२०८३ कार्तिक १६ गते आईतबार

हवाई र जमिनी उद्धार तीव्र, एकैदिन १०९ जनाको उद्धार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १५
tunnel

काठमाडौं। भोटेकोशी तथा त्रिशूली बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा जमिनीमार्फत खोज, उद्धार र राहत कार्यलाई तीव्रता दिएको छ । नेपाली सेनाले सोमबार हवाई साधनमार्फत जर्मन नागरिक एक जनासहित १०९ जनाको उद्धार गरेको छ।

नेपाली सेनाले आज साँझ ७ बजेसम्मको खोज तथा उद्धार अद्यावधिक विवरण सार्वजनिक गर्दै प्रभावित क्षेत्रमा टनेलभित्र समेत विशेष टोली परिचालन गरी खोजी कार्य भइरहेको जनाएको छ।

त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको टनेलको हेड फेला पारिएको र कम्प्रेसरमार्फत हावा पठाउने कार्य भइरहेको छ। टनेलभित्रको पानी निकाल्ने कार्य जारी रहेको सेनाले जनाएको छ । साथै, तीनवटा एक्स्काभेटर प्रयोग गरी पछाडितर्फको वैकल्पिक मार्ग करिब १५ मिटर खोलिएको छ।

त्यसैगरी, त्रिशूली–३ ‘बी’ को टनेलमा विज्ञसहितको फौज परिचालन गरी एक्स्काभेटरको सहयोगमा खोज तथा उद्धार कार्य भइरहेको छ।

विदेशी उद्धारकर्मीसमेत सहभागी संयुक्त खोज तथा उद्धार टोली चिलिमे हाइड्रोको टनेलभित्र ३५ मिटरसम्म पुगेर अगाडिको भाग सफा गर्ने कार्यमा जुटिरहेको छ। अपर त्रिशूली–१ क्षेत्रमा पनि विदेशी टोलीसहितको संयुक्त उद्धार टोलीले मैलुङतर्फ २०० मिटर र हाँकूतर्फ ३०० मिटरसम्म पुगेर खोजी गरेको छ।

रसुवागढी हाइड्रोको टनेलमा खोज तथा उद्धार टोली करिब २५० मिटरसम्म पुग्दा टनेलको बन्द भाग फेला परेको सेनाले जनाएको छ । लाङटाङ हाइड्रोको टनेलमा भने संयुक्त उद्धार टोली करिब ६५ मिटरसम्म पुगेर एक शव सङ्कलन गरेको छ।

प्रभावित क्षेत्रका जङ्गल, डाँडा, खोला र बस्ती क्षेत्रमा स्थानीयको सुरक्षा अवस्था बुझ्न तथा थप उद्धारको आवश्यकता मूल्याङ्कन गर्न पैदल गस्तीसमेत गरिएको छ।

खोज तथा उद्धारका क्रममा नेपाली सेनाको टोलीले टिमुरे क्षेत्रमा पाँचवटा सेफ फेला पारेको जनाएको छ । तीमध्ये तीनवटामा नेपाली र दुईवटामा चिनियाँ भाषाका अक्षर रहेका छन् । फेला परेका सेफहरू भरपाई गरी सशस्त्र प्रहरी बल नेपाललाई बुझाइएको सेनाले जनाएको छ।

यसैबीच, नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्रबाट आइतबार मात्रै १६५ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा नेपाली सेनाका ८ हजार ९ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन भएका छन्।

उनीहरूले सम्बन्धित निकायसँग समन्वय गरी घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सञ्चालन तथा आपत्कालीन उपचारलगायतका कार्य गरिरहेका छन् ।

प्रकाशित: २०८३ भदौ १५ गते सोमबार ०८:४५
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना