बाढीका कारण काठमाडौं-मुग्लिन सडक खण्डको कृष्णभीरमा सडक भासिएपछि काठमाडौं जोड्ने मुख्य राजमार्ग बन्द हुँदा उपत्यका बाहिर जाने गाडी काठमाडौंमै रोकिएका छन्।
राजमार्ग बन्द भएपछि मालवाहक सवारीहरुको लस्कर कलंकी-बल्खु क्षेत्रमा देखिएको छ।
भोटेकोशी हुँदै आएको बाढीले त्रिशूली नदीमा बहाब बढ्दा राजमार्ग कटान गरेको हो। तस्बिरहरु- नेपाल फोटो लाइब्रेरी












