२०८३ भदौ ३० गते मङ्गलबार

बाढीको असर: चाँडपर्वमा लत्ताकपडा र खाद्यान्नको मूल्यवृद्धि हुने संकेत

 |  मनिषा बस्नेत
Sanket

मनिषा बस्नेत

काठमाडौँ, भदौ १८
photo-6_d3acd9a9

काठमाडौँ: भोटेकोशी तथा त्रिशूली नदीमा आएको भयावह बाढीका कारण चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने सडक तथा व्यापारिक मार्गमा ठूलो क्षति पुगेपछि नेपालमा चाडपर्व लक्षित खाद्यान्न तथा उपभोग्य वस्तुको आपूर्ति बन्द भएको छ।

त्यस्तै तराईसँग काठमाडौं जोडने मुख्य राजमार्ग समेत प्रभावित हुँदा काठमाडौं उपत्यकालगायत बागमती प्रदेशका जिल्लाहरूमा खाद्यन्न संकट तथा मूल्यवृद्धि हुने संकेतहरू देखिएका छन्।

धादिङको कृष्णभीरमा खसेको पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे खण्ड अवरुद्ध हुँदा काठमाडौं, धादिङ हुँदै चितवन, तनहुँ, कास्कीसहित पश्चिम नेपालका विभिन्न जिल्लातर्फ आवतजावत गर्ने सवारीसाधन प्रभावित छन्।

बाढीका कारण तातोपानी र रसुवा नाकाबाट नेपाल भित्रिने ठूलो परिमाणको सामान बाटोमै रोकिएको तथा सयौँ मालवाहक गाडी बगाएपछि आगामी दशैँ–तिहारलाई लक्षित गरेर आयात गरिएका सामानको आपूर्तिमा समस्या देखिन थालेको व्यवसायीहरूले बताएका छन्।

तत्काल वैकल्पिक आपूर्ति मार्गको पर्याप्त व्यवस्था हुन नसके चाडपर्वका बेला बजारमा सामानको अभावसँगै मूल्यवृद्धि हुन सक्ने उनीहरूको भनाइ छ।

नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष रामहरी कार्कीका अनुसार बाढीका कारण चाडपर्व लक्षित सामान बोकेका करिब दुई सय गाडी बगेका छन्। ती गाडीमा रहेका सामान नष्ट हुँदा तत्काल बजारमा सामान उपलब्ध गराउन समस्या हुन सक्ने उनको भनाइ छ।

‘नेपाली बजारमा अहिले तत्काल प्रभाव पार्ने चाडपर्व लक्षित सामानहरू नै अहिले बगायो, दुई सय गाडी सामान क्षति भएको छ। त्यसले अब तत्काल सामान उपलब्ध नहुने हो कि भन्ने एउटा चिन्ताको विषय छ,’ उनले भने, ‘अब चाडपर्वमा हामीसित विकल्प छैन। एउटा नजिकको नाका भनेको तातोपानी थियो। अब तातोपानी पनि अनिश्चितकाल बन्द भनेपछि अब हामीसित एउटै विकल्प छ, कोरला भन्दा अर्को विकल्प छैन।’

व्यवसायीका अनुसार तातोपानी नाका बन्द हुँदा चीनबाट आयात हुने सामानको ठूलो हिस्सा अब कोरला नाकातर्फ मोड्नुपर्ने अवस्था आएको छ। तर कोरला हुँदै सामान ल्याउँदा दूरी र ढुवानी समय बढ्ने भएकाले त्यसले बजारको आपूर्ति व्यवस्थापनमा थप दबाब सिर्जना गर्ने देखिएको छ।

कार्कीका अनुसार तातोपानीबाट सामान्य अवस्थामा एक दिनमै गाडी आउजाउ गर्न सक्ने भए पनि कोरला हुँदै सामान ल्याउँदा करिब एक सातादेखि १० दिनसम्म लाग्न सक्छ।

तातोपानी र रसुवा नाकामा भएको क्षतिका कारण ढुवानी लागतसमेत बढ्न थालेको व्यवसायीहरूको भनाइ छ। यसअघि करिब दुई लाखदेखि सवा दुई लाख रुपैयाँसम्ममा हुने ढुवानी अहिले तीनदेखि चार लाख रुपैयाँसम्म पुग्न थालेको कार्कीले बताए। जसले गर्दा उपभोग्य सामाग्रीको मूल्य बढ्ने देखिन्छ।

कार्कीले अहिले नै बजारमा सामान अभावको संकेत देखिन थालेको बताए। उनका अनुसार कोरला नाकाबाट सामान ल्याउन झण्डै १० दिन लाग्नुका साथै दुवानी साधनको समेत अभाव छ।

उनले भने, ‘त्यो सामान अभाव हुने पनि अलिकति देखिसकेको छ। अब किनभने त्यसैलाई लक्षित गरेर ल्याएको २०० गाडी त अहिले बगाई नै सक्यो। अब बाँकी बसेको सामानहरू भनेको बाटोमा छ। अब यो हिसाबले कोरला नाकाबाट आउन पनि १० दिन जति झण्डैझण्डै आउन लाग्छ। हामीसित पर्याप्त गाडी पनि छैन।’

उनका अनुसार वैकल्पिक रूपमा समुद्री मार्गबाट सामान ल्याउन सकिए पनि त्यसबाट तत्काल चाडपर्वका लागि आवश्यक सामान नेपाल भित्र्याउन सम्भव छैन।

समुद्री मार्गबाट सामान ल्याउँदा सामान्यतः करिब दुई महिनासम्म लाग्ने भएकाले अहिले आयात गरिने सामान दशैँ–तिहारअघि बजारमा पुग्ने सम्भावना न्यून रहेको उनले बताए।

ढुवानी लागत बढ्दा त्यसको प्रत्यक्ष प्रभाव उपभोक्ताले तिर्नुपर्ने मूल्यमा पर्ने देखिन्छ। तर व्यवसायीहरूको मुख्य चिन्ता मूल्यवृद्धिभन्दा पनि चाडपर्वका बेला आवश्यक सामान नै पर्याप्त मात्रामा उपलब्ध नहुन सक्ने रहेको छ।

कार्कीका अनुसार स्थलमार्गबाट तातोपानी वा रसुवा हुँदै काठमाडौंसम्म सामान आइपुग्न करिब १२ देखि १३ दिन लाग्ने भए पनि समुद्री मार्गबाट ल्याउँदा ५५ देखि ६५ दिनसम्म लाग्न सक्छ।

उनले भने, ‘अब तातोपानीबाट र रसुवाबाट आउँदाखेरि करिब–करिब १२–१३ दिनमा काठमाडौँमै सामान आइपुग्ने अवस्था छ। अहिले समुद्री मार्गबाट आउँदाखेरि ५५ देखि ६५ दिनसम्म लागेको अवस्था छ भनेपछि अब दुई महिना नै क्रस भो। दुई महिनामा त हाम्रो दशैँ–तिहार सबै नै भेट्छ। त्यो हिसाबले बाइ सी बाट अहिले तत्काल ल्याएर काठमाडौँमा सामान उपलब्ध हुने अवस्था छैन।’

बाढीका कारण व्यापारिक क्षेत्रमा भएको क्षतिको आकारसमेत ठूलो रहेको व्यवसायीहरूको प्रारम्भिक अनुमान छ। करिब दुई सय मालवाहक गाडी बगाउँदा मात्रै करिब दुई अर्ब रुपैयाँभन्दा बढीको सामान क्षति भएको अनुमान कार्कीले गरेका छन्।

नेपालमा चीनबाट आयात हुने सामानको ठूलो हिस्सा रहेको भन्दै व्यवसायीहरूले तत्काल वैकल्पिक आपूर्ति व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्। भारत वैकल्पिक बजार भए पनि चीनबाट आयात हुने केही वस्तु भारतमा समान मूल्य र गुणस्तरमा उपलब्ध हुन नसक्ने उनीहरूको भनाइ छ।

चीनबाट हुने आयातमा नेपालको निर्भरता अझै उच्च रहेको कार्कीको भनाइ छ। नेपालमै केही वस्तुको उत्पादन सुरु भए पनि त्यसका लागि आवश्यक कच्चा पदार्थसमेत चीनबाट आउने गरेको उनले बताए।

व्यवसायीको चिन्ता आयातमा मात्रै सीमित छैन। काठमाडौंको असन बजारमा समेत बाढीपछि सामानको आपूर्ति र मूल्यमा असर देखिन थालेको व्यवसायीहरू बताउँछन्।

असनस्थित एनबी स्टोरका सञ्चालक नरबहादुर महर्जनले अहिले पसलमा रहेको पुरानो स्टकबाट मात्र व्यापार चलिरहेको बताए। नयाँ सामान सहज रूपमा प्राप्त हुन नसकेको र प्राप्त भएपनि मूल्य बढेको उनको भनाइ छ।

उनले भने, ‘स्टक केही पनि छैन। नयाँ सामानहरू पाए पनि महङ्गी बढेको छ।’ महर्जनका अनुसार उनको पसलमा घिउ, तेल, तिलको लड्डु, ल्वाङ, सुकमेल, जिरा, काजु तथा किसमिसजस्ता खाद्य सामग्रीको कारोबार हुन्छ।

बाढीपछि सडक अवरुद्ध हुँदा सामानको आपूर्ति प्रभावित भएको र बजारमा चाडपर्वको चहलपहलसमेत घटेको उनले बताए।

बजारमा सीमित मात्रामा सामान आइरहेको र ठूला व्यापारीसँग रहेको स्टकबाट मात्रै खुद्रा व्यवसायीले सामान पाइरहेको महर्जनले बताए। नगद कारोबारमा समस्या तथा पर्याप्त स्टक राख्ने ठाउँको अभावले पनि साना व्यवसायी थप समस्यामा परेको उनको भनाइ छ।

उनले भने, ‘बाटोघाटो अवरुद्ध भएकाले सामान पाइएको छैन्। ठूलठूला व्यापारीले पनि अलिअलि स्टक राखे होलान। नगद कारोबार भएपनि हाम्रो व्यापार हुनुपर्यो तर व्यापार एकदम मन्दी छ। स्टक गरेर राख्ने ठाउँ हामीसँग छैन्। अब जति चाहिन्छ त्यति ल्याएर बेच्ने हो। सामान आउने नआउने थाहा छैन तर वैकल्पिक बाटाहरू संचालनमा आएका छन्। आशावादी छौं।’

असनकै खाद्यन्न स्टोरका सञ्चालक साहित्यरत्न तुलाधरले पनि अहिले पुरानै स्टकबाट व्यापार भइरहेको बताए। आयातकर्ताबाट सामान आएपछि मात्रै आफूहरूले बिक्री गर्न सक्ने अवस्था रहेको उनले बताए।

उनले भने, ‘पहिले भएकै सामानहरू बेचिरहेका छौं। अरू सामान धेरै आउँदैन, अलिअलि आउँछ। इम्पोर्टर्सहरूले सामान दिएभने मात्रै हामीले बेच्ने हो।’

बाढीपछि तत्काल बजारमा सीमित स्टक, बढ्दो ढुवानी खर्च र केही वस्तुको मूल्यवृद्धिमा देखिएको छ। तर मुख्य व्यापारिक नाका लामो समय अवरुद्ध रहेमा त्यसको प्रभाव चाडपर्व नजिकिँदै जाँदा अझ गहिरिन सक्ने व्यवसायीहरूको चेतावनी छ।

विशेषगरी दशैँ–तिहारका लागि पहिल्यै आयात गरिएका सामानको ठूलो हिस्सा बाढीमा क्षति हुनु, बाँकी सामान बाटोमै हुनु र वैकल्पिक नाकाबाट सामान ल्याउन बढी समय लाग्नुले आपूर्ति व्यवस्थापनमा चुनौती थपिएको छ।

व्यवसायीहरूले नाका र सडकमार्ग तत्काल सञ्चालनमा ल्याउन, वैकल्पिक नाकाबाट सामान ल्याउने प्रक्रिया सहज बनाउन तथा ढुवानीका लागि आवश्यक कन्टेनर र गाडीको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।

समयमै आपूर्ति व्यवस्थापन हुन नसके चाडपर्वका बेला सामानको मूल्य मात्रै नभई आवश्यक खाद्यान्न तथा उपभोग्य वस्तुकै अभाव हुने जोखिम रहेको उनीहरूको भनाइ छ।

बाढीले व्यापारिक सामानमा मात्रै नभई सरकारको राजस्व संकलनमा समेत प्रत्यक्ष असर पारेको छ। तातोपानी र रसुवा नाकाबाट हुने आयातमा निर्भर राजस्व संकलन प्रभावित हुँदा राज्यको आम्दानीमा समेत कमी आउन सक्ने देखिएको छ। –नेपाल न्यूज बैंक

प्रकाशित: २०८३ भदौ १८ गते बिहिबार ०४:२२
प्रतिक्रिया

थप समाचार

बाढीमा हराएका व्यक्तिका परिवारको ‘डीएनए’ परीक्षण प्रतिवेदन कहिले आउँछ ?

काठमाडौँ: प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरूले भोटेकोशी बाढीमा हराएका व्यक्तिका परिवारको ‘डीएनए’ परीक्षणको प्रतिवेदन छिटो आउनुपर्नेलगायत विपद्जन्य घटनामा उद्धार र खोजीमा ध्यान...

आकाशियो मूल्य: चिनीदेखि दालचामल, फलफूलदेखि हरियो तरकारीसम्म महँगिए

काठमाडौँ: एकातर्फ सुस्त अर्थतन्त्रको सामाना मुलुकले गरिरहनु परेको वेला महँगीको मार सर्वसाधारणको भान्सासम्म पुगेको छ। बजारमा अधिकांश खाद्य सामग्री, तरकारी, फलफूल एवं अन्य कृषि उपजको मूल्य...

बेचबिखनमा आफन्तै संलग्न, उजुरी दिन डराउँछन् पीडित

मानव बेचबिखन तथा ओसारपसार घटनाका अधिकांश दोषी आफन्त नै हुने गरेका छन्। आफन्त भएकै कारण पीडित पक्षले उजुरी दिँदैनन्। जसले गर्दा मानव बेचबिखनका आरोपीमाथि अनुसन्धान र मुद्दा दर्ता गर्न समस्या...

एउटै समरसेवल पम्पको भरमा दुई सय परिवार, खेतमा खडेरी

घरको आगँनमै भएको चापाकलमा पानी नआउँदा सिरहाको गोलबजार नगरपालिका–१२ बेतौनी–हरिहरपुरका स्थानीयले खानेपानीको संकट भोग्नुपरेको छ। करिब २ सय घर परिवार पानी भर्न छिमेकीको समरसेवल (सबमर्सिबल पम्प)मा...

वार्षिक ६५ लाखको माछा बिक्री, १५ लाख बचत

कैलाली: कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेल ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन्। कृषि क्षेत्रमा केही नयाँ गर्ने सोचका साथ माछापालन व्यवसाय सुरु गरेका उनका लागि अहिले...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना