२०८३ कार्तिक १५ गते शनिवार

बाढीको असर: चाँडपर्वमा लत्ताकपडा र खाद्यान्नको मूल्यवृद्धि हुने संकेत

 |  मनिषा बस्नेत
Sanket

मनिषा बस्नेत

काठमाडौँ, भदौ १८
photo-6_d3acd9a9

काठमाडौँ: भोटेकोशी तथा त्रिशूली नदीमा आएको भयावह बाढीका कारण चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने सडक तथा व्यापारिक मार्गमा ठूलो क्षति पुगेपछि नेपालमा चाडपर्व लक्षित खाद्यान्न तथा उपभोग्य वस्तुको आपूर्ति बन्द भएको छ।

त्यस्तै तराईसँग काठमाडौं जोडने मुख्य राजमार्ग समेत प्रभावित हुँदा काठमाडौं उपत्यकालगायत बागमती प्रदेशका जिल्लाहरूमा खाद्यन्न संकट तथा मूल्यवृद्धि हुने संकेतहरू देखिएका छन्।

धादिङको कृष्णभीरमा खसेको पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे खण्ड अवरुद्ध हुँदा काठमाडौं, धादिङ हुँदै चितवन, तनहुँ, कास्कीसहित पश्चिम नेपालका विभिन्न जिल्लातर्फ आवतजावत गर्ने सवारीसाधन प्रभावित छन्।

बाढीका कारण तातोपानी र रसुवा नाकाबाट नेपाल भित्रिने ठूलो परिमाणको सामान बाटोमै रोकिएको तथा सयौँ मालवाहक गाडी बगाएपछि आगामी दशैँ–तिहारलाई लक्षित गरेर आयात गरिएका सामानको आपूर्तिमा समस्या देखिन थालेको व्यवसायीहरूले बताएका छन्।

तत्काल वैकल्पिक आपूर्ति मार्गको पर्याप्त व्यवस्था हुन नसके चाडपर्वका बेला बजारमा सामानको अभावसँगै मूल्यवृद्धि हुन सक्ने उनीहरूको भनाइ छ।

नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष रामहरी कार्कीका अनुसार बाढीका कारण चाडपर्व लक्षित सामान बोकेका करिब दुई सय गाडी बगेका छन्। ती गाडीमा रहेका सामान नष्ट हुँदा तत्काल बजारमा सामान उपलब्ध गराउन समस्या हुन सक्ने उनको भनाइ छ।

‘नेपाली बजारमा अहिले तत्काल प्रभाव पार्ने चाडपर्व लक्षित सामानहरू नै अहिले बगायो, दुई सय गाडी सामान क्षति भएको छ। त्यसले अब तत्काल सामान उपलब्ध नहुने हो कि भन्ने एउटा चिन्ताको विषय छ,’ उनले भने, ‘अब चाडपर्वमा हामीसित विकल्प छैन। एउटा नजिकको नाका भनेको तातोपानी थियो। अब तातोपानी पनि अनिश्चितकाल बन्द भनेपछि अब हामीसित एउटै विकल्प छ, कोरला भन्दा अर्को विकल्प छैन।’

व्यवसायीका अनुसार तातोपानी नाका बन्द हुँदा चीनबाट आयात हुने सामानको ठूलो हिस्सा अब कोरला नाकातर्फ मोड्नुपर्ने अवस्था आएको छ। तर कोरला हुँदै सामान ल्याउँदा दूरी र ढुवानी समय बढ्ने भएकाले त्यसले बजारको आपूर्ति व्यवस्थापनमा थप दबाब सिर्जना गर्ने देखिएको छ।

कार्कीका अनुसार तातोपानीबाट सामान्य अवस्थामा एक दिनमै गाडी आउजाउ गर्न सक्ने भए पनि कोरला हुँदै सामान ल्याउँदा करिब एक सातादेखि १० दिनसम्म लाग्न सक्छ।

तातोपानी र रसुवा नाकामा भएको क्षतिका कारण ढुवानी लागतसमेत बढ्न थालेको व्यवसायीहरूको भनाइ छ। यसअघि करिब दुई लाखदेखि सवा दुई लाख रुपैयाँसम्ममा हुने ढुवानी अहिले तीनदेखि चार लाख रुपैयाँसम्म पुग्न थालेको कार्कीले बताए। जसले गर्दा उपभोग्य सामाग्रीको मूल्य बढ्ने देखिन्छ।

कार्कीले अहिले नै बजारमा सामान अभावको संकेत देखिन थालेको बताए। उनका अनुसार कोरला नाकाबाट सामान ल्याउन झण्डै १० दिन लाग्नुका साथै दुवानी साधनको समेत अभाव छ।

उनले भने, ‘त्यो सामान अभाव हुने पनि अलिकति देखिसकेको छ। अब किनभने त्यसैलाई लक्षित गरेर ल्याएको २०० गाडी त अहिले बगाई नै सक्यो। अब बाँकी बसेको सामानहरू भनेको बाटोमा छ। अब यो हिसाबले कोरला नाकाबाट आउन पनि १० दिन जति झण्डैझण्डै आउन लाग्छ। हामीसित पर्याप्त गाडी पनि छैन।’

उनका अनुसार वैकल्पिक रूपमा समुद्री मार्गबाट सामान ल्याउन सकिए पनि त्यसबाट तत्काल चाडपर्वका लागि आवश्यक सामान नेपाल भित्र्याउन सम्भव छैन।

समुद्री मार्गबाट सामान ल्याउँदा सामान्यतः करिब दुई महिनासम्म लाग्ने भएकाले अहिले आयात गरिने सामान दशैँ–तिहारअघि बजारमा पुग्ने सम्भावना न्यून रहेको उनले बताए।

ढुवानी लागत बढ्दा त्यसको प्रत्यक्ष प्रभाव उपभोक्ताले तिर्नुपर्ने मूल्यमा पर्ने देखिन्छ। तर व्यवसायीहरूको मुख्य चिन्ता मूल्यवृद्धिभन्दा पनि चाडपर्वका बेला आवश्यक सामान नै पर्याप्त मात्रामा उपलब्ध नहुन सक्ने रहेको छ।

कार्कीका अनुसार स्थलमार्गबाट तातोपानी वा रसुवा हुँदै काठमाडौंसम्म सामान आइपुग्न करिब १२ देखि १३ दिन लाग्ने भए पनि समुद्री मार्गबाट ल्याउँदा ५५ देखि ६५ दिनसम्म लाग्न सक्छ।

उनले भने, ‘अब तातोपानीबाट र रसुवाबाट आउँदाखेरि करिब–करिब १२–१३ दिनमा काठमाडौँमै सामान आइपुग्ने अवस्था छ। अहिले समुद्री मार्गबाट आउँदाखेरि ५५ देखि ६५ दिनसम्म लागेको अवस्था छ भनेपछि अब दुई महिना नै क्रस भो। दुई महिनामा त हाम्रो दशैँ–तिहार सबै नै भेट्छ। त्यो हिसाबले बाइ सी बाट अहिले तत्काल ल्याएर काठमाडौँमा सामान उपलब्ध हुने अवस्था छैन।’

बाढीका कारण व्यापारिक क्षेत्रमा भएको क्षतिको आकारसमेत ठूलो रहेको व्यवसायीहरूको प्रारम्भिक अनुमान छ। करिब दुई सय मालवाहक गाडी बगाउँदा मात्रै करिब दुई अर्ब रुपैयाँभन्दा बढीको सामान क्षति भएको अनुमान कार्कीले गरेका छन्।

नेपालमा चीनबाट आयात हुने सामानको ठूलो हिस्सा रहेको भन्दै व्यवसायीहरूले तत्काल वैकल्पिक आपूर्ति व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्। भारत वैकल्पिक बजार भए पनि चीनबाट आयात हुने केही वस्तु भारतमा समान मूल्य र गुणस्तरमा उपलब्ध हुन नसक्ने उनीहरूको भनाइ छ।

चीनबाट हुने आयातमा नेपालको निर्भरता अझै उच्च रहेको कार्कीको भनाइ छ। नेपालमै केही वस्तुको उत्पादन सुरु भए पनि त्यसका लागि आवश्यक कच्चा पदार्थसमेत चीनबाट आउने गरेको उनले बताए।

व्यवसायीको चिन्ता आयातमा मात्रै सीमित छैन। काठमाडौंको असन बजारमा समेत बाढीपछि सामानको आपूर्ति र मूल्यमा असर देखिन थालेको व्यवसायीहरू बताउँछन्।

असनस्थित एनबी स्टोरका सञ्चालक नरबहादुर महर्जनले अहिले पसलमा रहेको पुरानो स्टकबाट मात्र व्यापार चलिरहेको बताए। नयाँ सामान सहज रूपमा प्राप्त हुन नसकेको र प्राप्त भएपनि मूल्य बढेको उनको भनाइ छ।

उनले भने, ‘स्टक केही पनि छैन। नयाँ सामानहरू पाए पनि महङ्गी बढेको छ।’ महर्जनका अनुसार उनको पसलमा घिउ, तेल, तिलको लड्डु, ल्वाङ, सुकमेल, जिरा, काजु तथा किसमिसजस्ता खाद्य सामग्रीको कारोबार हुन्छ।

बाढीपछि सडक अवरुद्ध हुँदा सामानको आपूर्ति प्रभावित भएको र बजारमा चाडपर्वको चहलपहलसमेत घटेको उनले बताए।

बजारमा सीमित मात्रामा सामान आइरहेको र ठूला व्यापारीसँग रहेको स्टकबाट मात्रै खुद्रा व्यवसायीले सामान पाइरहेको महर्जनले बताए। नगद कारोबारमा समस्या तथा पर्याप्त स्टक राख्ने ठाउँको अभावले पनि साना व्यवसायी थप समस्यामा परेको उनको भनाइ छ।

उनले भने, ‘बाटोघाटो अवरुद्ध भएकाले सामान पाइएको छैन्। ठूलठूला व्यापारीले पनि अलिअलि स्टक राखे होलान। नगद कारोबार भएपनि हाम्रो व्यापार हुनुपर्यो तर व्यापार एकदम मन्दी छ। स्टक गरेर राख्ने ठाउँ हामीसँग छैन्। अब जति चाहिन्छ त्यति ल्याएर बेच्ने हो। सामान आउने नआउने थाहा छैन तर वैकल्पिक बाटाहरू संचालनमा आएका छन्। आशावादी छौं।’

असनकै खाद्यन्न स्टोरका सञ्चालक साहित्यरत्न तुलाधरले पनि अहिले पुरानै स्टकबाट व्यापार भइरहेको बताए। आयातकर्ताबाट सामान आएपछि मात्रै आफूहरूले बिक्री गर्न सक्ने अवस्था रहेको उनले बताए।

उनले भने, ‘पहिले भएकै सामानहरू बेचिरहेका छौं। अरू सामान धेरै आउँदैन, अलिअलि आउँछ। इम्पोर्टर्सहरूले सामान दिएभने मात्रै हामीले बेच्ने हो।’

बाढीपछि तत्काल बजारमा सीमित स्टक, बढ्दो ढुवानी खर्च र केही वस्तुको मूल्यवृद्धिमा देखिएको छ। तर मुख्य व्यापारिक नाका लामो समय अवरुद्ध रहेमा त्यसको प्रभाव चाडपर्व नजिकिँदै जाँदा अझ गहिरिन सक्ने व्यवसायीहरूको चेतावनी छ।

विशेषगरी दशैँ–तिहारका लागि पहिल्यै आयात गरिएका सामानको ठूलो हिस्सा बाढीमा क्षति हुनु, बाँकी सामान बाटोमै हुनु र वैकल्पिक नाकाबाट सामान ल्याउन बढी समय लाग्नुले आपूर्ति व्यवस्थापनमा चुनौती थपिएको छ।

व्यवसायीहरूले नाका र सडकमार्ग तत्काल सञ्चालनमा ल्याउन, वैकल्पिक नाकाबाट सामान ल्याउने प्रक्रिया सहज बनाउन तथा ढुवानीका लागि आवश्यक कन्टेनर र गाडीको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।

समयमै आपूर्ति व्यवस्थापन हुन नसके चाडपर्वका बेला सामानको मूल्य मात्रै नभई आवश्यक खाद्यान्न तथा उपभोग्य वस्तुकै अभाव हुने जोखिम रहेको उनीहरूको भनाइ छ।

बाढीले व्यापारिक सामानमा मात्रै नभई सरकारको राजस्व संकलनमा समेत प्रत्यक्ष असर पारेको छ। तातोपानी र रसुवा नाकाबाट हुने आयातमा निर्भर राजस्व संकलन प्रभावित हुँदा राज्यको आम्दानीमा समेत कमी आउन सक्ने देखिएको छ। –नेपाल न्यूज बैंक

प्रकाशित: २०८३ भदौ १८ गते बिहिबार ०४:२२
प्रतिक्रिया

थप समाचार

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना