२०८३ भदौ ३० गते मङ्गलबार

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १६
syau

मुस्ताङ: जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’ सुरुआत गरिएको छ। जिल्लास्थित सरोकारवाला निकायहरुले जिल्लामा छिटो पाक्ने स्याउ टिप्ने समय यही भदौ १५ गते तोकिएसँगै किसान तथा व्यापारीले धमाधम छिटो पाक्ने जातका स्याउ टिप्न सुरु गरेका हुन्।

जिल्लाको स्याउको गुणस्तर कायम राख्न तथा बिक्री वितरण गर्न जनाउँदै जिल्ला समन्वय समितिको पहलमा पाँच स्थानीय तहका जनप्रतिनिधि, कृषि तथा पशु विकास कार्यालय, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, स्थानीय प्रशासन र कृषक प्रतिनिधिहरुको रोहबरमा मुस्ताङमा छिटो पाक्ने र ढिलो पाक्ने स्याउको टिपाइ कार्यतालिका सार्वजनिक गरेका थिए।

यहाँ उत्पादन हुने स्याउको गुणस्तर राम्रो हुने तथा बजारको मागसमेत पूर्ति हुने र स्याउको ख्याति राम्रो हुने र स्याउमा गुलियोपना हुनु पर्ने जोड दिदै छिटो पाक्ने स्याउ यही भदौ १५ गते र ढिलो पाक्ने स्याउ भदौ २२ गतेदेखि टिप्न पाईने निर्णय गरिएको थियो।

कृषि तथा पशु विकास कार्यालयका प्रमुख डा लालमणि अर्यालले जिल्लामा छिटो पाक्ने स्याउ सोमबारबाट टिप्न सुरु भएको बताए। उनका अनुसार मुस्ताङको थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा छिटो पाक्ने अर्लि भेराईटीका गाला र गोल्डेन जातको स्याउ टिपाई सुरु भएको हो।

कार्यालय प्रमुख अर्यालयका अनुसार उच्चघनत्व प्रविधिमा आधारित (हाइब्रिड) जातको गाला र गोल्डेन स्याउको धमाधममा कृषकको बगैचाहरुमा ‘पोस्ट हार्भेस्ट’ भइरहेको छ। जिल्लामा उत्पादित छिटो पाक्ने स्याउ हरितालिका तीज पर्वलाई लक्षित गरी कृषक तथा व्यापारीहरुले स्याउ टिप्न सुरु गरेको कार्यालय प्रमुख अर्यालयको भनाइ छ।

किसान भीम गुरुङको स्याउ बगैँचामा पनि सोमबारदेखि धमाधम छिटो पाक्ने जातको स्याउ टिपाइ सुरु गरेको ग्रीन मुक्ति कृषि तथा पशुपन्छी विकास फार्मका व्यवस्थापक राम तामाङले जानकारी दिए। जिल्लास्तरीय बोर्ड बैठकको स्याउ टिप्ने कार्यतालिकाअनुसार आफूहरुको फार्ममा स्याउको पोस्ट हार्भेस्ट तथा स्याउ ढुवानी गरी काठमाडाैँ पुर्याउने तयारी भइरहेको बताए।

स्थानीय भीम गुरुङको स्याउ बगैँचामा स्याउ टिप्ने, स्याउलाई क्रेटमा राखेर स्टोरमा पुर्याउने, स्याउको ग्रेडिङ, नापतौल र प्याकेजिङलगायत स्याउ लोड गर्ने कार्यका लागि करिब तीन दर्जन कामदार परिचालित गरिएको छ। व्यवस्थापक तामाङले ४० रोपनीमा उत्पादन भएको हाइब्रिड छिटोपाक्ने स्याउ हार्भेस्ट गरी दुईदिन भित्र काठमाडौँ पुर्याउने योजना रहेको बताए। उनका अनुसार उच्चघनत्वको हाइब्रिड स्याउको टिपाइ सुरु भए पनि स्थानीय जातको लोकल स्याउ भदौपछि मात्रै हार्भेस्ट गरिने बताए।

यसैगरी घरपझोङ–५ ढुम्बास्थित चिम्ले अचार्ड कृषि फार्मको स्याउ टिप्ने योजना रहेकोमा काठमाडौँ पुर्याउने सडक अवरुद्ध भएकाले केही दिनपछि मात्रै टिपाइ सुरु गर्ने योजना रहेको व्यवस्थापक आइतराम तामाङले जानकारी दिए। फार्ममा उत्पादन हुने छिटो र ढिलो पाक्ने सबै स्याउ काठमाडौँमा बजारिकण गर्ने सोच रहेको व्यवस्थापक तामाङको भनाइ छ।

जिल्लामा स्याउको यहाँ सुरु भएसँगै यहाँका स्याउ बगैँचामा लटरम्म स्याउ फल्न थालेका छन्। स्याउको सिजन सुरु भएसँगै मुस्ताङमा स्याउ व्यापारीहरुको चहलपहल बाक्लिएको छ। स्याउ व्यापारीहरुले साउनअगावै किसानको बगैँचामा पुगेर बैनापट्टा गरिसकेपछि स्याउको बिक्री वितरणका लागि स्याउ सङ्कलन गर्न मुस्ताङ आउने गर्छन्।

जिल्लामा गत वर्ष करिब ९० करोड बढीको स्याउ उत्पादन भएको थियो। कृषि तथा पशु विकास कार्यालय मुस्ताङका अनुसार गत वर्ष मुस्ताङमा उत्पादित स्याउमध्ये ८० प्रतिशत जिल्ला बाहिर निकासी भएको थियो भने २० प्रतिशत स्याउ जिल्लामै खपत भएको थियो। मुस्ताङमा करिब एक हजार ४०० हेक्टर क्षेत्रफलमा स्याउखेती गरिएको छ। पछिल्लो समय मुस्ताङका किसान छिटो र छरितो रुपमा उत्पादन दिनसक्ने उच्चघनत्व प्रविधिको हाइब्रिड स्याउखेतीतर्फको आकर्षण बढ्दै जान थालेको छ।

प्रकाशित: २०८३ भदौ १६ गते मङ्गलबार ०९:३६
प्रतिक्रिया

थप समाचार

बाढीमा हराएका व्यक्तिका परिवारको ‘डीएनए’ परीक्षण प्रतिवेदन कहिले आउँछ ?

काठमाडौँ: प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरूले भोटेकोशी बाढीमा हराएका व्यक्तिका परिवारको ‘डीएनए’ परीक्षणको प्रतिवेदन छिटो आउनुपर्नेलगायत विपद्जन्य घटनामा उद्धार र खोजीमा ध्यान...

आकाशियो मूल्य: चिनीदेखि दालचामल, फलफूलदेखि हरियो तरकारीसम्म महँगिए

काठमाडौँ: एकातर्फ सुस्त अर्थतन्त्रको सामाना मुलुकले गरिरहनु परेको वेला महँगीको मार सर्वसाधारणको भान्सासम्म पुगेको छ। बजारमा अधिकांश खाद्य सामग्री, तरकारी, फलफूल एवं अन्य कृषि उपजको मूल्य...

बेचबिखनमा आफन्तै संलग्न, उजुरी दिन डराउँछन् पीडित

मानव बेचबिखन तथा ओसारपसार घटनाका अधिकांश दोषी आफन्त नै हुने गरेका छन्। आफन्त भएकै कारण पीडित पक्षले उजुरी दिँदैनन्। जसले गर्दा मानव बेचबिखनका आरोपीमाथि अनुसन्धान र मुद्दा दर्ता गर्न समस्या...

एउटै समरसेवल पम्पको भरमा दुई सय परिवार, खेतमा खडेरी

घरको आगँनमै भएको चापाकलमा पानी नआउँदा सिरहाको गोलबजार नगरपालिका–१२ बेतौनी–हरिहरपुरका स्थानीयले खानेपानीको संकट भोग्नुपरेको छ। करिब २ सय घर परिवार पानी भर्न छिमेकीको समरसेवल (सबमर्सिबल पम्प)मा...

वार्षिक ६५ लाखको माछा बिक्री, १५ लाख बचत

कैलाली: कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेल ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन्। कृषि क्षेत्रमा केही नयाँ गर्ने सोचका साथ माछापालन व्यवसाय सुरु गरेका उनका लागि अहिले...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना