२०८३ भदौ ३० गते मङ्गलबार

थप उद्धार सामग्रीसहित सुरक्षा टोली परिचालन, फसेका नागरिकलाई आगो बालेर संकेत दिन आग्रह

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १०
photo-10_ce512ac9

काठमाडौँ: भोटेकोशी नदी जलाधार क्षेत्र र रसुवाका बाढी प्रभावित क्षेत्रमा थप उद्धार सामग्रीसहित सुरक्षा निकायको टोली परिचालन गरिएको छ।

गृहमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) को संयुक्त टोलीलाई आवश्यक निर्देशनसहित उद्धार तथा राहत कार्यका लागि बिदाइ तथा ब्रिफिङ गरेका हुन्। उनले खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकायबीच उच्चस्तरीय समन्वय र द्रुत परिचालनमा जोड दिए।

विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्रीले सरकारको पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा र उद्धार रहेको स्पष्ट पारे। रात पर्नुअगावै अधिकतम उद्धार कार्य सम्पन्न गर्न सबै हेलिकोप्टर परिचालन गरिएको र निजी प्रयोजनका उडानहरू रोकेर उद्धारमै केन्द्रित गरिएको उनले जानकारी दिए।

उनले भने, ‘पहिलो प्राथमिकता उद्धार नै हो। हामीले सबै हेलिकोप्टर परिचालन गरिसकेका छौँ। अहिले निजी प्रयोजनका लागि कसैले पनि उडान गर्न पाउने छैनन्, सबै हेलिकोप्टर रेस्क्युमा मात्र केन्द्रित छन् किनकि रात परेपछि उद्धारमा थप कठिनाइ हुन्छ। उद्धारलगत्तै उहाँहरूको लागि राहत र बसोबासको व्यवस्थापन गरिनेछ।’

बाढीको पछिल्लो वस्तुस्थितिबारे जानकारी दिँदै उनले माथिल्लो भेगमा हिमताल (ग्लेसियर) फुटेर भीषण बाढी आएकाले बस्तीहरू बगाएको र क्षतिको पूर्ण आकलन गर्न अझै समय लाग्ने बताए। ‘अझै पनि बाढीको सतह करिब ७ मिटरसम्म उच्च रहेको सूचना छ, त्यसैले हामीले सम्पूर्ण संयन्त्रलाई हाई अलर्टमा राखेर काम गरिरहेका छौँ,’ उनले थपे।

यसैबीच, गृहमन्त्रीले बाढी प्रभावित क्षेत्रमा फसेका नागरिकहरूलाई उद्धार टोलीको ध्यानाकर्षण गराउन सुरक्षित स्थानमा आगो बालेर धुवाँमार्फत सिग्नल दिन आग्रह गरेका छन्।

उनले भने, ‘ज–जसलाई आपत्कालीन उद्धार आवश्यक छ, उहाँहरूले सुरक्षित स्थानमा आगो बालिदिनुभयो भने हेलिकोप्टर टोलीले लोकेसन पहिचान गर्न सहज हुन्छ। सम्भव भएसम्म हेलिप्याड बनाउन मिल्ने खुला स्थान नजिकै आगो बालेर सिग्नल दिन म सबै प्रभावितहरूलाई अनुरोध गर्दछु।’

प्रकाशित: २०८३ भदौ १० गते बुधबार ०४:१२
प्रतिक्रिया

थप समाचार

बाढीमा हराएका व्यक्तिका परिवारको ‘डीएनए’ परीक्षण प्रतिवेदन कहिले आउँछ ?

काठमाडौँ: प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरूले भोटेकोशी बाढीमा हराएका व्यक्तिका परिवारको ‘डीएनए’ परीक्षणको प्रतिवेदन छिटो आउनुपर्नेलगायत विपद्जन्य घटनामा उद्धार र खोजीमा ध्यान...

आकाशियो मूल्य: चिनीदेखि दालचामल, फलफूलदेखि हरियो तरकारीसम्म महँगिए

काठमाडौँ: एकातर्फ सुस्त अर्थतन्त्रको सामाना मुलुकले गरिरहनु परेको वेला महँगीको मार सर्वसाधारणको भान्सासम्म पुगेको छ। बजारमा अधिकांश खाद्य सामग्री, तरकारी, फलफूल एवं अन्य कृषि उपजको मूल्य...

बेचबिखनमा आफन्तै संलग्न, उजुरी दिन डराउँछन् पीडित

मानव बेचबिखन तथा ओसारपसार घटनाका अधिकांश दोषी आफन्त नै हुने गरेका छन्। आफन्त भएकै कारण पीडित पक्षले उजुरी दिँदैनन्। जसले गर्दा मानव बेचबिखनका आरोपीमाथि अनुसन्धान र मुद्दा दर्ता गर्न समस्या...

एउटै समरसेवल पम्पको भरमा दुई सय परिवार, खेतमा खडेरी

घरको आगँनमै भएको चापाकलमा पानी नआउँदा सिरहाको गोलबजार नगरपालिका–१२ बेतौनी–हरिहरपुरका स्थानीयले खानेपानीको संकट भोग्नुपरेको छ। करिब २ सय घर परिवार पानी भर्न छिमेकीको समरसेवल (सबमर्सिबल पम्प)मा...

वार्षिक ६५ लाखको माछा बिक्री, १५ लाख बचत

कैलाली: कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेल ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन्। कृषि क्षेत्रमा केही नयाँ गर्ने सोचका साथ माछापालन व्यवसाय सुरु गरेका उनका लागि अहिले...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना