काठमाडौँ: गत भदौ १० गते भोटेकोशी नदी हुँदै आएको बाढीमा बेपत्ताको खोजी तथा घाइतेको उद्धार कार्य आज आठौँ दिन पनि जारी छ।
प्रभावित क्षेत्रमा १५ देखि वटा हेलिकोप्टर एउटै क्षेत्रमा उडाएर खोजी एवं उद्धार भैरहेको छ।
त्रिभुवन विमानस्थल हवाई ट्राफिक नियन्त्रक (एटीसी) प्रमख देवेन्द्रप्रसाद श्रेष्ठका अनुसार हेलिकोप्टरबाट उद्धार र राहतमा खटिएका पाइलटहरू एउटा साझा रेडियो फ्रिक्वेन्सीमा संवाद गर्छन्।
एकअर्कासँग सम्पर्कमा रहेर आफ्नो पोजिसन, जाने दिशा र आसपासको ट्राफिकबारे जानकारी आदानप्रदान गरेर पाइलटहरूले आफैं उडान सेपरेसन कायम गरिरहेको उनले बताए।