२०८३ भदौ ३० गते मङ्गलबार

आफन्तको खोजीमा भौतारिदै बाढी प्रभावित, हालसम्म ‘अत्तोपत्तो’ नभएको गुनासो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १३
web-post_6

काठमाडौं। रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि ठूलो मानवीय क्षति भएको छ। बाढीमा परी धेरै मानिस बेपत्ता भएका छन् भने कतिपयको मृत्यु भएको छ। बाढीका कारण धेरै परिवार घरबारविहीन छन्।

बेपत्ता आफन्तको अवस्था पत्ता लगाउन परिवारका सदस्यहरू निरन्तर खोजीमा जुटिरहेका छन्।

बाढीपछि बेपत्ता आफन्तको खोजीमा काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा आइपुगेकी धादिङ गंगाजमुना—४ की रमीता बस्नेत बाँनियाले बाढीपछि मानसरोवर यात्राका क्रममा ५४ जना सम्पर्कविहीन भएकामध्ये आफन्तहरु धेरै जना परेको सुनाइन।

रमीताले सम्पर्कविहीनमध्ये उनका दाजु, अंकल, साथी र सानोबुवा पनि रहेको सुनाइन्। उनीहरू मानसरोवर ट्रेकिङका लागि ‘लाइफ होलिडे’मार्फत ५४ जनाको समूहमा रसुवा पुगेको बताइन्।

उनले भनिन्, ‘मेरो दाइ, अंकल, अनि साथी अनि सानोबुवा हुनुहुन्छ। उहाँहरू टिमुरेमा बास बस्नुभएको अनि लाइफ होलिडेबाट उहाँहरू कैलाश यात्रा जानुभएको हो।

५४ जनाको ग्रुपमा नारायण बानियाँतर्फ २० जना हुनुहुन्थ्यो। अरू दाइहरूको आ—आफ्नै ग्रुप थियो। उहाँहरू बिहान साढे आठ बजेसम्म अफिसको सम्पर्कमा आउनुभएको थियो, त्यसपछि सम्पर्कमा हुनुहुन्न।’

बाँनियाले विशेषगरी नारायण बानियाँको परिवारको अवस्था संवेदनशील रहेको भन्दै तत्काल खोजी तथा उद्धार कार्यलाई अझ तीव्र बनाउन आग्रह गरिन। बानियाँकी ६ वर्षीया छोरी र श्रीमती रहेको उनले बताइन्।

उनले सम्पर्कविहीन व्यक्तिहरूलाई कसैले देखेको, भेटेको वा उनीहरूबारे कुनै जानकारी पाएको भए परिवारलाई खबर गर्न आग्रह गरिन्।

यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ साबुखानीका प्रकाश श्रेष्ठले आफ्ना दाइ रुद्रबहादुर श्रेष्ठ तीन–चार दिनदेखि सम्पर्कविहीन रहेकाले खोजीका लागि आएको बताए। रुद्रबहादुर यही १० गते रसुवा गएको उनले बताए।

‘मेरो दाइ रुद्रबहादुर श्रेष्ठ हराउनुभएको छ। तीन–चार दिनदेखि सम्पर्क हुन सकेको छैन। यही १० गते रसुवा जानुभएको हो,’ प्रकाशले भने। रुद्रबहादुरको परिवारमा श्रीमती र दुई जना बालबालिका छन्।

यस्तै, रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि सिन्धुपाल्चोक बलेफी गाउँपालिका–२ का विशाल नेपाली पनि सम्पर्कविहीन छन्। ट्रमा सेन्टरमा पुगेका सीताराम नेपालीले विशाल नेपाली सम्पर्कविहीन भएको जानकारी दिए।

सीतारामका अनुसार विशाल भ्यान चालक हुन्। उनी भदौ ९ गते बेलुका रसुवा पुगेका थिए। भोलिपल्ट बिहान करिब ७ बजेसम्म परिवारसँग सम्पर्कमा रहेको भए पनि त्यसपछि बाढी आएसँगै उनको सम्पर्कमा नरहेको जानकारी दिए।

उनले भने, ‘लासहरू थुप्रै हेर्यौँ, उद्धार गरेका क्षेत्रमा पनि हेर्यौं तर उहाँ भेटिनुभएन। अहिलेसम्म बेपत्ता हुनुहुन्छ।’

उनले खोजीका क्रममा घाइतेहरू राखिएको स्थानदेखि शव भेटिएका ठाउँ र उद्धार गरिएका विभिन्न क्षेत्रमा पुगेर खोजी गरे पनि अहिलेसम्म उनको कुनै पत्तो लाग्न नसकेको बताए।

विशालको करिब ६ महिनाअघि मात्रै विवाह भएको र परिवारमा उनकी श्रीमती रहेको सीतारामले जानकारी दिए।

यस्तै, नुवाकोटको लिखु गाउँपालिका–४, चौघडाका सन्तोष राई आफ्ना भाइसहित पाँच जना बेपत्ता भएको बताए।

राईका अनुसार उनका भाइ करिब ३१ वर्षका सञ्जीव राई विद्युतीय गाडी लिन टिम्बुरे भन्सार पुगेका थिए। उनी भदौ ९ गते साँझ करिब ७ बजे टिम्बुरे पुगेका थिए। त्यहाँ पुगेपछि खाना खाएर सुतेको जानकारी परिवारले पाएको थियो।

भोलिपल्ट भदौ १० गते बिहान परिवारले फोन गरी उनीहरू कहिले फर्किने भनेर सोध्दा सञ्जीवले चिया खाइसकेको र खाना खाएर करिब ११ बजे हिँड्ने बताएका थिए।

बिहान करिब साढे ८ बजेसम्म उनीसँग सम्पर्क भइरहेको थियो। त्यसपछि भने टिम्बुरे क्षेत्रमा भेल आएको र फोन सम्पर्क नभएको उनले बताए।

सञ्जीवसहित सोही समूहका पाँच जना बेपत्ता छन्। उनीहरूमध्ये करणबहादुर दमाई, चित्र बुढाथोकी, अनिल तामाङ र सुमन कार्की रहेको राईले जानकारी दिए।

सञ्जीव नयाँ ईभी गाडी काठमाडौं ल्याउने र शोरुममा राखेपछि पुनः टिम्बुरे जाने क्रममा थिए। सञ्जीवका ११ वर्षका छोरा छन् भने उनकी श्रीमती रोजगारीका सिलसिलामा दुबईमा रहेको उनले बताए।

यसैगरी, नुवकोटका बासुदेव पाण्डले रसुवा धारापानी घर भएका बलराम लामिछाने र उनका भाइ कृष्ण लामिछाने बाढीमा परेर सम्पर्कविहीन भएको बताए।

बाढीमा बेपत्ता भएका पाण्डले दुवै दाजुभाइ चीनबाट सामान ओसारपसार गर्ने चालकका रूपमा काम गर्दै आएको पाण्डले बताए।

पाण्डेका अनुसार बलरामसँग घटनाको अघिल्लो रातसम्म परिवारको सम्पर्क भएको थियो। त्यसपछि सम्पर्क हुन नसकेपछि परिवारले घटनाबारे जानकारी खोज्न थालेको हो। समाचार अनुसार उनीहरू बाढीमा फसेको हुनसक्ने आशंका भएको पाण्डेले बताए।

बलरामको परिवारमा श्रीमती, तीन छोरी र एक छोरा गरी पाँच जना छन्। उनका बुवासहित परिवारका दुई जना ज्येष्ठ सदस्यसमेत अशक्त अवस्थामा छन्। बलरामका बुवासमेत मानसिक स्वास्थ्यसम्बन्धी समस्याका कारण थप अशक्त अवस्थामा रहेको पाण्डेले जानकारी दिए।

परिवारजनले रसुवा पुगेर समेत खोजीको प्रयास गरेका छन्। स्थानीय बाटो हुँदै रसुवा पुगे पनि बेपत्ता दाजुभाइबारे कुनै जानकारी प्राप्त नभएपछि उनीहरू काठमाडौं फर्किएको बताए।

परिवारले अस्पताल तथा सम्भावित उद्धार केन्द्रमा समेत खोजी गरिरहेको जनाएको उनले बताए। ट्रमासँगै राजधानीका विभिन्न अस्पतालमा आफन्तको खोजीमा बाढी प्रभावितहरुको भीड देखिन्छ। वेपत्ताको खोजीका लागि नाम लेखाउनेहरुको पनि उत्तिकै लाइन देखिने गरेको छ।

प्रकाशित: २०८३ भदौ १३ गते शनिवार ०६:१८
प्रतिक्रिया

थप समाचार

बाढीमा हराएका व्यक्तिका परिवारको ‘डीएनए’ परीक्षण प्रतिवेदन कहिले आउँछ ?

काठमाडौँ: प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरूले भोटेकोशी बाढीमा हराएका व्यक्तिका परिवारको ‘डीएनए’ परीक्षणको प्रतिवेदन छिटो आउनुपर्नेलगायत विपद्जन्य घटनामा उद्धार र खोजीमा ध्यान...

आकाशियो मूल्य: चिनीदेखि दालचामल, फलफूलदेखि हरियो तरकारीसम्म महँगिए

काठमाडौँ: एकातर्फ सुस्त अर्थतन्त्रको सामाना मुलुकले गरिरहनु परेको वेला महँगीको मार सर्वसाधारणको भान्सासम्म पुगेको छ। बजारमा अधिकांश खाद्य सामग्री, तरकारी, फलफूल एवं अन्य कृषि उपजको मूल्य...

बेचबिखनमा आफन्तै संलग्न, उजुरी दिन डराउँछन् पीडित

मानव बेचबिखन तथा ओसारपसार घटनाका अधिकांश दोषी आफन्त नै हुने गरेका छन्। आफन्त भएकै कारण पीडित पक्षले उजुरी दिँदैनन्। जसले गर्दा मानव बेचबिखनका आरोपीमाथि अनुसन्धान र मुद्दा दर्ता गर्न समस्या...

एउटै समरसेवल पम्पको भरमा दुई सय परिवार, खेतमा खडेरी

घरको आगँनमै भएको चापाकलमा पानी नआउँदा सिरहाको गोलबजार नगरपालिका–१२ बेतौनी–हरिहरपुरका स्थानीयले खानेपानीको संकट भोग्नुपरेको छ। करिब २ सय घर परिवार पानी भर्न छिमेकीको समरसेवल (सबमर्सिबल पम्प)मा...

वार्षिक ६५ लाखको माछा बिक्री, १५ लाख बचत

कैलाली: कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेल ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन्। कृषि क्षेत्रमा केही नयाँ गर्ने सोचका साथ माछापालन व्यवसाय सुरु गरेका उनका लागि अहिले...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना