काठमाडौँ: तिब्बतमा ताल फुटेर भोटेकोशी नदी हुँदै शुक्रबार दिउँसो अर्को बाढी आएको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार भोटेकोशी नदी रसुवामा बाढी बढिरहेको छ। बाढी स्याप्रुबेसीसम्म आइपुगेको महाशाखाले जनाएको छ।
त्रिशूली नदीको तटिय क्षेत्र (मुग्लिनसम्म) अर्को सूचना नआउदा सम्म उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ।