२०८३ कार्तिक १५ गते शनिवार

भोटेकोसी बाढीः ४३१ मेगावाट बिजुली उत्पादन बन्द,निर्माणाधीन ४७० मेगावाटका १५ आयोजनामा क्षति

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ११
flood_rusuwa

काठमाडौं। रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण ४३१.१ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखाका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार भोटेकोशी नदी बेसिनमा प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी तथा निजी क्षेत्रबाट सञ्चालित १२ वटा उत्पादन केन्द्र बन्द भएका छन्।

बाढीका कारण रसुवागढी जलविद्युत् आयोजना १११ मेगावाट, सान्जेन जलविद्युत् आयोजना ७८ मेगावाट, माथिल्लो सान्जेन १४.८ मेगावाट, सान्जेन ४२.५ मेगावाट, चिलिमे जलविद्युत् केन्द्र २२ मेगावाट, लाङटाङ जलविद्युत् आयोजना २० मेगावाट बन्द भएको छ।

यस्तै माथिल्लो त्रिशूली–३ ए ६० मेगावाट, माथिल्लो मैलुङ १४.८ मेगावाट, मैलुङ ५ मेगावाट, त्रिशूली जलविद्युत् केन्द्र २४ मेगावाट, देवीघाट जलविद्युत् केन्द्र १४ मेगावाट र विद्युत् प्राधिकरणको २५ मेगावाटको सोलार आयोजनामा ठूलो क्षति पुगेको छ।

बाढीका कारण देशको कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत प्रभावित भएको छ। बाढीले विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुर्‍याएपछि विद्युत् आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।

त्यस्तै, नदी बेसिनमा प्राधिकरणका सहायक कम्पनी तथा निजी प्रवद्र्धकबाट निर्माणाधीन करिब ४७० मेगावाट क्षमताका १५ वटा आयोजनामा समेत क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको प्राधिकरणले जनाएको छ।

बाढीका कारण विभिन्न जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा कार्यरत कर्मचारी र कामदारसमेत सम्पर्कविहीन भएका छन्। त्रिशूली जलविद्युत् कम्पनीले निर्माण गरिरहेको ३७ मेगावाटको त्रिशूली–३ बी आयोजनाको साइटमा कार्यरत २१ जना कर्मचारी सम्पर्कविहीन रहेको जनाइएको छ।

चिलिमे जलविद्युत् केन्द्रको पावर हाउस क्षेत्रमा रहेका ६ जना तथा आवास क्षेत्र आसपास रहेका एक जना पनि सम्पर्कविहीन छन्। चिलिमे जलविद्युत् कम्पनीअन्तर्गतको चिलिमे इन्जिनियरिग कम्पनीमा कार्यरत तथा त्रिशूली–३ बी आयोजनाको साइटमा रहेका थप ११ जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

रसुवागढी जलविद्युत् केन्द्रमा विभिन्न निकाय तथा ठेकेदारमार्फत मर्मतसम्भार र निर्माण कार्यमा खटिएका ९२ जना पनि सम्पर्कविहीन छन्। यस्तै, त्रिशूली–३ ए जलविद्युत् केन्द्रको पावर हाउसमा मर्मत कार्यमा संलग्न ४५ जना कर्मचारी तथा कामदार सम्पर्कविहीन रहेका छन्।

त्रिशूली जलविद्युत् केन्द्र र देवीघाट जलविद्युत् केन्द्रमा कार्यरत एक–एक जना कर्मचारी तथा रसुवा वितरण केन्द्रअन्तर्गत चिलिमे पावर हाउसको स्वीचयार्डमा कार्यरत एक जना र गोटागन्तीका एक मिटर रिडर पनि सम्पर्कमा नरहेको प्राधिकरणले जनाएको छ।

त्रिशूली २२० केभी ३ बी हबमा ठेकेदारमार्फत कार्यरत १६ जना पनि सम्पर्कविहीन छन्। चिलिमे जलविद्युत् केन्द्रमा कार्यरत अन्य कर्मचारीको अवस्थाबारे पनि सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ।

बाढीका कारण रसुवा जिल्लामा विद्युत् आपूर्ति पूर्णरूपमा अवरुद्ध भएको छ भने नुवाकोट, धादिङ र गोरखाका केही क्षेत्रमा आंशिक रूपमा विद्युत् सेवा प्रभावित भएको छ। धादिङको जहरे ३३ केभी सबस्टेशनमा करिब पाँच फिट लेदो जमेकाले डोजर प्रयोग गरी सफाइको काम भइरहेको छ। विभिन्न स्थानमा ११ केभीका पोल तथा ट्रान्सफर्मरमा समेत क्षति पुगेको छ ।

प्रसारणतर्फ त्रिशूलीस्थित २२० केभी ३ बी हब सबस्टेशन पूर्णरूपमा क्षतिग्रस्त भएको छ। चिलिमे २२० केभी हबका टावर अवरुद्ध भएपछि उक्त संरचना बन्द भएको छ।

समुद्रटार १३२ केभी प्रसारण लाइन, चिलिमे–त्रिशूली ६६ केभी प्रसारण लाइन, चिलिमे हब–त्रिशूली ३ बी हब–मातातीर्थ २२० केभी प्रसारण लाइन तथा त्रिशूली–बालाजु ६६ केभी प्रसारण लाइनसमेत अवरुद्ध भएका छन्। केही अन्य प्रसारण लाइनका टावरमा समेत समस्या देखिएको प्राधिकरणले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा प्राधिकरणका कार्यकारी निर्देशकसहितको टोलीले स्थलगत अनुगमन गरेको छ। जोखिममा रहेका कर्मचारी तथा सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्धार गर्न अर्को टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।

सम्पर्कविहीन कर्मचारी तथा उत्पादन र प्रसारण संरचनामा रहेका व्यक्तिसँग सम्पर्क स्थापित गर्न स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्य संस्था तथा सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरी खोज तथा उद्धार कार्य भइरहेको प्राधिकरणले जनाएको छ।

त्यस्तै, वैकल्पिक उपायबाट विद्युत् सञ्चालन गर्न सकिने स्थानमा प्रणाली पुनः सञ्चालनको प्रयास भइरहेको छ। सिन्धुपाल्चोकतर्फ समुद्रटार क्षेत्रमा प्रणाली सञ्चालनमा ल्याएर घोटा सबस्टेशन सञ्चालन गर्ने प्रयास भइरहेको छ।

गुजुरीदेखि गल्छीसम्मका क्षेत्रमा धादिङबेँसी सबस्टेशनमार्फत विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको छ। सम्भव भएका अन्य क्षेत्रमा पेट्रोलिङ गरी क्षतिग्रस्त संरचना मर्मत गरेर विद्युत् सेवा पुनः सञ्चालन गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ।

सम्पर्कविहीन कर्मचारी तथा सर्वसाधारणको खोज तथा उद्धारका लागि प्राधिकरणले १५ भन्दा बढी सवारीसाधन प्रभावित क्षेत्रमा परिचालन गरेको छ।

प्राधिकरणले राहत तथा उद्धारसम्बन्धी समन्वयका लागि सहायक प्रशासकीय अधिकृत रामशरण उप्रेती ९९८४१३६६७८०० र सहायक इन्जिनियर टंक पौडेल ९९८५१४७४५५५०० लाई सम्पर्क गर्न अनुरोध गरेको छ।

बाढीका कारण विद्युत् प्रणालीमा परेको प्रभावलाई व्यवस्थापन गर्दै प्रणालीलाई यथासक्य चाँडो नियमित सञ्चालनमा ल्याउन विद्युत् प्रणाली सञ्चालन विभागलाई आवश्यक निर्देशनसमेत दिइएको प्राधिकरणले जनाएको छ।

 

प्रकाशित: २०८३ भदौ ११ गते बिहिबार ०७:१०
प्रतिक्रिया

थप समाचार

कहिले सकिन्छ साँगा–धुलिखेल सडकको निर्माण?

काभ्रेपलाञ्चोक: अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडक निर्माणलाई तीव्रता दिइएको छ। थपिएको एक वर्षको समयसीमाभित्र सम्पूर्ण सडक बिस्तार नसकिएपछि मुख्यमुख्य काम सक्नेगरी...

जनकपुरधाम–अयोध्या रेल अन्तिम चरणमा, बालेन र मोदीले उद्घाटन गर्ने

जनकपुरधाम: जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भम्रणको क्रममा दुवै देशका प्रधानमन्त्रीले...

नागढुङ्गा सुरुङमार्ग प्रयोग गरे शुल्क लाग्ने, कुन गाडीलाई कति दस्तुर?

काठमाडौँ: नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले आगामी कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गर्ने भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशत बढे, पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

काठमाडौं। लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ। आर्थिक वर्ष २०८२०८३ मा अघिल्लो आर्थिक वर्षको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना