काठमाडौँ: सरकारले भोटेकोशी बाढी प्रभावित जनताको जीवनरक्षा तथा तत्कालीन आपतकालीन उद्धार र राहत कार्यका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने ५० लाख अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एसियाली विकास बैंकबाट प्राप्त हुने उक्त अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो।
सरकारका अनुसार अनुदान रकम भोटेकोशी बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा तथा तत्कालीन आपतकालीन उद्धार र राहत कार्यमा उपयोग गरिनेछ।