काठमाडौँ: भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको बाढीका कारण ज्यान गुमाउनेको संख्या एक हजार नाघेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको दिउसो १ बजेसम्म अपडेट अनुसार एक हजार ३ जनाको शव भेटिएको हो।
रसुवामा ४१, नुवाकोटमा ९५, धादिङमा ५७, गोरखामा ६५, तनहूँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७० र चितवनमा ३२१ जनाको शव फेला परेको प्राधिकरणले जानकारी दिएको छ।
प्राधिकरणकाअनुसार ३ हजार ९१६ जना सम्पर्कविहीन छन्। सम्पर्कविहीन हुनेमा २५ जना नेपाल प्रहरी, ४५ जना नेपाली सेना, १३ जना सशस्त्र, भन्सार कार्यालयका कर्मचारीहरू १५ जना र अध्यागमन कार्यालयका ३ जनासमेत रहेका छन्।