२०८३ कार्तिक १३ गते बिहिबार

जन्मसिद्धका सन्ततिले नागरिकता लिन के-के चाहिन्छ कागजात?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १०
cdo_morang

काठमाडौँ- जिल्ला प्रशासन कार्यालयहरूले नागरिकता प्राप्तीका लागि प्रक्रिया पूरा गरेर मात्र सिफारिस गर्न वडा कार्यालयहरूलाई परिपत्र गर्न थालेका छन्। नागरिकता ऐन, २०६३ को पहिलो संशोधन कार्यान्वयनमा आएसँगै प्रशासन कार्यालयहरूले यस्तो परिपत्र गर्न थालेका हुन्।

जेठ १७ मा राजपत्रमा प्रकाशित भइसकेको ऐनविरुद्ध सर्वोच्चमा मुद्दा परेपछि कार्यान्वयनमा आउन केही ढिलाइ भएको थियो। सुरुमा तत्काल कार्यान्वयनमा नलैजान अल्पकालीन अन्तरिम आदेश दिएको सर्वोच्च अदालतले उक्त आदेश खारेज गरेसँगै ऐन कार्यान्वयमा आएको छ।

काठमाडौँ प्रशासनले संशोधित ऐन र नियमावली बमोजिम प्रक्रिया पूरा गरेर मात्रै सिफारिस गर्न अनुरोध गरेको छ। नागरिक अनुसूचिमात्रै भरेर आउने गरेको र आवश्यक कागजात नहुँदा दुःख पाउने अवस्था देखिएको भन्दै कार्यालयले सो परिपत्र गरेको हो।

‘नागरिकले आवश्यक सम्पूर्ण कागपत्र नल्याउँदा दुःख पाएका छन्, सबै कागजात पूरा गरी वडा सिफारिस भयो भने सजिलो हुन्छ,’ सहायक प्रमुख जिल्ला अधिकारी काठमाडौँका खड्गबहादुर श्रेष्ठले भने।

कार्यालयले जन्मका आधारमा नागरिकता लिएकाहरुका सन्तानलाई वंशजका आधारमा सिफारिस गर्दा बाबु र आमा नेपाली नागरिक भएको र निजको बसोबास निरन्तर नेपाल सरहदभित्र गरेको यकिन गर्न पनि भनेको छ।

जसका लागि बाबुआमाको सक्कल नागरिकता, सक्कल जन्मदर्ता, जग्गाधनी प्रमाणपूर्जा (निवेदकको बाबुआमा नाम भएको ) शैक्षिक प्रमाणपत्र, घरधनी दर्ता पूमाणपूर्जा, बसाइँसराइ दर्ता प्रमाणपत्र (ठेगाना परिवर्तन गर्न चाहेमा) स्थायी बसोबास प्रमाणपत्र, बाबुआमाको विवाह दर्ता र पारिवारिक विवरण, बाबुआमाको मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र २०६३ को टोलीले नाबालक दर्ता गरेको भए सोको निस्सा समेत संलग्न गराउन उल्लेख गरिएको छ।

परिपत्रमा कार्यालयबाट आवश्यताअनुसार स्थलगत प्रहरी सर्जमिन मुचुल्कासमेत गरिने हुँदा सो बेहोरालाई पुष्टि गर्ने अन्य कागजात पनि समावेश गर्न परिपत्रमा उल्लेख छ।

उता मोरङमा पनि जन्मका आधारमा नेपाली नागरिकता प्राप्त गरेका बाबुआमाका सन्तानलाई सोमबारदेखि वंशजको नागरिकता जारी गर्न थालिने जानकारी दिइएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले नागरिकता वितरणको तयारी गर्दै आवश्यक कागजात बारे जानकारी गराउन स्थानीय तहहरुमा परिपत्र जारी गरेको हो।

नागरिकता लिन चाहिने कागजात र सिफारिसबारे वडाहरूलाई परिपत्र गरिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिएका छन्। मोरङमा जन्मका आधारमा नागरिकता लिनेको संख्या ३५ हजार हाराहारी रहेको प्रारम्भिक तथ्यांक छ। करिब ७० हजारसम्म वंशजको नागरिकताका लागि आवेदन आउन सक्ने अनुमान गरिएको छ।

नागरिकता लिनेहरूले राष्ट्रिय परिचयपत्र र राहदानी लिन समेत आवेदन दिने सम्भावना छ। रंगेली र उर्लाबारीस्थित इलाका प्रशासन कार्यालयमा नयाँ नागरिकता लिन निवेदन पर्न सुरु गरेको छ।

वंशजको नागरिकता प्राप्त गर्न वडाबाट सिफारिस लिनुपर्छ। बसाइँ सरी आएको हकमा बसाइँसराइ दर्ता प्रमाणपत्र, स्थानीय बसोबास प्रमाणित पारिवारिक विवरण, बाबु र आमाको सक्कल नागरिकता र सोको प्रतिलिपि, सक्कल जन्मदर्ता, शैक्षिक योग्यताको प्रमाणपत्र र नाबालक परिचयपत्र, बाबुआमा र सन्तानबीचको फोटोसहितको सक्कल नाता प्रमाणित, २०६३ सालको टोलीमा नाबालक दर्ता गराएको भए सोको निस्सा, बाबु र आमाबीचको विवाह दर्ता प्रमाणितपत्र–मतदाता परिचयपत्र, बाबुआमाको मृत्यु भइसकेको भए मृत्यु दर्ता प्रमाणपत्र, कुनै उद्योग, पेसा वा व्यवसाय गरी बसेको भए सोको प्रमाण, जग्गाधनी प्रमाणपुर्जा वा स्थायी बसोबास सिफारिस वा व्यवसाय दर्ता प्रमाणपत्र, स्वघोषण र अन्य प्रचलित ऐन-कानुनबमोजिम हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

थप विवरणका लागि सम्बन्धित जिल्ला प्रशासन वा वडा कार्यालयमा सम्पर्क गर्न सम्बन्धित कार्यालयहरूले अनुरोध गरेका छन्।

प्रकाशित: २०८० असार १० गते आईतबार ०७:३४
प्रतिक्रिया

थप समाचार

बगर बन्यो धानखेत

रसुवा: उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य धानखेत बगरमा परिणत भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण उक्त वडाको सम्पूर्ण खेतीयोग्य जमिन बगरमा रुपान्तरण भएको हो। त्रिशूली...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...

किसानलाई दूधको उचित मूल्य खोइ?

दाङ: यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य पाउन नसक्दा मारमा परेका छन्। पशुपालन व्यावसायमा दुःख मेहनत धेरै गर्नुपर्ने भए पनि त्यसअनुसार मूल्य नपाउँदा मारमा परेका हुन्। दूध...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना