काठमाडौँ: उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन्। बिहीबार प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष उनले राजीनामा बुझाएकी हुन्।
बुधबार संसदीय समितिको बैठकमा उनले विवादित अभिव्यक्ति दिएकी थिइन्। उनले उद्योगी र कर्मचारीको असहयोगका कारण उपभोक्ताहरूमाझ ग्यास आपूर्ति सहज गर्न नसकिएको बताएकी थिइन।
उद्योगीलाई ‘पाता नकसेसम्म ग्यास आपूर्ति सहज नहुने’ उनको अभिव्यक्ति विवादित भएको थियो। उद्योगी व्यवसायीले उनको त्यस अभिव्यक्तिमाथि आपत्ती जनाएका थिए।