२०८३ कार्तिक १३ गते बिहिबार

बहसमा सेनाको संख्या कटौती, बचाउमा रक्षामन्त्री

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ११
purna_bahadur_khadka
फाइल तस्बिर

काठमाडौँ- उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय परिवेशका आधारमा नेपाली सेनाको सङ्ख्या निर्धारण हुने भएकाले सङ्ख्यालाई निरपेक्षरूपमा हेरिनु नहुने बताएका छन्। सरकारद्वारा आव २०८०/८१ का लागि प्रस्तुत बजेट तथा कार्यक्रम, सेनाको संख्या कटौतीलगायतका विषयमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।

संविधान र कानुनले सुम्पिएको तथा सरकारद्वारा समयसमयमा तोकिएका जिम्मेवारी एवं अन्तर्राष्ट्रिय शान्ति स्थापना र मुलुकको भौगोलिक अवस्था तथा विकटताका आधारमा सङ्ख्या तय हुने उनको भनाइ छ। ‘सेनाको सङ्ख्यालाई मुलुकको भौगोलिक अवस्थिति, अन्तर्राष्ट्रिय सुरक्षा परिवेश, मुलुकको आवश्यकता तथा सेनाले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा निर्वाह गरिरहेको महत्वपूर्ण जिम्मेवारीलाई समेत मध्यनजर गरी विश्लेषण गर्न सान्दर्भिक हुन्छ,’ उनले भने।

सेनाको सङ्ख्या राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा सरकारले निर्धारण गर्ने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै उहाँले सेनालाई मुलुकको आवश्यकताअनुसार सक्षम, सबल र सुदृढ गरिँदै लगिने उनको भनाइ छ। सेना संविधानप्रदत्त जिम्मेवारी पूरा गर्न सदैव सजग, सचेत र तत्पर रहेको जिकिर गर्दै उपप्रधानमन्त्री खड्काले विश्वको बद्लिँदो सुरक्षा परिवेशमा प्रत्येक राष्ट्रले आआफ्नै किसिमका सुरक्षा चुनौती तथा खतराको सामना गर्नुपरेको उल्लेख गरे।

बाह्य आक्रमण, आन्तरिक द्वन्द्व, आतङ्कवाद, आर्थिक सङ्कट, महामारीलगायतका सुरक्षा चुनौतीले मानव जीवनमा कठिनाइ निम्त्याइरहेको बताउँदै मन्त्री खड्काले जलवायु परिवर्तन र त्यसबाट सिर्जित प्राकृतिक विपत्ति र महामारीको प्रकोपका कारण पनि सुरक्षा चुनौती थपिँदै गएको धारणा राखे।

‘सबै प्रकारका सुरक्षा चुनौतीलाई सम्बोधन गर्नका लागि राष्ट्रिय सुरक्षा नीति स्वीकृत भई सोको कार्यान्वयन कार्ययोजनामार्फत हाल कार्यान्वयनमा रहेको छ,’ उनले भने, ‘राष्ट्रिय सुरक्षा जस्तो संवेदनशील र गहन विषयमा राजनीतिक दल, समाज, समुदाय, सरकारी निकाय र अन्य संस्थाको समान बुझाई तथा साझा धारणा हुन आवश्यक छ। राष्ट्रिय सुरक्षाको सामनाका लागि बृहत्तर राष्ट्रिय दृष्टिकोबाट अगाडि बढ्नु उत्तिकै अपरिहार्य छ।’

सरकारले राष्ट्रिय सुरक्षा, राष्ट्रिय सुरक्षा नीति तथा रणनीति, राष्ट्रको बाह्य एवं आन्तरिक सुरक्षा चुनौती, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षा परिवेशलगायतका समसामयिक विषयवस्तुको नियमित अध्ययन, अध्यापन एवं अनुसन्धान गर्ने शैक्षिक संस्था स्थापना गर्ने हेतुले नीतिगत व्यवस्थासहित राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई अगाडि बढाइएको जानकारी दिएको छ।

काठमाडौँ तराई–मधेस द्रुतमार्ग कोरिडोर
उपप्रधानमन्त्री खड्काले काठमाडौँलाई तराई–मधेससँग छोटो दूरीमा जोड्ने ७२.५ किमी दूरीको द्रुतमार्ग आयोजनालाई १३ वटा प्याकेज बनाई अन्तर्राष्ट्रिय बोलपत्रमार्फत अघि बढाइएको जानकारी दिए।

‘हालसम्म सात प्याकेजको ठेक्का सम्झौता भई निर्माण सञ्चालनमा छ। तीन वटा प्याकेजको बोलपत्र प्रकाशन भई मूल्याङ्कनको चरणमा छ। बाँकी प्याकेज ड्रइङ, डिजाइनको कार्य अघि बढाइएको छ,’ उनले भने। चालु आवको जेठ मसान्तसम्म आयोजनाको भौतिक प्रगति २३.४५ र वित्तीय प्रगति २५.४ छ। आयोजनामा हालसम्म ४४ अर्ब ९० करोड खर्च भइसकेको छ। आव २०८०/८१ का लागि रु २२ अर्ब ५० करोड विनियोजन भएको छ।

उपप्रधानमन्त्री खड्काले देशको आर्थिक, सामाजिक विकासमा दूरगामी प्रभाव पार्ने उक्त आयोजनाको निर्माण कार्य समयमै सम्पन्न गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताएका थिए। सेनाको व्यवस्थापनमा हाल मुलुकका कोसी करिडोरअन्तर्गत खाँदबारी–किमाथांका सडक (च्याम्ताङ–घोङघप्पा खण्ड), बेनीघाट–आरुघाट–लार्केभन्ज्याङ सडक, कर्णाली करिडोर (लालिबगर–दुल्लिकुन्ना र घाटपारीचौर–बद्रीगाउँ–भुक्काखोला खण्ड) सडक, दार्चुला टिङ्कर (तुषारपानी–तिङ्कर खण्ड) सडक निर्माण भइरहेका छन्।

प्राकृतिक संरक्षणमा सेना
सेनाले वन तथा पर्यावरण सुरक्षा, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, हिमाल सफाइ, पुरातात्विक महत्वका संरचनाको सुरक्षा, चुरे संरक्षणलगायतका प्राकृतिक सम्पदाको सुरक्षा तथा संरक्षणको कार्य विगत लामो समयदेखि गर्दै आएको छ।

रक्षामन्त्री खड्काले हाल मुलुकका २० संरक्षित क्षेत्रमध्ये १२ राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष र एक सिकार आरक्षको सुरक्षार्थ आठ युद्ध गण, सात अनाश्रित गुल्म तैनाथ भई करिब १० हजार जनशक्ति परिचालित भएको सदनलाई जानकारी दिए।

सरकारले सेनाले मकवानपुरको भीमफेदी र सुनाचरी तथा काठमाडौँको स्वयम्भू र सुन्दरीजलमा रहेका कारखानाबाट ससाना हातहतियारका एम्युनिशन, गोलीगठ्ठा तथा विष्फोटक पदार्थ उत्पादन गरिरहेको जानकारी दिएको छ।

विपद् व्यवस्थापन
उपप्रधानमन्त्री खड्काले सेनाले प्राकृतिक विपद् तथा अन्य दुर्घटनामा मुख्यकर्ताका रूपमा खोज, उद्धार, राहत वितरण तथा अस्थायी पुनर्वास व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको जानकारी दिए।

सरकारले विपद् व्यवस्थापनको पूर्वतयारीलाई प्रभावकारी तुल्याउँदै खोजी, राहत र उद्धारलाई व्यवस्थित र परिणाममुखी बनाउन सेनाको विपद् व्यवस्थापन क्षमता अभिवृद्धि गर्ने योजनालाई प्राथमिकतामा राखी विभिन्न कार्यक्रम सञ्चालन गरिँदै आइएको जनाएको छ।

बङ्करदेखि ब्यारेक
सेनाका सकलदर्जालाई आधारभूत आवास सुविधा उपलब्ध गराउने उद्देश्यले निर्माण गर्नुपर्ने पाँच हजार आठ सय ५० सरचनामध्ये तीन हजार सात सय २२ भौतिक संरचना निर्माण सम्पन्न भइसकेको छ। उक्त कार्यक्रमका लागि आव २०८०/८१ मा रु एक अर्ब ८० करोड बजेट विनियोजन भएको छ।

यसैबीच सेनाले युवा जनशक्तिलाई अनुशासित, मर्यादित, नैतिकवान, सिर्जनशील, कर्तव्यपरायण बनाई राष्ट्रिय एकता र बफदारिताको भावना जागृत गराउने र राष्ट्रको चौतर्फी विकासमा सहयोग पु¥याउने जनशक्ति निर्माण गर्न युवा विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ। राष्ट्रिय सेवा दलका उक्त कार्यक्रम ७७ वटै जिल्लामा सञ्चालित छ।

रक्षामन्त्री खड्काले सेनालाई आधुनिकीकरण एवं समयसापेक्ष व्यवसायीकरण गर्दै संविधानप्रदत्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्न आवश्यकपर्ने स्रोत र साधनको भरपुर व्यवस्थापन गर्न सरकार प्रतिबद्ध रहेको सदनलाई जानकारी गराए।

प्रकाशित: २०८० असार ११ गते सोमबार ०२:१०
प्रतिक्रिया

थप समाचार

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

सानिमा बैंकको नाफा १३१ प्रतिशतको उछाल, तीन महिनामा १ अर्ब ५ करोड

काठमाडौँः सानिमा बैंकले चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासमा १ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा गत आर्थिक...

नागढुङ्गा सुरुङमार्ग प्रयोग गरे शुल्क लाग्ने, कुन गाडीलाई कति दस्तुर?

काठमाडौँ: नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले आगामी कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गर्ने भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

लक्ष्मी सनराइज बैंकद्वारा ५.२६ प्रतिशत लाभांश घोषणा

काठमाडौँः लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने...

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना