२०८३ भदौ ३० गते मङ्गलबार

आफ्नाहरूको बाटो हेर्दै परिवार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १८
flood

बागलुङ। भोटेकोशी बाढीको प्रभाव कहर रसुवा र नुवाकोटमा मात्रै सीमित रहेन। यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि जिल्लाका १६ जना अझै सम्पर्कविहीन छन्। कामको सिलसिलामा भोटेकोशीमा गएकामध्ये बाढीपछि हराइरहेका आफन्तको आशमा परिवार बाटो हेर्दै पर्खिरहेका छन्।

बाढीमा परेर सम्पर्कविहीन भएका १६ जनामध्ये अधिकांश परिवारिक आर्थिक अवस्था कमजोर छ। रसुवाको त्रिशूली हाइड्रोपावर, हाकुबेँसीमा काम गर्न गएका तमानखोला गाउँपालिकाका नौ, ढोरपाटन नगरपालिकाका दुई, गलकोट नगरपालिकाका एक र नुवाकोटको त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनामा काम गर्दै आएका बागलुङ नगरपालिकाका दुई जना इन्जिनियर र दुई बालबालिका गरी १६ जना बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले जानकारी दिए।

तमानखोला गाउँपालिका-३ का वडाध्यक्ष झकबहादुर बुढाका अनुसार बाढीमा बेपत्ता भएका वडाका ५० वर्षीय दलप्रसाद बुढा र सञ्जय श्रीपालीमाथि परिवार पूर्ण रूपमा आश्रित थियो। दलप्रसादका नौ वर्षीय एक छोरा, एक छोरी र श्रीमती, २२ वर्षीय सञ्जयका आमाबाबा र भाइबहिनी उनीहरूमाथि आश्रित थिए। अहिले उनीहरूका परिवार बाटो कुरेर बसिरहेका वडाध्यक्षले बताए।

वडाध्यक्ष बुढा दलप्रसाद र सञ्जयको उद्धारका लागि बाढी प्रभावित क्षेत्रमा छन्। गाउँपालिकाका अध्यक्ष जोकलाल बुढासहित आफ्ना नागरिकको उद्धारका लागि रसुवा पुगेका वडाध्यक्ष झकबहादुरले आठौँँ दिनसम्म पनि खोजी जारी रहेको भन्दै सकुशल भेटिने आशा झिनो बन्दै गएको बताए।

‘आफन्त हराएकाले बाटो हेरिरहनुभएको छ, बाढीमा हराएकाहरू सकुशल भेटिने आशा अझै छ’, वडाध्यक्ष झकबहादुरले भने, ‘बाढीपछि बेत्तिा भएकाहरूका परिवार सम्झेर झनै चिन्तित हुन्छौँ। सबैको आर्थिक अवस्था कमजोर छ, सबैजना परिवार पाल्नकै लागि हाइड्रोपावरमा मजदुरी गर्न रसुवा पुग्नुभएको थियो। बिहान-बेलुका छाक टार्न गाह्रो रहेको परिवारलाई कसरी व्यवस्थापन गर्ने चुनौती देखिएको छ।’

तमानखोला-२ बोङ्खानीका भीमबहादुर छन्त्याल र खड्कबहादुर छन्त्यालको परिवारिक अवस्था पनि उस्तै छ। श्रीमती, अपाङ्गता भएका बाबाआमा, छोरा, भाइबहिनीसहित ठूलो परिवार आश्रित रहेका ३७ वर्षीय भीमबहादुर बेपत्ता भएपछि परिवारमा बज्रपात परेको छ। त्यस्तै, ५२ वर्षीय खड्कबहादुको भरमा वृद्ध बाबाआमा, श्रीमती र छोराछोरीसहित परिवार चल्दै आएको तमानखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित परियारले बताए।

तमानखोलाको वडा नम्बर १ का मात्र तीन जना बाढीमा परेर बेपत्ता भएका छन्। करिब ३७ वर्षीय पदमबहादुर घर्ती मगर, ३२ वर्षीय इन्द्रकुमार विक र २२ वर्षीय विष्णु घर्तिमगर बेपत्ता छन्। पदमका श्रीमती १३ र सात वर्षका छोराछोरी छन्। इन्द्रका श्रीमतीसहित ११ र आठ वर्षका छोराछोरी र विष्णुका श्रीमती, छोरा, बाबाआमा र दाजु पनि उहाँमै आश्रित रहेको प्रशासकीय अधिकृत परियारले बताए।

वडा नम्बर ४ का ५८ वर्षीय लाता कामीका स-साना दुई छोराछोरी र शारीरिक रूपमा कमजोर रहेकी श्रीमती छन्। सोही वडाका भीमबहादुर विकका श्रीमती, तीन सन्तान, आमासहित भाइको परिवार समेत उनमा आश्रित रहेको वडाध्यक्ष छप्रसाद श्रीपालीले बताए। आश्रित परिवारले अझै बेपत्ताको बाटो कुरिरहेका छन्।

ढोरपाटन नगरपालिका-४ का बेजेन्द्र घर्तीको पनि आर्थिक अवस्था कमजोर रहेको वडाध्यक्ष तिलक पुनले बताए। आर्थिक अवस्था कमजोर रहेका २३ वर्षीय घर्ती परिवार पाल्नकै लागि हाइड्रोपावरमा मजदुरी गर्न रसुवा पुगेका उनकाे भनाइ छ। ढोरपाटन-९ का २० वर्षीय तुलबहादुर सुनारको पनि परिवारको अवस्था उस्तै छ।

एक हप्ता पहिलेमात्र मजदुरी गर्न रसुवाको अपर त्रिशूली हाइड्रोपावर पुगेका गलकोट नगरपालिका-२ का २७ वर्षीय रमेश सुनार बाढीमा परेर बेपत्ता भएपछि परिवार शोकमा डुबेको छ। आर्थिक अवस्था निकै कमजोर रहेको रमेशको परिवारमा वृद्ध बाबाआमा, श्रीमती, दुई छोराछोरी र भाइ हुन्।

मजदुरी गरेर परिवार पाल्दै आएका रमेश बेपत्ता भएपछि परिवार आत्तिएको वडाध्यक्ष हिमबहादुर भण्डारीले बताए। ‘बाढीमा बेपत्ता भएको सात दिन बितिसक्यो, सकुशल भेटिने आशा मारेका छैनौँ,’ वडाध्यक्ष भण्डारीले भने, ‘हामीले सोचेजस्तो रमेश सकुशल नभेटिए परिवारको विचल्ली हुन्छ।’

बागलुङ नगरपालिका-९ तित्याङ्को एकै परिवारका चार जना बाढीमा बेपत्ता हुँदा परिवार शोकमा डुबेको छ। इन्जिनियर ३३ वर्षीय राजेश शर्मा पौडेल उनका श्रीमती इन्जिनियर ३१ वर्षीय प्रमिला पाठक र दुई छोराछोरी चार वर्षका आदित्य शर्मा पौडेल र आदिती शर्मा पौडेल बेपत्ता छन्।

प्रकाशित: २०८३ भदौ १८ गते बिहिबार ०७:०२
प्रतिक्रिया

थप समाचार

बाढीमा हराएका व्यक्तिका परिवारको ‘डीएनए’ परीक्षण प्रतिवेदन कहिले आउँछ ?

काठमाडौँ: प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरूले भोटेकोशी बाढीमा हराएका व्यक्तिका परिवारको ‘डीएनए’ परीक्षणको प्रतिवेदन छिटो आउनुपर्नेलगायत विपद्जन्य घटनामा उद्धार र खोजीमा ध्यान...

आकाशियो मूल्य: चिनीदेखि दालचामल, फलफूलदेखि हरियो तरकारीसम्म महँगिए

काठमाडौँ: एकातर्फ सुस्त अर्थतन्त्रको सामाना मुलुकले गरिरहनु परेको वेला महँगीको मार सर्वसाधारणको भान्सासम्म पुगेको छ। बजारमा अधिकांश खाद्य सामग्री, तरकारी, फलफूल एवं अन्य कृषि उपजको मूल्य...

बेचबिखनमा आफन्तै संलग्न, उजुरी दिन डराउँछन् पीडित

मानव बेचबिखन तथा ओसारपसार घटनाका अधिकांश दोषी आफन्त नै हुने गरेका छन्। आफन्त भएकै कारण पीडित पक्षले उजुरी दिँदैनन्। जसले गर्दा मानव बेचबिखनका आरोपीमाथि अनुसन्धान र मुद्दा दर्ता गर्न समस्या...

एउटै समरसेवल पम्पको भरमा दुई सय परिवार, खेतमा खडेरी

घरको आगँनमै भएको चापाकलमा पानी नआउँदा सिरहाको गोलबजार नगरपालिका–१२ बेतौनी–हरिहरपुरका स्थानीयले खानेपानीको संकट भोग्नुपरेको छ। करिब २ सय घर परिवार पानी भर्न छिमेकीको समरसेवल (सबमर्सिबल पम्प)मा...

वार्षिक ६५ लाखको माछा बिक्री, १५ लाख बचत

कैलाली: कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेल ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन्। कृषि क्षेत्रमा केही नयाँ गर्ने सोचका साथ माछापालन व्यवसाय सुरु गरेका उनका लागि अहिले...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना