२०८३ भदौ ३० गते मङ्गलबार

नेपालमा विदेशी लगानीको वातावरण नभएको भन्दै एनसेलका सीईओले दिए राजिनामा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १९
michle foley

काठमाडौँ: एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोलेले राजीनामा दिएका छन्। नियुक्ति लिएको १ वर्ष पनि नपुग्दै नेपालमा काम गर्न गाह्रो भएको र विदेशी लगानीको वातावरण नरहेको भन्दै उनले राजीनामा दिएका हुन्।

स्रोतका अनुसार सरकारसँग एनसेलको विवाद, कम्पनीको २५ वर्षे अनुमतिपत्रसम्बन्धी प्रावधान तथा पछिल्लो समय कम्पनीका पदाधिकारी र विदेशी लगानीकर्तासमेत विभिन्न मुद्दामामिलामा तानिनेजस्ता विषयले फोलेको मनोबलमा असर पारेको थियो।

फोको राजीनामा भदौ ९ गतेदेखि लागू हुनेगरी स्वीकृत भएको हो। नयाँ सीईओ नियुक्त नभएसम्मका लागि एनसेल सञ्चालक समितिले कम्पनीका प्रमुख कर्पोरेट तथा नियामकीय मामिला अधिकृत दिलीप राम श्रेष्ठलाई नयाँ सीईओ नियुक्त नभएसम्मका लागि अन्तरिम प्रमुखको जिम्मेवारी दिएको छ।

फोलेले आफ्नो कार्यकालमा नेपालमा उच्चगतिको फाइभजी सेवा विस्तार, घरघरमा फाइबरमार्फत इन्टरनेट सेवा पुर्‍याउने तथा डेटा सेन्टरलगायत पूर्वाधार विकासका योजनामा काम अघि बढाएका थिए।

उनले सार्वजनिक रूपमा नै सरकारले सहजीकरण गरे एनसेलले नेपालमा करिब २५ करोड अमेरिकी डलर थप लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। तर, लगानीका लागि आवश्यक नीतिगत तथा कानुनी वातावरण सहज नभएको निष्कर्षपछि उनले पदबाट बाहिरिने निर्णय गरेको बताइएको छ।

फोलेले करिब १० महिनाअघि एनसेल नेतृत्व सम्हाले। उनले २५ वर्षे अनुमतिपत्रको प्रावधान विदेशी लगानीका लागि पर्याप्त लगानीमैत्री नभएको तथा सरकारका कतिपय निर्णय कानुनसम्मत नरहेको धारणा राख्दै आएका थिए।

एनसेलले सरकारलाई कम्पनीको सम्पत्ति तथा लगानीसम्बन्धी विषयमा भएका निर्णय पुनरावलोकन गर्न आग्रह गर्दै आएको छ।

हालैमात्र पनि एनसेललाई राष्ट्रियकरण गर्ने उद्देश्यले नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई पत्र काटेको छ। प्राधिकरणको पत्र एनसेललाई आउनु र फोलेको राजिनामा लगभग उही समयमा भएको छ। प्राधिकरणले पत्रमा पूर्वस्वीकृतिबिना अब एनसेलले आफ्ना सम्पत्ति बिक्री, हस्तान्तरण वा धितो राख्न नपाउने बताएको छ।

एनसेलको लाइसेन्सको म्याद ३ वर्ष मात्र बाँकी रहेकाले अब एनसेलले प्राधिकरणको अनुमतिबिना आफ्ना जग्गा, भवन, उपकरण, बीटीएस टावर वा अन्य कुनै पनि भौतिक तथा प्राविधिक संरचना कसैलाई बिक्री गर्न वा बैंकमा धितो राखेर थप ऋण लिन नपाउने अवस्था छ।

‘अवधि समाप्त भएपछि पनि सेवा निरन्तर सञ्चालनको लागि कम्पनी आफ्नो विदेशी लगानीको शेयरमा फेरबदल गर्न तयार रहेको, त्यसो गर्दा ईच्छुक नेपाली नागरिक र संघ संस्थालाई शेयर दिन तयार रहेको बताउँदै थियो। तर सरकारले भुतप्रभावी नियम र व्यवस्था बनाई जबरजस्ती कानुन विपरीत एनसेललाई राष्ट्रियकरण गर्न लागेको छ,’ स्रोतले भन्यो, ‘सरकारको यो कार्य दूरसञ्चार ऐनकै मर्म विपरीत रहेको छ। त्यसैगरी विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, नेपालको संविधान, नेपालले गरेका विदेशी संन्धि सम्झौता विपरित पनि रहेको छ।’

प्रकाशित: २०८३ भदौ १९ गते शुक्रबार ०१:०१
प्रतिक्रिया

थप समाचार

सामाजिक सञ्जालमा अफवाह फैलाउनेहरु निगरानीमा, १० सदस्यीय समिति गठन

रुपन्देही: बाढीपछि उत्पन्न विपद्को समयमा सामाजिक सञ्जालमार्फत अफवाह, गलत सूचना तथा सामाजिक सहिष्णुतामा आघात पु-याउने गतिविधिविरुद्ध नेपाल प्रहरीले निगरानी बढाएको छ। नेपाल प्रहरीले सामाजिक...

स्मार्ट टेलिकमक प्रकरण: एनआईएमबी अध्यक्ष पाँडे ४० लाख धरौटीमा रिहा

काठमाडौँ: नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई काठमाडौं जिल्ला अदालतले ४० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा...

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

काठमाडौं। मोबाइल सेवाप्रदायक एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै आएको निःशुल्क सेवाको अवधि पुनः ७ दिन थप गर्ने घोषणा गरेको छ। सहज सञ्चार, खोज, उद्धार...

साइबर ठगीविरुद्ध व्हाट्सएपको नयाँ कदम, थपियो उन्नत सुरक्षा सुविधा

काठमाडौं। व्हाट्सएपले प्रयोगकर्ताको अकाउन्ट ह्याक हुने जोखिम कम गर्न नयाँ सुरक्षा सुविधाहरू सार्वजनिक गरेको छ। कम्पनीले अकाउन्ट टेकओभर, फिसिङ र अन्य अनलाइन ठगीबाट जोगाउन थप बलियो सुरक्षा...

एप्पलले बनायो फोल्ड गर्न मिल्ने आइफोन-१८, आउँदो साता सार्वजनिक गर्ने

काठमाडौं।अमेरिकाको प्रविधि कम्पनी एप्पल इंकले यही सेप्टेम्बर ९ मा वार्षिक विशेष कार्यक्रम आयोजना गर्दै आइफोन १८ शृंखला सार्वजनिक गर्ने भएको छ। कम्पनीले उक्त मिति आधिकारिक रूपमा घोषणा गरिसकेको...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना