२०८३ भदौ ३० गते मङ्गलबार

भोटेकोसी बाढीः ४३१ मेगावाट बिजुली उत्पादन बन्द,निर्माणाधीन ४७० मेगावाटका १५ आयोजनामा क्षति

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ११
flood_rusuwa

काठमाडौं। रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण ४३१.१ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखाका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार भोटेकोशी नदी बेसिनमा प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी तथा निजी क्षेत्रबाट सञ्चालित १२ वटा उत्पादन केन्द्र बन्द भएका छन्।

बाढीका कारण रसुवागढी जलविद्युत् आयोजना १११ मेगावाट, सान्जेन जलविद्युत् आयोजना ७८ मेगावाट, माथिल्लो सान्जेन १४.८ मेगावाट, सान्जेन ४२.५ मेगावाट, चिलिमे जलविद्युत् केन्द्र २२ मेगावाट, लाङटाङ जलविद्युत् आयोजना २० मेगावाट बन्द भएको छ।

यस्तै माथिल्लो त्रिशूली–३ ए ६० मेगावाट, माथिल्लो मैलुङ १४.८ मेगावाट, मैलुङ ५ मेगावाट, त्रिशूली जलविद्युत् केन्द्र २४ मेगावाट, देवीघाट जलविद्युत् केन्द्र १४ मेगावाट र विद्युत् प्राधिकरणको २५ मेगावाटको सोलार आयोजनामा ठूलो क्षति पुगेको छ।

बाढीका कारण देशको कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत प्रभावित भएको छ। बाढीले विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुर्‍याएपछि विद्युत् आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।

त्यस्तै, नदी बेसिनमा प्राधिकरणका सहायक कम्पनी तथा निजी प्रवद्र्धकबाट निर्माणाधीन करिब ४७० मेगावाट क्षमताका १५ वटा आयोजनामा समेत क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको प्राधिकरणले जनाएको छ।

बाढीका कारण विभिन्न जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा कार्यरत कर्मचारी र कामदारसमेत सम्पर्कविहीन भएका छन्। त्रिशूली जलविद्युत् कम्पनीले निर्माण गरिरहेको ३७ मेगावाटको त्रिशूली–३ बी आयोजनाको साइटमा कार्यरत २१ जना कर्मचारी सम्पर्कविहीन रहेको जनाइएको छ।

चिलिमे जलविद्युत् केन्द्रको पावर हाउस क्षेत्रमा रहेका ६ जना तथा आवास क्षेत्र आसपास रहेका एक जना पनि सम्पर्कविहीन छन्। चिलिमे जलविद्युत् कम्पनीअन्तर्गतको चिलिमे इन्जिनियरिग कम्पनीमा कार्यरत तथा त्रिशूली–३ बी आयोजनाको साइटमा रहेका थप ११ जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

रसुवागढी जलविद्युत् केन्द्रमा विभिन्न निकाय तथा ठेकेदारमार्फत मर्मतसम्भार र निर्माण कार्यमा खटिएका ९२ जना पनि सम्पर्कविहीन छन्। यस्तै, त्रिशूली–३ ए जलविद्युत् केन्द्रको पावर हाउसमा मर्मत कार्यमा संलग्न ४५ जना कर्मचारी तथा कामदार सम्पर्कविहीन रहेका छन्।

त्रिशूली जलविद्युत् केन्द्र र देवीघाट जलविद्युत् केन्द्रमा कार्यरत एक–एक जना कर्मचारी तथा रसुवा वितरण केन्द्रअन्तर्गत चिलिमे पावर हाउसको स्वीचयार्डमा कार्यरत एक जना र गोटागन्तीका एक मिटर रिडर पनि सम्पर्कमा नरहेको प्राधिकरणले जनाएको छ।

त्रिशूली २२० केभी ३ बी हबमा ठेकेदारमार्फत कार्यरत १६ जना पनि सम्पर्कविहीन छन्। चिलिमे जलविद्युत् केन्द्रमा कार्यरत अन्य कर्मचारीको अवस्थाबारे पनि सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ।

बाढीका कारण रसुवा जिल्लामा विद्युत् आपूर्ति पूर्णरूपमा अवरुद्ध भएको छ भने नुवाकोट, धादिङ र गोरखाका केही क्षेत्रमा आंशिक रूपमा विद्युत् सेवा प्रभावित भएको छ। धादिङको जहरे ३३ केभी सबस्टेशनमा करिब पाँच फिट लेदो जमेकाले डोजर प्रयोग गरी सफाइको काम भइरहेको छ। विभिन्न स्थानमा ११ केभीका पोल तथा ट्रान्सफर्मरमा समेत क्षति पुगेको छ ।

प्रसारणतर्फ त्रिशूलीस्थित २२० केभी ३ बी हब सबस्टेशन पूर्णरूपमा क्षतिग्रस्त भएको छ। चिलिमे २२० केभी हबका टावर अवरुद्ध भएपछि उक्त संरचना बन्द भएको छ।

समुद्रटार १३२ केभी प्रसारण लाइन, चिलिमे–त्रिशूली ६६ केभी प्रसारण लाइन, चिलिमे हब–त्रिशूली ३ बी हब–मातातीर्थ २२० केभी प्रसारण लाइन तथा त्रिशूली–बालाजु ६६ केभी प्रसारण लाइनसमेत अवरुद्ध भएका छन्। केही अन्य प्रसारण लाइनका टावरमा समेत समस्या देखिएको प्राधिकरणले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा प्राधिकरणका कार्यकारी निर्देशकसहितको टोलीले स्थलगत अनुगमन गरेको छ। जोखिममा रहेका कर्मचारी तथा सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्धार गर्न अर्को टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।

सम्पर्कविहीन कर्मचारी तथा उत्पादन र प्रसारण संरचनामा रहेका व्यक्तिसँग सम्पर्क स्थापित गर्न स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्य संस्था तथा सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरी खोज तथा उद्धार कार्य भइरहेको प्राधिकरणले जनाएको छ।

त्यस्तै, वैकल्पिक उपायबाट विद्युत् सञ्चालन गर्न सकिने स्थानमा प्रणाली पुनः सञ्चालनको प्रयास भइरहेको छ। सिन्धुपाल्चोकतर्फ समुद्रटार क्षेत्रमा प्रणाली सञ्चालनमा ल्याएर घोटा सबस्टेशन सञ्चालन गर्ने प्रयास भइरहेको छ।

गुजुरीदेखि गल्छीसम्मका क्षेत्रमा धादिङबेँसी सबस्टेशनमार्फत विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको छ। सम्भव भएका अन्य क्षेत्रमा पेट्रोलिङ गरी क्षतिग्रस्त संरचना मर्मत गरेर विद्युत् सेवा पुनः सञ्चालन गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ।

सम्पर्कविहीन कर्मचारी तथा सर्वसाधारणको खोज तथा उद्धारका लागि प्राधिकरणले १५ भन्दा बढी सवारीसाधन प्रभावित क्षेत्रमा परिचालन गरेको छ।

प्राधिकरणले राहत तथा उद्धारसम्बन्धी समन्वयका लागि सहायक प्रशासकीय अधिकृत रामशरण उप्रेती ९९८४१३६६७८०० र सहायक इन्जिनियर टंक पौडेल ९९८५१४७४५५५०० लाई सम्पर्क गर्न अनुरोध गरेको छ।

बाढीका कारण विद्युत् प्रणालीमा परेको प्रभावलाई व्यवस्थापन गर्दै प्रणालीलाई यथासक्य चाँडो नियमित सञ्चालनमा ल्याउन विद्युत् प्रणाली सञ्चालन विभागलाई आवश्यक निर्देशनसमेत दिइएको प्राधिकरणले जनाएको छ।

 

प्रकाशित: २०८३ भदौ ११ गते बिहिबार ०७:१०
प्रतिक्रिया

थप समाचार

बाढी प्रभावित क्षेत्रका सडक असोजभित्रै सञ्चालनमा ल्याउँछौँ: पूर्वाधारमन्त्री लम्साल

काठमाडौँ: सरकारले बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने बताएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र झोलुङ्गे पुल जडानलाई प्राथमिकता दिइएकोमा...

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदार कम्पनीलाई २ अर्ब जरिवाना

झापा: सरकारले हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ लाई जोड्ने कन्काइ पुल १४ वर्षसम्म अलपत्र पार्ने पप्पु महादेव खिम्ती संयुक्त उपक्रम (जेभी) कम्पनीलाई जरिवाना...

कालिका कालिगण्डकी अर्धजलासय आयोजनाको क्षमता बढेर पुग्यो ४७.७ मेगावाट

मौलाकालिका हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजनाको क्षमता बढाएर ४७.७ मेगावाट पुर्याएको छ। यसअघि ३८.१६ मेगावाट बिजुली उत्पादन हुने गरी आयोजनाको डिजाइन गरिएको थियो।

कैलाली पुगेर चन्द्र ढकालले भने: विपत्तिबीच निर्माण रोक्नु हुँदैन

काठमाडौँ: आईएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राकृतिक विपत्तिका कारण देशका विभिन्न भाग प्रभावित भइरहे पनि दीर्घकालीन पूर्वाधार...

नेपाल–भारत विद्युत् व्यापारका लागि १८ किमि प्रसारण लाइन तयार

काठमाडौँ: नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको ४०० केभी प्रसारण लाइनको १८ किलोमिटर खण्ड निर्माण सम्पन्न भएको छ। मिलेनियम...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना