशी हुँदै ठूलो बाढी आएको थियो। बाढीको प्रभाव भोटेकोशी हुँदै नुवाकोट, धादिङ र चितवनतर्फका नदी तथा आसपासका क्षेत्रमा समेत परेको छ।
बाढीका कारण विभिन्न क्षेत्रमा मानवीय तथा भौतिक क्षति भएको छ। बाढीमा परेर केही मानिस बेपत्ता भएको सूचना आएपछि सुरक्षा निकायले खोजी तथा उद्धारलाई तीव्रता दिएको छ।