२०८३ कार्तिक १६ गते आईतबार

भोटेकोशी–त्रिशूली बाढी: १५ देशका १८४ पर्यटकको ‍उद्धार, ४२० जना अझै सम्पर्कविहीन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १३
flood

काठमाडौँ: रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्ला भएर बहने भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित भएकामध्ये हालसम्म १८४ जना विदेशी पर्यटकको सकुशल उद्धार गरिएको छ। नेपाल पर्यटन बोर्डले शनिबार दिउँसो १ः३० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रबाट ३ जना पर्यटक सम्पर्कमा आएका र ४२० जना पर्यटक अझै सम्पर्कविहीन अवस्थामा रहेको जानकारी दिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन बोर्ड, पर्यटन प्रहरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए), सुरक्षा निकाय तथा स्थानीय प्रशासनको संयुक्त समन्वयमा हराइरहेकाहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ।

उद्धार गरिएका र सम्पर्कमा आएका कुल १८७ जना पर्यटकमध्ये सबैभन्दा बढी भारतका ११४ जना नागरिक रहेका छन्। यस्तै चीनका २७ जना, दक्षिण कोरियाका २० जना, जर्मनी र माल्टाका ४÷४ जना, इटाली र अमेरिकाका ३÷३ जना तथा रुस, स्विट्जरल्याण्ड र टर्कीका २÷२ जना पर्यटकको सकुशल उद्धार गरिएको छ। त्यसैगरी बुल्गेरिया, ओमान र पोर्चुगलका १÷१ जनाको उद्धार भएको छ भने स्पेनका २ जना र बेल्जियमका १ जना पर्यटक हाल सुरक्षा निकायको सम्पर्कमा आएका छन्।

विपद्मा परेका आफ्ना नागरिकहरूको अवस्था बुझ्न विदेशी कूटनीतिक नियोगहरूले पनि पर्यटन बोर्डसँग प्रत्यक्ष समन्वय थालेका छन्। नयाँ दिल्लीस्थित सिंगापुर उच्चायोगका प्रथम सचिव अब्राहम ट्यान र न्युजिल्याण्ड उच्चायोगका काउन्सिलर जेनी डु टोइटले बोर्डको कार्यालयमै पुगेर बेपत्ता नागरिकहरूको खोजीबारे छलफल गरेका छन्। पर्यटन बोर्डले विदेशी नागरिकहरूको खोजी, उद्धार तथा सुरक्षित स्थानान्तरणमा राज्य संयन्त्र पूर्ण रूपमा परिचालन भएको स्पष्ट पार्दै सम्पूर्ण सहयोग उपलब्ध गराउने आश्वासन दिएको छ।

यसैबीच बाढी तथा पहिरोका कारण अवरुद्ध बनेको काठमाडौँ–मुग्लिङ सडक खण्ड मर्मतपछि पूर्ण रूपमा सञ्चालनमा आएको छ। रसुवा, नुवाकोट, धादिङ र गोरखाका केही ग्रामीण तथा सहायक सडकहरू बाहेक देशभरको यातायात आवागमन सामान्य रहेको जनाइएको छ। बोर्डले पर्यटक तथा सर्वसाधारणलाई यात्रा सुरु गर्नुपूर्व मौसम र सडकको पछिल्लो अवस्था बुझ्न तथा स्थानीय प्रशासनको सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेको छ। साथै आपतकालीन सहायताका लागि नेपाल पर्यटन बोर्डको टोल–फ्री नम्बर १२३४, सरकारी हटलाइन ११४४ वा पर्यटन प्रहरीको नम्बर ९८५१२८९४४५ मा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ।

प्रकाशित: २०८३ भदौ १३ गते शनिवार ०२:४४
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना