२०८३ कार्तिक १५ गते शनिवार

भोटेकोशी बाढीपछि रसुवाका अधिकांश क्षेत्रमा विद्युत् सेवा सुचारु

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १९
bijuli

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त विद्युत् पूर्वाधारको पुनःस्थापना तथा प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति नियमित गर्ने काम तीव्र पारिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बाढी प्रभावित रसुवाका अधिकांश स्थानीय तहमा विद्युत् सेवा सुचारु भइसकेको छ। नौकुण्ड, कालिका, गोसाइँकुण्ड, उत्तरगया र आमाछोदिङ्मो गाउँपालिकाका अधिकांश क्षेत्रमा विद्युत् सेवा सञ्चालनमा आएको मन्त्रालयले जनाएको छ।

बाँकी क्षेत्रमा पनि मर्मत तथा पुनःस्थापना कार्य तीव्र रूपमा भइरहेको तथा वैकल्पिक व्यवस्थामार्फत विद्युत् सेवा विस्तार गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ।

यस्तै, नुवाकोटको किस्पाङ गाउँपालिकामा अवरुद्ध विद्युत् सेवा आवश्यक स्रोत, साधन र जनशक्ति परिचालन गरी मर्मत तथा पुनःस्थापना सम्पन्न गरेर पुनः सञ्चालनमा ल्याइएको छ।

मन्त्रालयका अनुसार सान्जेनखोला जलविद्युत् आयोजनाबाट विद्युत् प्रवाह सुचारु गर्ने काम भइरहेको छ भने हाकु क्षेत्रमा नयाँ ११ केभी लाइन निर्माण गरी विद्युत् सेवा विस्तार गर्ने तयारी गरिएको छ। बाढीबाट क्षतिग्रस्त वितरण तथा प्रसारण संरचनाको पुनर्निर्माणका लागि नयाँ पोल, लाइन तथा अन्य पूर्वाधार निर्माण र जडानको काम पनि भइरहेको छ।

यसैबीच, बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको खोज तथा उद्धार कार्य जारी छ। नेपाली सेना, भारतीय सेना, कोरियन विज्ञ तथा सम्बन्धित आयोजनाका इन्जिनियर सम्मिलित संयुक्त टोलीले सुरुङभित्र रेकी, ब्लास्टिङ, होल निर्माण तथा लेदो हटाउने काम गरिरहेको मन्त्रालयले जनाएको छ।

क्षतिग्रस्त तथा अवरुद्ध सुरुङ खोल्न विभिन्न उपकरण प्रयोग गरी उद्धार अभियानलाई तीव्रता दिइएको छ।

मन्त्रालयका अनुसार उद्धार अभियानको पछिल्लो अवस्थाबारे नेपाली सेनाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री र पूर्वाधार विकास मन्त्रीलाई ब्रिफिङसमेत गरेको छ । सो क्रममा मन्त्रीद्वयले आगामी उद्धार रणनीति तथा सुरुङमा फसेकाहरूको खोज तथा उद्धारको प्रगतिबारे जानकारी लिएका थिए।

यस्तै, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले नुवाकोटको विदुरबाट संस्थागत तथा २० वाट पिक क्षमताका घरेलु सौर्य विद्युत् प्रणाली प्रभावित क्षेत्रमा ढुवानी तथा जडान गर्ने काम गरिरहेको छ।

बाढी प्रभावित क्षेत्रमा सौर्य ऊर्जा प्रणाली तथा प्राविधिक जनशक्तिको परिचालनका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नेपाल सौर्य विद्युत् उत्पादक संघबीच पनि समन्वय भएको छ। संघले नेपालमा उपलब्ध सौर्य ऊर्जा प्रणालीका विभिन्न प्रविधि तथा प्राविधिक जनशक्तिको विस्तृत विवरण केन्द्रलाई उपलब्ध गराउने निर्णय गरेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २०८३ भदौ १९ गते शुक्रबार ०८:२०
प्रतिक्रिया

थप समाचार

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

कर्णाली करिडोर चार लेन बनाउने: ३७ अर्ब लाग्ने, पाँच वर्षमा काम सक्ने

खुलालुदेखि हिल्सासम्मको सडकलाई स्तरोन्नति गर्ने योजनाअन्तर्गत २४६ किलोमिटर सडक चार लेनको कालोपत्रे बनाउने प्रस्ताव गरिएको सडक विभागले जनाएको छ। यसका लागि ३६ अर्ब ९० करोड रुपैयाँ लागत अनुमान...

कहिले सकिन्छ साँगा–धुलिखेल सडकको निर्माण?

काभ्रेपलाञ्चोक: अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडक निर्माणलाई तीव्रता दिइएको छ। थपिएको एक वर्षको समयसीमाभित्र सम्पूर्ण सडक बिस्तार नसकिएपछि मुख्यमुख्य काम सक्नेगरी...

जनकपुरधाम–अयोध्या रेल अन्तिम चरणमा, बालेन र मोदीले उद्घाटन गर्ने

जनकपुरधाम: जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भम्रणको क्रममा दुवै देशका प्रधानमन्त्रीले...

नागढुङ्गा सुरुङमार्ग प्रयोग गरे शुल्क लाग्ने, कुन गाडीलाई कति दस्तुर?

काठमाडौँ: नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले आगामी कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गर्ने भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना