काठमाडौँ: धादिङबेँसीबाट रसुवाको गोसाइँकुण्डतर्फ गएकाे बा.५ ख १२५० नम्बरको बस बुधबार बिहानदेखि सम्पर्कविहीन भएको छ। बसमा सवार यात्रु तथा चालक–सहचालकसँग हालसम्म सम्पर्क हुन नसकेको जनाइएको छ।
धादिङ मण्डली यातायात समितिका अनुसार बसमा यात्रा गरिरहेका यात्रु तथा चालक–सहचालकको अवस्थाबारे जानकारी प्राप्त हुन सकेको छैन। उनीहरूको अवस्था पत्ता लगाउन खोजी तथा समन्वय भइरहेको छ।
सम्पर्कविहीन बसमा नीलकण्ठ नगरपालिका–१२ का दयाराम लम्साल, सीता लम्साल, ठाकुर लम्साल, सारदा लम्साल, प्रकाश लम्साल र इन्दिरा लम्साल रहेका छन्।
त्यस्तै, नीलकण्ठ नगरपालिका–९ का राम लम्साल, जानुका लम्साल, कृष्णप्रसाद खनाल, राधिका खनाल, रामचन्द्र खनाल, भगवती खनाल, शिवहरि लम्साल, गायत्री लम्साल, नारायणप्रसाद लम्साल, सीता लम्साल, राजन लम्साल र न्याउरी लम्साल रहेका छन्।
सिद्धलेक गाउँपालिका–१ का हरिप्रसाद सिलवाल, बिन्दा सिलवाल, घनश्याम भट्ट र कल्पना भट्ट तथा नीलकण्ठ नगरपालिका–३ का सीता तिवारी, तुल्सी तिम्ल्सिना र ईश्वरी तिम्ल्सिना पनि बसमा सवार रहेको जनाइएको छ।
बसका चालक नीलकण्ठ नगरपालिका–१२ का छबिलाल श्रेष्ठ रहेको बताइएको छ। बसमा सवार यात्रु तथा चालक–सहचालकको सम्पर्कमा रहेका वा उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त गरेका व्यक्तिलाई तत्काल धादिङ मण्डली यातायात समितिमा जानकारी गराउन अनुरोध गरिएको छ।