२०८३ कार्तिक १५ गते शनिवार

आफ्नाहरूको बाटो हेर्दै परिवार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १८
flood

बागलुङ। भोटेकोशी बाढीको प्रभाव कहर रसुवा र नुवाकोटमा मात्रै सीमित रहेन। यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि जिल्लाका १६ जना अझै सम्पर्कविहीन छन्। कामको सिलसिलामा भोटेकोशीमा गएकामध्ये बाढीपछि हराइरहेका आफन्तको आशमा परिवार बाटो हेर्दै पर्खिरहेका छन्।

बाढीमा परेर सम्पर्कविहीन भएका १६ जनामध्ये अधिकांश परिवारिक आर्थिक अवस्था कमजोर छ। रसुवाको त्रिशूली हाइड्रोपावर, हाकुबेँसीमा काम गर्न गएका तमानखोला गाउँपालिकाका नौ, ढोरपाटन नगरपालिकाका दुई, गलकोट नगरपालिकाका एक र नुवाकोटको त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनामा काम गर्दै आएका बागलुङ नगरपालिकाका दुई जना इन्जिनियर र दुई बालबालिका गरी १६ जना बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले जानकारी दिए।

तमानखोला गाउँपालिका-३ का वडाध्यक्ष झकबहादुर बुढाका अनुसार बाढीमा बेपत्ता भएका वडाका ५० वर्षीय दलप्रसाद बुढा र सञ्जय श्रीपालीमाथि परिवार पूर्ण रूपमा आश्रित थियो। दलप्रसादका नौ वर्षीय एक छोरा, एक छोरी र श्रीमती, २२ वर्षीय सञ्जयका आमाबाबा र भाइबहिनी उनीहरूमाथि आश्रित थिए। अहिले उनीहरूका परिवार बाटो कुरेर बसिरहेका वडाध्यक्षले बताए।

वडाध्यक्ष बुढा दलप्रसाद र सञ्जयको उद्धारका लागि बाढी प्रभावित क्षेत्रमा छन्। गाउँपालिकाका अध्यक्ष जोकलाल बुढासहित आफ्ना नागरिकको उद्धारका लागि रसुवा पुगेका वडाध्यक्ष झकबहादुरले आठौँँ दिनसम्म पनि खोजी जारी रहेको भन्दै सकुशल भेटिने आशा झिनो बन्दै गएको बताए।

‘आफन्त हराएकाले बाटो हेरिरहनुभएको छ, बाढीमा हराएकाहरू सकुशल भेटिने आशा अझै छ’, वडाध्यक्ष झकबहादुरले भने, ‘बाढीपछि बेत्तिा भएकाहरूका परिवार सम्झेर झनै चिन्तित हुन्छौँ। सबैको आर्थिक अवस्था कमजोर छ, सबैजना परिवार पाल्नकै लागि हाइड्रोपावरमा मजदुरी गर्न रसुवा पुग्नुभएको थियो। बिहान-बेलुका छाक टार्न गाह्रो रहेको परिवारलाई कसरी व्यवस्थापन गर्ने चुनौती देखिएको छ।’

तमानखोला-२ बोङ्खानीका भीमबहादुर छन्त्याल र खड्कबहादुर छन्त्यालको परिवारिक अवस्था पनि उस्तै छ। श्रीमती, अपाङ्गता भएका बाबाआमा, छोरा, भाइबहिनीसहित ठूलो परिवार आश्रित रहेका ३७ वर्षीय भीमबहादुर बेपत्ता भएपछि परिवारमा बज्रपात परेको छ। त्यस्तै, ५२ वर्षीय खड्कबहादुको भरमा वृद्ध बाबाआमा, श्रीमती र छोराछोरीसहित परिवार चल्दै आएको तमानखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित परियारले बताए।

तमानखोलाको वडा नम्बर १ का मात्र तीन जना बाढीमा परेर बेपत्ता भएका छन्। करिब ३७ वर्षीय पदमबहादुर घर्ती मगर, ३२ वर्षीय इन्द्रकुमार विक र २२ वर्षीय विष्णु घर्तिमगर बेपत्ता छन्। पदमका श्रीमती १३ र सात वर्षका छोराछोरी छन्। इन्द्रका श्रीमतीसहित ११ र आठ वर्षका छोराछोरी र विष्णुका श्रीमती, छोरा, बाबाआमा र दाजु पनि उहाँमै आश्रित रहेको प्रशासकीय अधिकृत परियारले बताए।

वडा नम्बर ४ का ५८ वर्षीय लाता कामीका स-साना दुई छोराछोरी र शारीरिक रूपमा कमजोर रहेकी श्रीमती छन्। सोही वडाका भीमबहादुर विकका श्रीमती, तीन सन्तान, आमासहित भाइको परिवार समेत उनमा आश्रित रहेको वडाध्यक्ष छप्रसाद श्रीपालीले बताए। आश्रित परिवारले अझै बेपत्ताको बाटो कुरिरहेका छन्।

ढोरपाटन नगरपालिका-४ का बेजेन्द्र घर्तीको पनि आर्थिक अवस्था कमजोर रहेको वडाध्यक्ष तिलक पुनले बताए। आर्थिक अवस्था कमजोर रहेका २३ वर्षीय घर्ती परिवार पाल्नकै लागि हाइड्रोपावरमा मजदुरी गर्न रसुवा पुगेका उनकाे भनाइ छ। ढोरपाटन-९ का २० वर्षीय तुलबहादुर सुनारको पनि परिवारको अवस्था उस्तै छ।

एक हप्ता पहिलेमात्र मजदुरी गर्न रसुवाको अपर त्रिशूली हाइड्रोपावर पुगेका गलकोट नगरपालिका-२ का २७ वर्षीय रमेश सुनार बाढीमा परेर बेपत्ता भएपछि परिवार शोकमा डुबेको छ। आर्थिक अवस्था निकै कमजोर रहेको रमेशको परिवारमा वृद्ध बाबाआमा, श्रीमती, दुई छोराछोरी र भाइ हुन्।

मजदुरी गरेर परिवार पाल्दै आएका रमेश बेपत्ता भएपछि परिवार आत्तिएको वडाध्यक्ष हिमबहादुर भण्डारीले बताए। ‘बाढीमा बेपत्ता भएको सात दिन बितिसक्यो, सकुशल भेटिने आशा मारेका छैनौँ,’ वडाध्यक्ष भण्डारीले भने, ‘हामीले सोचेजस्तो रमेश सकुशल नभेटिए परिवारको विचल्ली हुन्छ।’

बागलुङ नगरपालिका-९ तित्याङ्को एकै परिवारका चार जना बाढीमा बेपत्ता हुँदा परिवार शोकमा डुबेको छ। इन्जिनियर ३३ वर्षीय राजेश शर्मा पौडेल उनका श्रीमती इन्जिनियर ३१ वर्षीय प्रमिला पाठक र दुई छोराछोरी चार वर्षका आदित्य शर्मा पौडेल र आदिती शर्मा पौडेल बेपत्ता छन्।

प्रकाशित: २०८३ भदौ १८ गते बिहिबार ०७:०२
प्रतिक्रिया

थप समाचार

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना