२०८३ भदौ ३० गते मङ्गलबार

…अनि फेरि जुरुक्कै उठ्यो आगो, तोडफोड र लुटपाटले थलिएको भाटभटेनी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २३
DCIM100MEDIADJI_0262.JPG
DCIM100MEDIADJI_0262.JPG

२०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगो, तोडफोड र लुटपाटको मारमा पर्‍यो भाटभटेनी।  यतिवेला जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट एक वर्षमै पुरानो लयमा फर्कने प्रयासमा छ।

देशकै ठूलो व्यापारिक चेन भाटभटेनीका २८ मध्ये १२ वटामा आगजनी नै भएको थियो। यसबाहेक ९ वटामा तोडफोड र लुटपाट भएको थियो। यसरी २१ वटा स्टोरमा क्षति भएकोमा १७ वटा स्टोर पुन: सञ्चालनमा आएका छन्।

सञ्चालनमा आएका भाटभटेनीका भवनमा सञ्चालक मिनबहादुर गुरुङले प्रार्थना गरिरहेको तस्बिर देखिन्छ, ‘‘हे भगवान् ! अब उप्रान्त मेरो देशमा कहिल्यै यस्तो नहोस्।

तोडफोड र लुटपाट भएका शाखा पहिल्यै सञ्चालनमा आएपनि जलेर ध्वस्त भएका १२ मध्ये ८ वटा सञ्चालनमा आएका छन्। सुनसरीको धरान, काठमाडौँको नक्साल, मकवानपुरको हेटौंडा र झापाको दमक शाखा पनि पुन: सञ्चालनकै चरणमा छन्। असोज मसान्तसम्म यी शाखा पनि सञ्चालनमा ल्याउने योजना भाटभटेनीको छ।

आन्दोलनको क्रममा उपत्यकाको महाराजगञ्ज, बौद्ध, कोटेश्वर, बालुवाटार वायरहाउस, नक्साल शाखा, उपत्यकाबाहिर पोखरा, चितवन, हेटौँडा, बिर्तामोड, दमक, विराटनगर, धरान शाखा आगजनीले ध्वस्त भएका थिए। कलंकी, ठिमी, बालाजु, जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, इटहरी, भैरहवामा आगजनी नभएपनि तोडफोड र लुटपाट भएको थियो। टोखा, सातदोबाटो, अनामनगर, सानो गाउँ, वल्र्ड ट्रेडसेन्टर, पाटन, नेपालगञ्जस्थित स्टोर भने सुरक्षित रहे।

आन्दोलनपछि क्षतिग्रस्त शाखाहरूको पुनर्निर्माण तथा पुनर्स्थापनालाई प्राथमिकता दिँदै कम्पनीले व्यवसायलाई लयमा ल्याउने प्रयास गरेको छ। जेनजी आन्दोलनले भाटभटेनीको भौतिक संरचनासँगै वित्तीय व्यवस्थापन र व्यवसाय विस्तारमा समेत तत्कालीन दबाब सिर्जना गरेपनि एक वर्षको अवधिमा कम्पनी पुनः आफ्नो नियमित व्यावसायिक गतिविधितर्फ फर्किन थालेको अवस्था छ।

भाटभटेनीले पुनःर्निर्माणमार्फत आफूलाई लयमा मात्र फर्काएको छैन, ‘अन्तर्राष्ट्रिय मोडल’मा सञ्चालनको योजना अघि बढाएको छ। त्यही योजनाअन्तर्गत भाटभटेनीले भक्तपुरस्थित राधेराधे शाखामा रात्रिकालीन सेवा पनि सुरू गरेको छ।

प्रकाशित: २०८३ भदौ २३ गते मङ्गलबार ११:५१
प्रतिक्रिया

थप समाचार

खरानीबाट उठ्दै डेढ अर्बभन्दा बढी क्षति व्यहोरेको चितवन (फोटो)

चितवन: जेन–जी आन्दोलनका क्रममा चितवनका विभिन्न सरकारी, सार्वजनिक तथा निजी क्षेत्रमा व्यापक भौतिक विध्वंस भएको थियो। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार आन्दोलनका क्रममा जिल्लाभर ७९ वटा...

टिकटक र सेल्फीमय पशुपति परिसर [फोटोफिचर]

हरितालिका तीजको अवसरमा सोमबार पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा भक्तजनको घुइँचो छ। तीजका अवसरमा विशेषगरी महिलाहरू बिहानैदेखि मन्दिरमा पुगेर भगवान् शिवको पूजा–आराधना, जलार्पण तथा...

ग्यास अभावको विरोध: आरआर गेटमा विद्यार्थीले दाउरामा पकाए खाना (तस्बिर)

 काठमाडौँ: सरकारले बजारमा भइरहेको ग्यास अभावको समस्या समाधान गर्न नसकेपछि त्यसको सांकेतिक विरोध गर्दै विद्यार्थीहरूले रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस गेटमै खाना पकाएका छन्। अखिल (क्रान्तिकारी)मा...

पोखराका सरकारी संरचना: भग्नावशेष उस्तै, काम–सेवा अन्तैबाट (तस्बिर)

जेन–जी आन्दोलनमा क्षतिग्रस्त पोखराका सरकारी भवनको वर्तमान अवस्था। वैकल्पिक ठाउँबाट काम चलेपनि गण्डकी प्रदेश सभा भवन, मन्त्री आवास, पोखरा महानगरपालिकाको कार्यालयसहित कतिपय सरकारी कार्यालय...

राजनीतिक उथलपुथलको एक वर्ष: के–के भयो? हेर्नुहोस् तस्बिरमा

गत वर्ष भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनले पुराना नेतालाई सत्ताच्यूतमात्र गरेन, धेरैको अप्रत्याशित उदयको अवस्था पनि सिर्जना गरेको छ। जेन–जी आन्दोलनको एक वर्षको अवधिमा अन्तरिम सरकार बन्यो,...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना