२०८३ कार्तिक १५ गते शनिवार

भोटेकोशीको बाढीले रसुवागढी आयोजनामा व्यापक क्षति, ९३ जना अझै सम्पर्कविहीन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २१
rasuwagadi

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत ९३ जना कर्मचारी तथा कामदारहरू १० दिनदेखि सम्पर्कविहीन भएका छन्। गत भदौ १० गते बिहान करिब ८ः४० बजे आएको आकस्मिक बाढीले आयोजनाको बाँधस्थल, पावरहाउस र कर्मचारी आवासगृहमा ठूलो क्षति पु¥याएपछि उनीहरू बेपत्ता भएका हुन्।

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका अनुसार सम्पर्कविहीन हुनेहरूमा ५१ जना स्थायी कर्मचारी, कम्पनीका सञ्चालक सुनौ औदी तामाङ र उनकी धर्मपत्नी, २ जना दैनिक ज्यालादारी कामदार र ३९ जना ठेकेदारतर्फका जनशक्ति रहेका छन्। बाढीको समयमा आयोजनास्थलमा रहेका केही स्थानीय कर्मचारीहरूले भागेर ज्यान जोगाउन सफल भए पनि अन्य ठूलो संख्याका कर्मचारीहरू सुरक्षित स्थानतर्फ जान नपाउँदै बाढीको चपेटामा परेको प्रारम्भिक अनुमान गरिएको छ।

बाढीले आयोजनाको संरचनामा अकल्पनीय क्षति पु¥याएको छ। बाढीसँगै आएको लेदो र ढुङ्गाले बाँधस्थल, साइट कार्यालय, विद्युत् गृह र प्रसारण लाइन ध्वस्त बनाएको छ। विशेषगरी ट्रान्सफर्मर क्याभर्न र पावरहाउस पूर्ण रूपमा लेदोले भरिएकाले भित्र फसेका हुनसक्ने कर्मचारीहरूको अवस्था पहिचान गर्न कठिन भएको कम्पनीले जनाएको छ।

घटना लगत्तै कम्पनीले हेलिकप्टर र नेपाली सेनाको सहयोगमा खोजी तथा उद्धार कार्य सुरु गरेको थियो। बाढी आएको दिनदेखि नै नेपाली सेना, सशस्त्र प्रहरी र निजी क्षेत्रका उद्धार टोलीहरू परिचालन गरिएका छन्। उद्धारका लागि फिष्टेल एयरको हेलिकप्टरबाट टोली पठाइए पनि प्रतिकूल मौसम र भौगोलिक विकटताका कारण खोजी कार्यमा बाधा पुगेको छ। कम्पनीले काठमाडौँस्थित कार्यालयमा ‘हेल्प डेस्क’ स्थापना गरी पीडित परिवारलाई जानकारी दिने व्यवस्था मिलाएको छ।

उद्धारका लागि ‘नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन’ र ‘हिमालय समिट क्लब’ का दक्ष रक क्लाइम्बरहरू समेत परिचालन गरिएको छ। यद्यपि, पावरहाउसभित्र जमेको ठूलो मात्राको लेदो र ढुङ्गाका कारण उपकरणहरू भित्र लैजान समस्या देखिएको छ। नेपाली सेनाको रेस्क्यु टोलीले भदौ २० गतेसम्म पावरहाउसको केही भागमा रेकी गरे पनि कुनै पनि कर्मचारीको अवस्था पत्ता लाग्न सकेको छैन।

कम्पनीले ऊर्जा मन्त्रालय, गृह मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ। बाढी आएको १० दिन बितिसक्दा पनि ठूलो संख्यामा कर्मचारीहरू सम्पर्कविहीन रहेकाले परिवारजनमा चिन्ता र आक्रोश बढ्दै गएको छ। कम्पनीले उपलब्ध सबै स्रोत र साधन प्रयोग गरी अन्तिम सम्भावना भएसम्म खोजी कार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित: २०८३ भदौ २१ गते आईतबार १०:३७
प्रतिक्रिया

थप समाचार

कर्णाली करिडोर चार लेन बनाउने: ३७ अर्ब लाग्ने, पाँच वर्षमा काम सक्ने

खुलालुदेखि हिल्सासम्मको सडकलाई स्तरोन्नति गर्ने योजनाअन्तर्गत २४६ किलोमिटर सडक चार लेनको कालोपत्रे बनाउने प्रस्ताव गरिएको सडक विभागले जनाएको छ। यसका लागि ३६ अर्ब ९० करोड रुपैयाँ लागत अनुमान...

कहिले सकिन्छ साँगा–धुलिखेल सडकको निर्माण?

काभ्रेपलाञ्चोक: अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडक निर्माणलाई तीव्रता दिइएको छ। थपिएको एक वर्षको समयसीमाभित्र सम्पूर्ण सडक बिस्तार नसकिएपछि मुख्यमुख्य काम सक्नेगरी...

जनकपुरधाम–अयोध्या रेल अन्तिम चरणमा, बालेन र मोदीले उद्घाटन गर्ने

जनकपुरधाम: जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भम्रणको क्रममा दुवै देशका प्रधानमन्त्रीले...

नागढुङ्गा सुरुङमार्ग प्रयोग गरे शुल्क लाग्ने, कुन गाडीलाई कति दस्तुर?

काठमाडौँ: नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले आगामी कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गर्ने भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना