काठमाडौँ: रसुवाको भोटेकोशी हुँदै गएको बाढीपछि ठूलो संख्यामा पर्यटकहरू सम्पर्कविहीन भएका छन्।
नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) हिक्मतसिंह ऐरले २९१ विदेशी र ९४ जना आन्तरिक गरी सो संख्यामा पर्यटकहरू सम्पर्कविहीन भएको बताए।
सम्पर्कविहीन हुनेमा भारतका १०५ जना, बेलायतका १२, दक्षिण अफ्रिकाका ४, मलेसियाका १७ र अमेरिकाका ३ जना, अस्ट्रेलिया र नेदरल्यान्ड्सका एक–एक जना रहेको बोर्डले जनाएको छ।