काठमाडौँ: नेपाली कांग्रेसका सभापति गगन थापाले निजी क्षेत्रबाट प्रधानमन्त्री वालेन्द्र शाहको प्रवृत्तिमाथि टिप्पणी गरेका छन्। उनले प्रधानमन्त्री शाहलाई निजी क्षेत्र हेर्नै मन नपर्ने दाबी गरेका हुन्।
प्रधानमन्त्री शाहले दिएका कतिपय अभिव्यक्ति र निर्णयहरू हेर्दा आफूले उक्त कुरा महसुस गरेको उनले बताए।
गिरिजाप्रसाद कोइराला फाउन्डेसनले शुक्रबार आयोजना गरेको संस्थाको ‘समीक्षा तथा भावी योजना’ विषयका कार्यक्रममा उनले यस्तो बताएका हुन्।
‘अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन। मेरो आफ्नो बुझाइमा हि हेट्स प्राइभेट्स सेक्टर। मैले अनुमानका आधारमा भनेको होइन।उहाँको पछिल्ला कतिपय अभिव्यक्तिहरू, कतिपय उहाँका निर्णयहरू हेर्दा चाहे दूग्ध दुग्ध विकास संस्था, हेटौडा कारखाना, नेपाल औषधि लिमिटेडबारे,’ उनले भने, ‘ती कारखाना चलोस्, मुनाफा कमाउन्, मेरो शुभेच्छा छ। त्यसबारे मेरो टिप्पणी हैन।
थापाले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले खुला, उदार र बजारमुखी अर्थतन्त्रको बाटो रोजेको स्मरण गर्दै थापाले राज्य चलाउने मान्छेले अहिलेको अवस्थामा अर्थतन्त्र कसरी चलेको छ भन्ने हेर्नपर्ने बताए।