२०८३ कार्तिक १५ गते शनिवार

बाढीपछि पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा कटान, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १९
default
तस्बिर : प्रकाश चन्द तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी

काठमाडौँ: रसुवामा आएको बाढीपछि त्रिशूली नदीले कटान गरेका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक भासिएर यातायात प्रभावित छ।

संघीय राजधानी काठमाडौँलाई पश्चिम क्षेत्रसँग जोड्ने पृथ्वी राजमार्गमा आवातजावत नै प्रभावित हुने गरेर त्रिशूलीले कटान गरेको छ।

नागढुङ्गा–मुग्लिङ सडक आयोजना पूर्वी खण्डका इन्जिनियर राजीव मानन्धरका अनुसार मलेखुभन्दा अगाडि कृष्णभीरमा करिब १ सय २० मिटर सडक बाढीले कटान गरेपछि पहिरो खसेर भासिएको छ।

मलेखुबाट काठमाडौँतर्फ करिब एक किलोमिटरको दूरीमा पर्ने परेवाभीरमा करिब एक सय मिटर सडक कटान गरेको छ।

परेवाभीरमा सडक विभागले भित्तातर्फबाट करिब एक सय मिटर वैकल्पिक सडक निर्माण गरी ग्राभेलिङ तथा मर्मतको काम अघि बढाएको छ।  मर्मत सम्पन्न भएपछि ठूला मालवाहक सवारीसमेत सञ्चालन गर्ने लक्ष्य रहेको इन्जिनियर मानन्धरले बताए।

यसैगरी छहरे–चालिसे क्षेत्रमा करिब ४० मिटर सडक कटान हुँदा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।  नागढुङ्गा चेकपोस्टबाट करिब ५ सयमिटर टाढा पनि करिब ८० मिटर सडक पहिरो गएपछि एक लेनबाट यातायात सञ्चालन भइरहेको छ।

पृथ्वी राजमार्गको अवस्था जोखिमपूर्ण रहेकाले सडक विभागले यात्रु तथा मालवाहक सवारीका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।  ठूला मालवाहक सवारीका लागि बीपी राजमार्ग, कान्ति लोकपथ र त्रिभुवन राजपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने विभागले जनाएको छ।  हेटौँडा–फर्पिङ हुँदै काठमाडौं आउने साना सवारीका लागि पनि वैकल्पिक मार्ग तोकिएको छ।

यसैबीच, फिस्लिङ क्षेत्रमा रोकिएका यात्रुका लागि ज्यामिरेघाट पुल हुँदै गोरखाको सिउरेनीटार–घ्याल्चोकबाट बेनीघाट पुल निस्कने वैकल्पिक मार्गसमेत प्रयोग गर्न सकिने छ। परेवाटारको सडक मर्मत सकेर १२ चक्केसम्मका मालवाहक सवारी सञ्चालन गर्ने तयारी छ।

 

प्रकाशित: २०८३ भदौ १९ गते शुक्रबार ०१:५६
प्रतिक्रिया

थप समाचार

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

कर्णाली करिडोर चार लेन बनाउने: ३७ अर्ब लाग्ने, पाँच वर्षमा काम सक्ने

खुलालुदेखि हिल्सासम्मको सडकलाई स्तरोन्नति गर्ने योजनाअन्तर्गत २४६ किलोमिटर सडक चार लेनको कालोपत्रे बनाउने प्रस्ताव गरिएको सडक विभागले जनाएको छ। यसका लागि ३६ अर्ब ९० करोड रुपैयाँ लागत अनुमान...

कहिले सकिन्छ साँगा–धुलिखेल सडकको निर्माण?

काभ्रेपलाञ्चोक: अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडक निर्माणलाई तीव्रता दिइएको छ। थपिएको एक वर्षको समयसीमाभित्र सम्पूर्ण सडक बिस्तार नसकिएपछि मुख्यमुख्य काम सक्नेगरी...

जनकपुरधाम–अयोध्या रेल अन्तिम चरणमा, बालेन र मोदीले उद्घाटन गर्ने

जनकपुरधाम: जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भम्रणको क्रममा दुवै देशका प्रधानमन्त्रीले...

नागढुङ्गा सुरुङमार्ग प्रयोग गरे शुल्क लाग्ने, कुन गाडीलाई कति दस्तुर?

काठमाडौँ: नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले आगामी कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गर्ने भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना