२०८३ कार्तिक १६ गते आईतबार

आफन्तको खोजीमा भौतारिदै बाढी प्रभावित, हालसम्म ‘अत्तोपत्तो’ नभएको गुनासो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १३
web-post_6

काठमाडौं। रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि ठूलो मानवीय क्षति भएको छ। बाढीमा परी धेरै मानिस बेपत्ता भएका छन् भने कतिपयको मृत्यु भएको छ। बाढीका कारण धेरै परिवार घरबारविहीन छन्।

बेपत्ता आफन्तको अवस्था पत्ता लगाउन परिवारका सदस्यहरू निरन्तर खोजीमा जुटिरहेका छन्।

बाढीपछि बेपत्ता आफन्तको खोजीमा काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा आइपुगेकी धादिङ गंगाजमुना—४ की रमीता बस्नेत बाँनियाले बाढीपछि मानसरोवर यात्राका क्रममा ५४ जना सम्पर्कविहीन भएकामध्ये आफन्तहरु धेरै जना परेको सुनाइन।

रमीताले सम्पर्कविहीनमध्ये उनका दाजु, अंकल, साथी र सानोबुवा पनि रहेको सुनाइन्। उनीहरू मानसरोवर ट्रेकिङका लागि ‘लाइफ होलिडे’मार्फत ५४ जनाको समूहमा रसुवा पुगेको बताइन्।

उनले भनिन्, ‘मेरो दाइ, अंकल, अनि साथी अनि सानोबुवा हुनुहुन्छ। उहाँहरू टिमुरेमा बास बस्नुभएको अनि लाइफ होलिडेबाट उहाँहरू कैलाश यात्रा जानुभएको हो।

५४ जनाको ग्रुपमा नारायण बानियाँतर्फ २० जना हुनुहुन्थ्यो। अरू दाइहरूको आ—आफ्नै ग्रुप थियो। उहाँहरू बिहान साढे आठ बजेसम्म अफिसको सम्पर्कमा आउनुभएको थियो, त्यसपछि सम्पर्कमा हुनुहुन्न।’

बाँनियाले विशेषगरी नारायण बानियाँको परिवारको अवस्था संवेदनशील रहेको भन्दै तत्काल खोजी तथा उद्धार कार्यलाई अझ तीव्र बनाउन आग्रह गरिन। बानियाँकी ६ वर्षीया छोरी र श्रीमती रहेको उनले बताइन्।

उनले सम्पर्कविहीन व्यक्तिहरूलाई कसैले देखेको, भेटेको वा उनीहरूबारे कुनै जानकारी पाएको भए परिवारलाई खबर गर्न आग्रह गरिन्।

यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ साबुखानीका प्रकाश श्रेष्ठले आफ्ना दाइ रुद्रबहादुर श्रेष्ठ तीन–चार दिनदेखि सम्पर्कविहीन रहेकाले खोजीका लागि आएको बताए। रुद्रबहादुर यही १० गते रसुवा गएको उनले बताए।

‘मेरो दाइ रुद्रबहादुर श्रेष्ठ हराउनुभएको छ। तीन–चार दिनदेखि सम्पर्क हुन सकेको छैन। यही १० गते रसुवा जानुभएको हो,’ प्रकाशले भने। रुद्रबहादुरको परिवारमा श्रीमती र दुई जना बालबालिका छन्।

यस्तै, रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि सिन्धुपाल्चोक बलेफी गाउँपालिका–२ का विशाल नेपाली पनि सम्पर्कविहीन छन्। ट्रमा सेन्टरमा पुगेका सीताराम नेपालीले विशाल नेपाली सम्पर्कविहीन भएको जानकारी दिए।

सीतारामका अनुसार विशाल भ्यान चालक हुन्। उनी भदौ ९ गते बेलुका रसुवा पुगेका थिए। भोलिपल्ट बिहान करिब ७ बजेसम्म परिवारसँग सम्पर्कमा रहेको भए पनि त्यसपछि बाढी आएसँगै उनको सम्पर्कमा नरहेको जानकारी दिए।

उनले भने, ‘लासहरू थुप्रै हेर्यौँ, उद्धार गरेका क्षेत्रमा पनि हेर्यौं तर उहाँ भेटिनुभएन। अहिलेसम्म बेपत्ता हुनुहुन्छ।’

उनले खोजीका क्रममा घाइतेहरू राखिएको स्थानदेखि शव भेटिएका ठाउँ र उद्धार गरिएका विभिन्न क्षेत्रमा पुगेर खोजी गरे पनि अहिलेसम्म उनको कुनै पत्तो लाग्न नसकेको बताए।

विशालको करिब ६ महिनाअघि मात्रै विवाह भएको र परिवारमा उनकी श्रीमती रहेको सीतारामले जानकारी दिए।

यस्तै, नुवाकोटको लिखु गाउँपालिका–४, चौघडाका सन्तोष राई आफ्ना भाइसहित पाँच जना बेपत्ता भएको बताए।

राईका अनुसार उनका भाइ करिब ३१ वर्षका सञ्जीव राई विद्युतीय गाडी लिन टिम्बुरे भन्सार पुगेका थिए। उनी भदौ ९ गते साँझ करिब ७ बजे टिम्बुरे पुगेका थिए। त्यहाँ पुगेपछि खाना खाएर सुतेको जानकारी परिवारले पाएको थियो।

भोलिपल्ट भदौ १० गते बिहान परिवारले फोन गरी उनीहरू कहिले फर्किने भनेर सोध्दा सञ्जीवले चिया खाइसकेको र खाना खाएर करिब ११ बजे हिँड्ने बताएका थिए।

बिहान करिब साढे ८ बजेसम्म उनीसँग सम्पर्क भइरहेको थियो। त्यसपछि भने टिम्बुरे क्षेत्रमा भेल आएको र फोन सम्पर्क नभएको उनले बताए।

सञ्जीवसहित सोही समूहका पाँच जना बेपत्ता छन्। उनीहरूमध्ये करणबहादुर दमाई, चित्र बुढाथोकी, अनिल तामाङ र सुमन कार्की रहेको राईले जानकारी दिए।

सञ्जीव नयाँ ईभी गाडी काठमाडौं ल्याउने र शोरुममा राखेपछि पुनः टिम्बुरे जाने क्रममा थिए। सञ्जीवका ११ वर्षका छोरा छन् भने उनकी श्रीमती रोजगारीका सिलसिलामा दुबईमा रहेको उनले बताए।

यसैगरी, नुवकोटका बासुदेव पाण्डले रसुवा धारापानी घर भएका बलराम लामिछाने र उनका भाइ कृष्ण लामिछाने बाढीमा परेर सम्पर्कविहीन भएको बताए।

बाढीमा बेपत्ता भएका पाण्डले दुवै दाजुभाइ चीनबाट सामान ओसारपसार गर्ने चालकका रूपमा काम गर्दै आएको पाण्डले बताए।

पाण्डेका अनुसार बलरामसँग घटनाको अघिल्लो रातसम्म परिवारको सम्पर्क भएको थियो। त्यसपछि सम्पर्क हुन नसकेपछि परिवारले घटनाबारे जानकारी खोज्न थालेको हो। समाचार अनुसार उनीहरू बाढीमा फसेको हुनसक्ने आशंका भएको पाण्डेले बताए।

बलरामको परिवारमा श्रीमती, तीन छोरी र एक छोरा गरी पाँच जना छन्। उनका बुवासहित परिवारका दुई जना ज्येष्ठ सदस्यसमेत अशक्त अवस्थामा छन्। बलरामका बुवासमेत मानसिक स्वास्थ्यसम्बन्धी समस्याका कारण थप अशक्त अवस्थामा रहेको पाण्डेले जानकारी दिए।

परिवारजनले रसुवा पुगेर समेत खोजीको प्रयास गरेका छन्। स्थानीय बाटो हुँदै रसुवा पुगे पनि बेपत्ता दाजुभाइबारे कुनै जानकारी प्राप्त नभएपछि उनीहरू काठमाडौं फर्किएको बताए।

परिवारले अस्पताल तथा सम्भावित उद्धार केन्द्रमा समेत खोजी गरिरहेको जनाएको उनले बताए। ट्रमासँगै राजधानीका विभिन्न अस्पतालमा आफन्तको खोजीमा बाढी प्रभावितहरुको भीड देखिन्छ। वेपत्ताको खोजीका लागि नाम लेखाउनेहरुको पनि उत्तिकै लाइन देखिने गरेको छ।

प्रकाशित: २०८३ भदौ १३ गते शनिवार ०६:१८
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना