२०८३ कार्तिक १४ गते शुक्रबार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २८
cablecar

काठमाडौँ: पछिल्लो समय जलविद्युतसँगै केबलकारमा लगानी बढिरहेको छ। निजी क्षेत्रबाट एक खर्ब रुपैयाँ भन्दा बढी रिसोर्टसहित केबलकार पूर्वाधारमा लगानी गरिसकेका छन्। मुलुकका धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थल, पहाडहरुमा अहिले केबलकार निर्माणको लहर नै आएको छ।

यस्तै, निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।

केबलकारको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारीको अन्तिम चरणमा पुगेको छ। केबलकार बनाउन कूल १२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

पहिलो चरणमा चार अर्ब र दोस्रो चरणमा आठ अर्ब रुपैयाँ लाग्ने बराहक्षेत्र छिन्ताङ केबलकार लिमिटेडका अध्यक्ष अरुणकुमार सुवेदीले नेपाल क्लिक्सलाई बताए। उनका अनुसार यो होटल परियोजना बाहेकको लगानी हो। होटल बेग्लै कम्पनीबाट निर्माण हुने सुवेदीले जानकारी दिए। पाँचतारे स्तरको रिसोर्ट बनाउन थप चार अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

अध्यक्ष सुवेदीका अनुसार केबलकारको पहिलो स्पान ३.८ र दोस्रो स्पान ८.४ किलोमिटर लामो हुनेछ। संभवत केबलकार मुलुकको दोस्रो लामो परियोजना हुनेछ। यही समूहले ८० किलोमिटर भन्दा लामो मुक्तिनाथ केबलकार बनाउने तयारीमा छ।

कम्पनीले सरकारलाई डीपीआर बुझाउनेछ। यसपछि प्रारम्भीक वातावरणीय प्रभाव मूल्यांकन (आइईइ) को क्षेत्र निर्धारणका लागि सरकारले अनुमति दिनुपर्ने उनले सुनाए।

‘सरकारले तुरुन्त काम अघि बढाए हामी तयारी अवस्थामा छौँ। केबलकारको काम ढिलो चाँडो हुनुमा हाम्रो कारणले नभइ सरकारको निर्णयमा निर्भर हुनेछ,’ अध्यक्ष सुवेदीले भने।

केबलकारको तल्लो स्टेसन बराहक्षेत्र र माथिल्लो स्टेसन छिन्ताङ रहने प्रस्ताव गरिएको छ। परियोजनाले धार्मिक र पर्यटकीय क्षेत्रलाई जोड्ने लक्ष्य राखेको छ। गत वर्ष कोशी प्रदेश लगानी प्राधिकरणले केबलकार पूर्वाधार बनाउन बराह क्षेत्र छिन्ताङ केबलकार लिमिटेडसँग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको थियो।

केबलकारको तल्लो स्टेशन बराह क्षेत्रमा र माथिल्लो छिन्ताङमा बनाउन प्रस्ताव गरिएको छ। केबलकार सञ्चालनमा आएपछि बराह क्षेत्रबाट अठाई घण्टामा हिँडेर गुराँशको राजधानी तीन जुरे पुग्न सकिनेछ।

यस्तै वराहक्षेत्र छिन्ताङ केबलकारको दोस्रो वार्षिक साधारणसभा आउँदो असोज १७ मा हुने भएको छ। साधारणसभाले नगद प्रवाह विवरणका साथै स्पुँजी इक्विटीमा भएको परिवर्तलाई पारित गर्ने भएको छ। कम्पनीले पछि साधारण सेयर (आईपीओ) जारी गर्नेछ।

१६ केबलकार पहिचान
चितवन को–ई समूहले मनकामना केबलकार बनाएको दुई दशकपछि निजी क्षेत्र आक्रामक भएर यसमा लगानी बढाएको छ। मुलुकको पूर्वदेखि पश्चिमसम्म जलविद्युत जस्तै केबलकार पूर्वाधार निर्माण भइरहेका छन्।

अहिलेसम्म पहिचान भएका १६ मध्ये आठ केबुलकार सञ्चालनमा आइसकेका छन् भने केही निर्माणधीन र केही निर्माणका तयारीमा छन्।

सञ्चालनमा आइसकेका, निर्माणाधीन र निर्माणको तयारीको चरणमा रहेका गरी १६ केबलकारमा मात्र हालसम्म एक खर्ब २० अर्ब रुपैयाँ लगानी हुने सम्बद्ध केबलकार कम्पनीहरूले दिएको लगानी तथ्यांकले देखाएको छ।

हालसम्म मनकामना, चन्द्रागिरी, कालिञ्चोक, अन्नपूर्ण, मौलाकाली, लुम्बिनी, बन्दीपुर र सिद्धार्थ केबलकार सञ्चालनमा छन। यस्तै जल्पादेवी, पुम्दिकोट महादेव, चम्पादेवी, पाथीभरा, सिकलेस, छिम्केश्वरी, बराहदेखि छिन्ताङ र विश्वकै लामो मुक्तिनाथ केबलकार निर्माणको तयारीमा रहेको छ।

केबलकार सञ्चालन भएको ठाउँमा होटल तथा रिसोर्ट निर्माण हुनुका साथै सडक, बिजुली, खानेपानीलगायत सुविधामा विस्तार, विकट ठाउँमा रहेका मठमन्दिरको संरक्षण, सहज पहुँच हुन गई धार्मिक, पर्यावरण, साहसिक तथा मनोरञ्जनात्मक पर्यटन विस्तारमा थप सहयोग पुगेको छ।

प्रकाशित: २०८३ भदौ २८ गते आईतबार ०७:३५
प्रतिक्रिया

थप समाचार

कहिले सकिन्छ साँगा–धुलिखेल सडकको निर्माण?

काभ्रेपलाञ्चोक: अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडक निर्माणलाई तीव्रता दिइएको छ। थपिएको एक वर्षको समयसीमाभित्र सम्पूर्ण सडक बिस्तार नसकिएपछि मुख्यमुख्य काम सक्नेगरी...

जनकपुरधाम–अयोध्या रेल अन्तिम चरणमा, बालेन र मोदीले उद्घाटन गर्ने

जनकपुरधाम: जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भम्रणको क्रममा दुवै देशका प्रधानमन्त्रीले...

नागढुङ्गा सुरुङमार्ग प्रयोग गरे शुल्क लाग्ने, कुन गाडीलाई कति दस्तुर?

काठमाडौँ: नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले आगामी कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गर्ने भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशत बढे, पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

काठमाडौं। लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ। आर्थिक वर्ष २०८२०८३ मा अघिल्लो आर्थिक वर्षको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना