काठमाडौं। रसुवा बाढीमा परेकामध्ये १६२ जनाको शव फेला परेको छ। बिहीबार बिहान ५ बजेसम्मको प्रहरी बुलेटिनअनुसार ८ वटा जिल्लामा गरेर १६२ जनाको शव फेला परेको हो।
प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा २ जनाको शव फेला परेको छ।
४१ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
भोटेकोसी नदीमा आएको बाढीपछिको उद्धार, राहत तथा सहायतका लागि विभिन्न जिल्लामा ३३ सय १८ प्रहरी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले बताएको छ ।