२०८३ कार्तिक १५ गते शनिवार

भोटेकोशी बाढीपहिरोबाट ३ खर्ब ८७ अर्ब क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १८
photo-3

काठमाडौं। भोटेकोशी तथा त्रिशूलीमा विनासकारी बाढीका कारण विभिन्न क्षेत्रमा ठूलो धनजनको क्षति भएको छ। प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्षेत्रगत क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले भवन, सडक, कृषि, पशुपन्छी, बैंक तथा दूरसञ्चारलगायत क्षेत्रमा भएको प्रारम्भिक मूल्यांकनबाट उक्त क्षति देखिएको जानकारी दिए।

उनका अनुसार आगामी चार महिनाको प्रारम्भिक पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ।

उनले भने, ‘हामीले अर्ली रिकभरीअन्तर्गत अबको चार महिनासम्म भवन निर्माण, बस्ती तथा बसोबास, पुल निर्माण, स्वास्थ्य तथा पोषण, शिक्षा, कृषि तथा पशुपन्छी, ऊर्जा तथा दूरसञ्चारलगायत सबै क्षेत्रमा कति खर्च लाग्छ भनेर अध्ययन गरेका थियौँ। प्रारम्भिक अनुमानअनुसार चार महिनाभित्रको अर्ली रिकभरीका लागि ७ अर्ब ९५ करोड रुपैयाँ बराबरको आवश्यकता देखिएको छ।’

प्राधिकरणले उत्तरी चीन सीमा क्षेत्रबाट ११३ जना नेपाली र एक जना चिनियाँ नागरिक गरी ११४ जनाको सकुशल उद्धार गरिएको जनाएको छ। त्यस्तै, अर्को स्थानमा सकुशल रहेका कम्तीमा २० जनाको समेत उद्धार गरिएको उप्रेतीले बताए।

उनले भने, ‘हाम्रो उत्तरी क्षेत्र, चीन सीमा क्षेत्रबाट उद्धार भएर ११३ जना नेपाली र एक जना चिनियाँ नागरिक गरी जम्मा ११४ जना सकुशल उद्धार भई आज काठमाडौं फर्किँदै हुनुहुन्छ। त्यो हाम्रो लागि एकदमै सुखद समाचार हो। साथै, कम्तीमा २० जना मानिस पनि अर्को ठाउँमा सकुशल बसिराखेको अवस्थाबाट हामीले उद्धार गरिसकेको अवस्था छ।’

खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको भन्दै उप्रेतीले दैनिक १० देखि १२ वटा हेलिकप्टरमार्फत खोज, उद्धार तथा शव संकलनको काम भइरहेको जानकारी दिए। टनेलमा फसेकाहरूको उद्धारका लागि समेत अपरेसन जारी रहेको उनले बताए।

उनले भने, ‘ग्राउन्डमा अहिले टनेलको बारेमा धेरै प्रश्न आइरहेको अवस्थामा हामीले टनेलको अपरेसनलाई पनि निरन्तरता दिएका छौँ। अझै पनि जीवितै उद्धार होस् भन्ने आशा र कामना गर्दछौँ। हेलिकप्टरमार्फत गरिने उद्धार पनि जारी नै राखेका छौँ। प्रत्येक दिन १०–१२ वटा हेलिकप्टर उडानमार्फत खोज, उद्धार तथा शव संकलन कार्य अगाडि बढिरहेको छ।’

प्राधिकरणका अनुसार काठमाडौंंबाट विभिन्न २१ वटा तथा थपिएका शिविरमा खाद्य तथा राहत सामग्री ढुवानी भइरहेको छ। भौगोलिक कठिनाइका कारण कतिपय प्रभावित क्षेत्रमा राहत सामग्री पुग्न नसकेको गुनासो सम्बोधन गर्न काम भइरहेको प्राधिकरणले जनाएको छ।

प्रारम्भिक क्षतिको तथ्याङ्कलाई थप विस्तृत क्षति मूल्याङ्कन तथा विपद्पछिको आवश्यकता मूल्याङ्कन मार्फत थप स्पष्ट पारिने उप्रेतीले बताए।

प्रकाशित: २०८३ भदौ १८ गते बिहिबार ०८:४१
प्रतिक्रिया

थप समाचार

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना