२०८३ भदौ ३० गते मङ्गलबार

बाढी प्रभावित क्षेत्रमा करिब २० हेलिकोप्टर उडान, प्रतिकूल मौसम र विकट भूगोल चुनौति

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २०
heli

काठमाडौं। विनाशकारी बाढीका कारण क्षतिग्रस्त रसुवा र नुवाकोट क्षेत्रमा नेपाली सेना र विभिन्न अन्तर्राष्ट्रिय टोलीले बृहत् मानवीय सहायता तथा विपद् उद्धार (एचएडीआर) अभियान जारी राखेको छ।

बाढीका कारण उर्लिएको तादी नदीमाथि नेपाली सेनाका सैन्य इन्जिनियरिङ टोलीले डोरीको पुल निर्माण गरिरहेका छन्।

राष्ट्रिय सडक सञ्जालबाट सम्पर्कविच्छेद भएका क्षेत्रलाई पुनः सडक सञ्जालसँग जोड्न पुल निर्माण भइरहेको हो।

यससँगै प्रतिकूल मौसमका बीच प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउन र अलपत्र परेका नागरिकको उद्धार गर्न हवाई उद्धार तथा राहत अभियान पनि चौबिसै घण्टा सञ्चालन भइरहेको छ।

नेपालमा उद्धार तथा राहत अभियान तीव्र पारिएको दृश्यसहित नेपाली सेनाले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी सार्वजनिक गरेको छ।

नेपाली सेनाले ‘एक्स’मा गरेको अर्को पोस्टमा अन्य निकायसँगको समन्वयमा नुवाकोट र रसुवा जिल्लाका अत्यधिक प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत वितरणका लागि करिब २० वटा हेलिकोप्टर परिचालन गरिएको जनाएको छ।

प्रतिकूल मौसम, विकट हिमाली भूगोल तथा बाढीका कारण प्रयोग गर्न मिल्ने हेलिप्याडको अभावका बाबजुद हवाई टोलीले निरन्तर राहत सामग्री ढुवानी र उद्धार कार्य गरिरहेका छन्।

सेनाले सार्वजनिक गरेका दृश्यमा साँघुरा हिमाली खोँच हुँदै जोखिमपूर्ण अवस्थामा हेलिकोप्टर सञ्चालन गरी विस्थापित परिवारसम्म पुगिरहेको देखाइएको छ।

भोटेकोशी बाढीपछि विकसित घटनाक्रमबारे नेपाल प्रहरीले पनि ‘एक्स’मार्फत जानकारी सार्वजनिक गरेको छ। प्रहरीले विपद्मा परी मृत्यु हुनेको संख्या १ हजार ३४४ पुगेको जनाएको छ।

यसैबीच, भारतले नेपालमा सञ्चालन भइरहेको एचएडीआर अभियानमा निरन्तर सहयोग गरिरहेको छ।

रसुवा जिल्लामा आएको भीषण बाढी तथा पहिरोपछि चिलिमे सुरुङमा सञ्चालन भइरहेको उद्धार तथा राहत कार्यलाई अघि बढाउन भारतीय सुरुङ उद्धार टोलीले नेपाली सेनासँग समन्वय गर्दै सुरुङभित्र जम्मा भएको पानी निकाल्ने तथा सुरुङको भित्री भागमा थप गहिराइसम्म उत्खनन गर्ने काम गरेको छ।

उक्त संयुक्त प्रयासले सीमापार विपद् प्रतिकार्यका साथै भारतीय प्राविधिक विशेषज्ञ र नेपाली सुरक्षा निकायबीचको प्राविधिक सहकार्यलाई थप बलियो बनाएको छ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले ‘एक्स’मा पोस्ट गर्दै स्थलमै प्राविधिक विशेषज्ञता उपलब्ध गराउनुका साथै आसपासका समुदायलाई मानवीय सहायता प्रदान गर्न भारत प्रतिबद्ध रहेको बताएका छन्।

विशेषज्ञ टोलीले सुरुङभित्र जमेको पानी सफलतापूर्वक निकालेपछि कामदारलाई थप गहिराइसम्म उत्खनन गर्न र जोखिमयुक्त भागलाई सुरक्षित बनाउन सहज भएको छ। भारी मेसिन तथा उच्च क्षमताका उपकरणलाई सुरुङको मुखसम्म पुर्‍याउन इन्जिनियरिङ टोलीले अस्थायी पहुँच मार्गसमेत निर्माण गरिरहेको छ।

प्राविधिक उद्धार तथा निर्माण कार्यसँगै भारतीय टोलीसँग आएका स्वास्थ्यकर्मीले स्थानीय बासिन्दाका लागि स्वास्थ्य शिविरसमेत सञ्चालन गरेका छन्। शिविरमा स्थानीयको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक स्वास्थ्य सामग्रीसमेत वितरण गरिएको छ।

प्रकाशित: २०८३ भदौ २० गते शनिवार ०७:०९
प्रतिक्रिया

थप समाचार

बाढीमा हराएका व्यक्तिका परिवारको ‘डीएनए’ परीक्षण प्रतिवेदन कहिले आउँछ ?

काठमाडौँ: प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरूले भोटेकोशी बाढीमा हराएका व्यक्तिका परिवारको ‘डीएनए’ परीक्षणको प्रतिवेदन छिटो आउनुपर्नेलगायत विपद्जन्य घटनामा उद्धार र खोजीमा ध्यान...

आकाशियो मूल्य: चिनीदेखि दालचामल, फलफूलदेखि हरियो तरकारीसम्म महँगिए

काठमाडौँ: एकातर्फ सुस्त अर्थतन्त्रको सामाना मुलुकले गरिरहनु परेको वेला महँगीको मार सर्वसाधारणको भान्सासम्म पुगेको छ। बजारमा अधिकांश खाद्य सामग्री, तरकारी, फलफूल एवं अन्य कृषि उपजको मूल्य...

बेचबिखनमा आफन्तै संलग्न, उजुरी दिन डराउँछन् पीडित

मानव बेचबिखन तथा ओसारपसार घटनाका अधिकांश दोषी आफन्त नै हुने गरेका छन्। आफन्त भएकै कारण पीडित पक्षले उजुरी दिँदैनन्। जसले गर्दा मानव बेचबिखनका आरोपीमाथि अनुसन्धान र मुद्दा दर्ता गर्न समस्या...

एउटै समरसेवल पम्पको भरमा दुई सय परिवार, खेतमा खडेरी

घरको आगँनमै भएको चापाकलमा पानी नआउँदा सिरहाको गोलबजार नगरपालिका–१२ बेतौनी–हरिहरपुरका स्थानीयले खानेपानीको संकट भोग्नुपरेको छ। करिब २ सय घर परिवार पानी भर्न छिमेकीको समरसेवल (सबमर्सिबल पम्प)मा...

वार्षिक ६५ लाखको माछा बिक्री, १५ लाख बचत

कैलाली: कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेल ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन्। कृषि क्षेत्रमा केही नयाँ गर्ने सोचका साथ माछापालन व्यवसाय सुरु गरेका उनका लागि अहिले...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना