२०८३ कार्तिक १३ गते बिहिबार

परराष्ट्रमन्त्री र सांसदबीच सवालजवाफ, साउद भन्छन्- एक इन्च पनि अतिक्रमण हुन दिइन्न

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ११
np_saud
परराष्ट्रमन्त्री नारायणप्रकाश साउद सङ्घीय संसद् भवन नयाँबानेश्वरमा सोमबार बसेको प्रतिनिधिसभा बैठकमा मन्त्रालयअन्तर्गत विनियोजन विधेयक २०८० को विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै। तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौँ- परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालको एक इन्च भूमि पनि अतिक्रमण हुन नदिने प्रतिबद्धता जनाएको छ। विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलका क्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले नेपालको एक इन्च भूमि पनि अतिक्रमण हुन नदिने गरी सीमा समस्या आपसी समझदारीमा समाधान गर्ने सहमति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा भएको जानकारी दिए।

प्रधानमन्त्रीको भारत भ्रमण दुई देशबीचको सम्बन्ध अघि बढाउन फलदायी भएको मन्त्री साउदले सुनाए। मन्त्री साउदका अनुसार भ्रमणका क्रममा दीर्घकालीन ऊर्जा व्यापार सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको थियो। भ्रमणका अवसरमा पाँच सय ५६ मेघावाटको माथिल्लो तामाकोशीको विद्युत् भारतमा निर्यातका लागि भारतसँग छलफल भएको छ।

आन्तरिक विद्युत् खपत गर्ने नीति सरकारले लिएको उल्लेख गर्दै भारत भ्रमणमा निजी क्षेत्रका अधिकारीहरु निजी खर्चमा गएको पनि मन्त्री साउदले स्पष्ट पारे। सरकारी सञ्चारमाध्यमसहित सरकारी प्रतिनिधिमण्डलको भ्रमण खर्च सरकारले ब्यहोरेको पनि उनीले संसद्मा जानकारी गराए।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई गतिशील बनाउन सरकार लागिपरेको उल्लेख गर्दै सार्क संयन्त्रलाई सर्वसम्मतिले चलाउनुपर्ने व्यवस्था रहेकामा सहमति नभएकाले नै प्रक्रिया अघि बढ्न नसकेको मन्त्री साउदले बताए।

फाइल तस्बिर

आर्थिक कूटनीतिलाई सक्रिय बनाउन गैरआवासीय नेपालीलाई पनि सहयोगीका रुपमा परिचालन गरिएको मन्त्रालयले जनाएको छ। नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नति गर्न आवश्यक काम भएको, विकास सहयोग निरन्तरताका पक्षमा द्विपक्षीय र बहुपक्षीय रुपमा काम भएको मन्त्री साउदले बताए।

राजदूतको नियुक्ति गर्दा निर्देशिकाअनुसार काम भएको मन्त्री साउदको भनाइ थियो। गैरआवासीय नेपालीको लगानीका लागि मन्त्रालयले सहजीकरण गर्दै आएको, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानलाई सुदृढ तुल्याइने मन्त्रालयले जनाएको छ। राहदानी सेवालाई राहदानी विभागले सहज बनाएको, राहदानी अझ सहज रुपमा वितरण गर्न काम गरिने पनि मन्त्री साउदको विचार थियो।

मन्त्रालयका महत्वपूर्ण अभिलेख राष्ट्रिय अभिलेखालयसँगको सहकार्यमा सुरक्षित रुपमा राखिने मन्त्री साउदको प्रतिबद्धता थियो। त्यसका लागि काम सुरु भइसकेको उनको भनाइ थियो। आगामी आर्थिक वर्षमा पनि यसले निरन्तरता पाउने मन्त्री साउदले उल्लेख गरे।

सांसद रघुजी पन्तले भारतको संसद्मा राखिएको नक्साका बारेमा सरकारको आधिकारिक धारणा माग गर्नुभयो । सांसदहरु प्रेम सुवाल, सन्तोष परियार, ज्वालाकुमारी साह, माधव सापकोटा, दामोदर पौडेल, सम्झना थपलिया, असीम साह, नारायणप्रसाद आचार्य लगायतले प्रतिप्रश्न गरेका थिए।

उनीहरुले लुम्बिनी, विराटनरलगायत अखण्ड भारतको नक्सामा देखिएकाले त्यस विषयमा किन आँखा जुधाएर कुरा गर्न नसकेको भनी प्रश्न गर्नुभएको थियो। तातोपानीबाट सामानमात्र आयात निर्यात भएको, मानव आवतजावत रोकिएको, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआईको हिस्सा हो कि होइन? विदेशस्थित नियोगमा कति सम्पत्ति छ? वार्षिक रुपमा तथ्य सार्वजनिक गरियोस् भनी सांसदहरुले माग गरेका थिए।

सांसदहरुको प्रश्नको उत्तरमा मन्त्री साउदले भारतका परराष्ट्रमन्त्रीसँग त्यहाँको संसद्‍मा राखिएको नक्साका बारेमा कुरा गर्दा त्यो अशोककालीन चित्र भएको र यो राजनीतिक होइन भनी विचार राखेको बताएका थिए। दिल्लीस्थित भारतीय दूतावासलाई नक्साका बारेमा बुझेर सरकारलाई जानकारी गराउन निर्देशन दिएको उनको भनाइ छ।

मन्त्रालयको सङ्गठन र व्यवस्थापनमा सुधार गर्न चाहेको, कूल बजेटको करिब चार प्रतिशत बजेट मन्त्रालयका लागि छुट्याएको मन्त्री साउदको भनाइ छ। राष्ट्रिय हितका लागि सबै दलले एउटै परराष्ट्र नीति बनाएर अघि बढ्नुपर्ने, राजनीतिक खपतका लागि कुरा गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा उनीले जोड दिए। विदेश भ्रमणका क्रममा भावनामा आएर नभई तथ्यका आधारमा कुरा राख्ने गरिएको मन्त्री साउदले स्पष्ट पारे।

विभिन्न स्थानमा रोकिएका नाका खुलाउन प्रयास भइरहेको मन्त्रालयले जनाएको छ। सन् २०१७ मा बिआरआई सम्झौतामा हस्ताक्षर भएको उल्लेख गर्नुहुँदै कार्यान्वयनमा जान बाँकी रहेको मन्त्री साउदले स्पष्ट पारे।

प्रकाशित: २०८० असार ११ गते सोमबार ०७:१२
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना