२०८३ कार्तिक १५ गते शनिवार

भोटेकोशी बाढीको ११ औं दिनः १३४४ शव फेला, अझै पाँच हजार बेपत्ता

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २०
flood_dhading_baireni (25)

काठमाडौं। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा खोज तथा उद्धार कार्य आज ११ औं दिन पनि तीव्र रूपमा जारी छ।

परराष्ट्र मन्त्रालयले शनिबार दिउँसो २ बजेसम्मको अवस्थाबारे जारी गरेको पछिल्लो विवरण अनुसार बाढीका कारण हालसम्म १३ सय ४४ जनाको शव फेला परेको छ। यस्तै ५ हजार नागरिक अझै बेपत्ता छन्।

बेपत्ता हुनेमा ३५ देशका करिब ६०० विदेशी नागरिकसमेत छन्। मन्त्रालयका अनुसार विपद्पछि हालसम्म ३०० भन्दा बढी विदेशीसहित कुल १३ हजार ९८ जनाको जीवितै उद्धार गरिएको छ।

पछिल्लो २४ घण्टामा मात्रै ४ जनालाई जीवितै उद्धार गर्न सफलता मिलेको छ। जसमा माथिल्लो त्रिशूली ३ ‘ए’ को सुरुङबाट २ नेपाली, माथिल्लो त्रिशूली १ बाट १ चिनियाँ नागरिक र बेत्रावतीस्थित एक घरबाट १ नेपाली नागरिक रहेका छन्।

यस्तै, त्रिशूली ३ ‘ए’ को सुरुङबाट शुक्रबार थप एक जनाको शव निकालिएको छ। अन्तर्राष्ट्रिय उद्धार टोली र प्राविधिक परिचालनमाथिल्लो त्रिशूली १, माथिल्लो त्रिशूली ३ ‘ए’, ३ ‘बी’, यु २१६ हाकु, चिलिमे तथा लाङटाङ लगायतका क्षतिग्रस्त जलविद्युत् आयोजनाका सुरुङमा नेपाली सेनाको समन्वयमा भारत, चीन र दक्षिण कोरियाका विशेष सुरुङ उद्धार टोलीहरू परिचालित छन्।

खोज कार्यलाई प्रभावकारी बनाउन छिमेकी तथा मित्रराष्ट्रहरूबाट प्राप्त अत्याधुनिक उपकरण, ड्रोन र लोड क्यारियरहरूको प्रयोग भइरहेको छ।यसैबीच, अस्ट्रेलियाको १५ सदस्यीय ‘डार्ट’ टोली शुक्रबार र मलेसियाको ११ सदस्यीय ‘स्मार्ट’ टोली शनिबार बिहान काठमाडौं आइपुगेर कार्यक्षेत्रमा खटिएका छन्।

हालसम्म २४ वटा उडानमार्फत विभिन्न देश तथा अन्तर्राष्ट्रिय नियोगहरूबाट राहत सामग्री तथा उद्धार टोली नेपाल भित्रिइसकेका छन्। उच्चस्तरीय कूटनीतिक ऐक्यबद्धताविपद्को यस घडीमा प्रधानमन्त्री बालेन्द्र शाह र परराष्ट्रमन्त्री शिशिर खनालसँग विभिन्न मुलुकका समकक्षी तथा विशिष्ट विदेशी कूटनीतिज्ञहरूले टेलिफोन संवाद गरी समवेदना तथा सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन्।

यसै सन्दर्भमा दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन शनिबार साँझ काठमाडौं आइपुग्दै छन्। नेपालले खोज, उद्धार तथा राहत कार्यका लागि अन्तर्राष्ट्रिय समुदायसँग उच्च क्षमतायुक्त ड्रोन, एलआईडिएआर, बेलीब्रिज, महामारी नियन्त्रण सामग्री, डीएनए परीक्षण किट, शव संकलन ब्याग, ग्राउन्ड पेनेट्रेटिङ रडार, मोबाइल एयर ट्राफिक कन्ट्रोल प्रणालीलगायतका प्राविधिक सामग्री सहयोगका लागि थप अनुरोध गरेको छ।

मन्त्रालयका अनुसार गल्छी–त्रिशूली सडक सञ्चालनमा ल्याउन नेपाली सेनाको इन्जिनियरिङ टोलीले तादी खोलामा अस्थायी पुल निर्माणको काम अघि बढाएको छ। स्थानीय आवतजावत सहज बनाउन त्रिशूली इन्द्रेणीघाट र देवीघाटमा दुईवटा तुइन सञ्चालनमा ल्याइएको छ।

चीनको केरुङ क्षेत्रमा रहेका नेपालीमध्ये १५५ जना शुक्रबार तातोपानी नाका हुँदै स्वदेश फर्किएका छन् भने थप १२७ जना शनिबार सोही नाकाबाट फर्कने क्रममा छन्।

प्रकाशित: २०८३ भदौ २० गते शनिवार ०६:१९
प्रतिक्रिया

थप समाचार

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना