२०८३ कार्तिक १२ गते बुधबार

सामाजिक सञ्जालमा अफवाह फैलाउनेहरु निगरानीमा, १० सदस्यीय समिति गठन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २३
nepal_police

रुपन्देही: बाढीपछि उत्पन्न विपद्को समयमा सामाजिक सञ्जालमार्फत अफवाह, गलत सूचना तथा सामाजिक सहिष्णुतामा आघात पु-याउने गतिविधिविरुद्ध नेपाल प्रहरीले निगरानी बढाएको छ।

नेपाल प्रहरीले सामाजिक सहिष्णुतामा आघात पु-याउने अभिव्यक्तिसहितका भिडियो सामग्री प्रसारण, पोस्ट वा सेयर गरी समाजमा घृणा, द्वेष र अफवाह फैलाउने प्रयोगकर्ताको निगरानी तथा पहिचान गरी सख्त कारबाही गर्ने जनाएको छ।

सामाजिक सञ्जालको दुरुपयोग गरी असान्दर्भिक टीकाटिप्पणीमार्फत समाजलाई भ्रमित नपार्न अनुरोध गर्दै नेपाल प्रहरीले केन्द्रमा साइबर ब्यूरोका प्रहरी नायब उपरीक्षक गजेन्द्र आचार्यको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरी निगरानीलाई तीव्रता दिएको जनाएको छ।

यसै सन्दर्भमा फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमार्फत गलत सूचना, अफवाह तथा भ्रामक सामग्री प्रसारण गर्ने, विपद्को समयमा राहत सङ्कलनका नाममा ठगीधन्दामा संलग्न हुने तथा पीडामा रहेका व्यक्ति र परिवारजनका विषयमा अनावश्यक टिप्पणी गरी सामाजिक सद्भावमा असर पार्ने र पीडितलाई थप मानसिक पीडा दिने किसिमका सामग्री प्रसारण नगर्न लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सचेत गराएको छ।

यसबीच लुम्बिनी प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले रसुवा बाढीपछि देश तथा विदेशमा समेत चिन्ता र चासो छाइरहेको दुःखको यस घडीमा नागरिकको जिउधनको सुरक्षासहित शान्ति सुव्यवस्था कायम गर्न प्रदेश प्रहरी संयन्त्र अहोरात्र खटिएको बताएका छन्।

उनले प्राकृतिक विपद्को समयमा पनि चोरी, ठगी तथा डकैतीलगायत आपराधिक गतिविधि न्यूनीकरण तथा नियन्त्रणमा प्रदेश प्रहरी सचेत रहेको बताए। चोरी, तस्करी, लागुऔषध कारोबार तथा सीमा क्षेत्रमा हुने अवैध गतिविधिमाथिको निगरानीलाई तीव्र बनाइएको उनको भनाइ छ।

उनका अनुसार सामान्य छिटपुट घटनाबाहेक पछिल्लो समयमा प्रदेशको अवस्था सामान्य छ।

प्रहरी प्रशासनको सक्रियताका कारण दाङ–तुलसीपुरबाट ११ बोरा पटाकासहित २१ वर्षीय प्रेम कसौधन र २१ वर्षीय सञ्जीव गुप्ता तथा नवलपरासी–प्रतापपुरबाट स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँ नगदसहित पाँच जनालाई नियन्त्रणमा लिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: २०८३ भदौ २३ गते मङ्गलबार ०३:१६
प्रतिक्रिया

थप समाचार

बगर बन्यो धानखेत

रसुवा: उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य धानखेत बगरमा परिणत भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण उक्त वडाको सम्पूर्ण खेतीयोग्य जमिन बगरमा रुपान्तरण भएको हो। त्रिशूली...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...

किसानलाई दूधको उचित मूल्य खोइ?

दाङ: यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य पाउन नसक्दा मारमा परेका छन्। पशुपालन व्यावसायमा दुःख मेहनत धेरै गर्नुपर्ने भए पनि त्यसअनुसार मूल्य नपाउँदा मारमा परेका हुन्। दूध...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना