काठमाडौँ: तिब्बतमा गेग्रान र पहिरोले नदी थुनेर एउटा ठूलो अस्थायी ताल फुटेको छ। उक्त तालको पानी ओभरफ्लो भएर बग्न थालेको छ।
ताल फुटेर तल्लो तटीय क्षेत्र र केरुङ पोर्टमा थप क्षति हुन सक्ने सम्भावना देखिएको छ। ताल फुटेर पुन: भोटेकोशीमा बाढी जाने खतरा बढेको छ भने बाढी पूर्वानुमान महशाखाले नदीमा बाढी बढेको सूचना आएकोले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
तिब्बतमा बन्यो अस्थायी ठूलो ताल, दोस्रो चरणको ठूलो विपद्को जोखिम
यस्तै नेपाल प्रहरीले पनि ताल फुटिसकेकाले सुरक्षित स्थानमा जान उद्धारकर्मी र स्थानीयलाई अनुरोध गरेको छ।
तिब्बततर्फको ड्याम फुटेकाले उद्धार तथा राहतमा खटिएका एवं सर्वसाधारणलाई सुरक्षित स्थानमा जान प्रहरीले अनुरोध गरेको छ।