काठमाडौँः सरकारले भदौ १९ देखि २३ गतेसम्म लगातार पाँच दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गौरा पर्व र श्रीकृष्ण जन्माष्टमीका अवसरमा भदौ १९ गते बिदा दिइएको छ भने २० गते शनिबार र २१ गते आइतबार नियमित बिदा पर्नेछ।
यस्तै, रसुवा बाढीमा ज्यान गुमाएकाको सम्मानमा भदौ २२ गते शोक बिदा दिइने भएको छ। सरकारले भदौ २३ गतेलाई जेनजी शहीद दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ। यससँगै देशभर पाँच दिन लगातार सार्वजनिक बिदा हुने भएको छ।