२०८३ कार्तिक १३ गते बिहिबार

नेपाली भलिबल टिम सबै खेलमा पराजित

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १०
nepal vollyball
नेपाली राष्ट्रिय भलिबल टिम।

काठमाडौं – कीर्गिस्तानमा जारी काभा पुरुष भलिबल प्रतियोगितामा नेपालले सबै खेलका हार बेहोरेको छ। लिगको अन्तिम खेलमा नेपालले उज्वेकिस्तानसँग साझो सेटमा हार बेहोरेसँगै नेपाल सबै खेलमा पराजित भएको हो।

आइतबार दिउँसो सम्पन्न खेलमा नेपालले उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा हार बेहोरेको थियो। नेपालले उज्वेकिस्तानसँग पहिलो सेटमा २५–२१ को हार बेहोरेको थियो। दोस्रो र तेस्रो सेट पनि उस्तै प्रतिस्पर्धात्मक रह्यो। यद्यपी नेपालले २५–२२ र २५–२३ को हार बेहार्यो। सिंगल राउन्ड रोबिन शैलिमा भएको खेलमा यो नेपालको अन्तिम र छैटौं हारसमेत हो।

बिस्केकको स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले मंगोलियासँग हार बेहोरेको थियो। गत आइतबार भएको खेलमा नेपाललाई मंगोलियाले ३–१ को सेटमा हराएको थियो। मंगोलियाले पहिलो र दोस्रो सेट २५–१९ र २५–२० ले जितेको थियो। तेस्रो सेट नेपालले २७–२५ ले आफ्नो बनायो। तर, चौंथो सेटमा मंगोलिया २५–२० ले विजयी हुँदै खेल आफ्नो पक्षमा पार्न सफल भयो।

त्यस्तै, नेपालले कीर्गिस्तानसँगै पनि सोही नतिजाको हार बेहोरेको थियो। किर्गिस्तानले नेपाललाई २६–२४,२१–२५,२५–१८ र २५–१६ ले हराएको हो। बलियो टोली इरानसँग त नेपालले राम्रो खेल देखाउने मात्र सोचेको थियो। खेल पनि त्यस्तै भयो र ३–० को हार बेहार्यो। तर ति सेटहरु भने कमजोर थिएनन्।

इरानसँग नेपालले पहिलो सेटमा २५–१६ को हार बेहोरेको थियो। त्यसको तुलनामा दोस्रो र तेस्रो सेट केही प्रतिस्पर्धात्मक देखिए। नेपालले ३–० को हार बेहोरे पनि अन्तिम दुई सेट भने २५–२२ मा नेपालले हार बेहोरेको थियो।

त्यस्तै, चौथो खेलमा नेपाललाई तुर्किमिनिस्तानले ३–१ को सेटमा हरायाे। दोस्रो सेट नेपालले २३–२५ जितेको भए पनि बाँकी सेटमा तुर्किमेनिस्तानले हात पार्यो। तुर्किमिनिस्तानले पहिलो, तेस्रो र चौथो सेटमा क्रमशः २५–१८,२६–२४ र २५–२० को सेटमा जित निकालेको थियो।

कीर्गिस्थानको बी टिमसँग पनि नेपालले हार बेहोर्यो। नेपालले आयोजक टोलीको बी टिमसँग ३–२ को सेटमा हार बेहोरेको थियो। नेपालले पहिलो सेट २५-२३ ले जितेको थियो। दोस्रो सेट र तेस्रो किर्गिस्तानले २९-२७ र २५-२२ ले आफ्नो बनायो। चौंथो सेट नेपालले २५-११ ले जितेपछि खेल पाँचौं सेटमा पुग्यो। त्यसपछि पाँचौं सेट १६-१४ ले जित्दै किर्गिस्तानले खेल आफ्नो बनाएको थियो।

अन्तिम खेलमा त उज्वेकिस्तानले सोझो सेटमा हराएको हो। काभा पुरुष भलिबलमा नेपालसहित आयोजकको दुई टोली, इरान, मंगोलिया, तुर्किमिनिस्तान उज्वेकिस्तान गरी सात टोलीको सहभागिता रहेको छ। सिंगल राउन्ड रोबिनमा हुने प्रतियोगिताको शीर्ष दुई टोली उपाधिका लागि खेल्ने छन्।

प्रकाशित: २०८० असार १० गते आईतबार ०५:३०
प्रतिक्रिया

थप समाचार

एथ्लेटिक्समा ४ दशक अविराम, इन्द्रालाई ‘लाइफटाइम’ सम्मान

पोखरा- नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८०’ मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी इन्द्रा मल्ललाई अर्पण गरिने भएको छ। प्रतिभा छनोट समितिको...

वेस्ट इन्डिजमाथि ६ विकेटले नेपाल विजयी

काठमाडौँ- नेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेस्ट इन्डिज एमाथि ६ विकेटको जित हात पारेको छ। ५ खेलको सिरिजमा तीन खेल जित्दै वेस्ट इण्डिजले उपाधि हात पारेको छ। शनिबार भएको पाचौँ खेलको १७३...

टी-२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक

काठमाडौँ- आसन्न टी–२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्य सचिव...

इटहरी गोल्डकप स्चर्च ब्वाइज सेमिफाईनलमा

धरान- इटहरीमा जारी इटहरी गोल्डकपको क्वाटर फाईनल खेलमा न्युरोड टिम (एनआरटी)लाई २–१ गोलको अन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेड सेमिफाईनलमा प्रवेश गरेको छ। राष्ट्रिय जागृति क्लबको आयोजनामा...

‘प्रशिक्षकबिना खेलकुदको विकास असम्भव’

गण्डकी- गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री महेन्द्रध्वज जिसीले प्रशिक्षक बिना खेलकुदको विकास असम्भव नहुने बताएका छन्। प्रदेश खेलकुद परिषद् गण्डकीको आठौँं बोर्ड बैठकलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना