२०८३ भदौ ३० गते मङ्गलबार

ब्रिक्स शिखर सम्मेलनः ‘नयाँ दिल्ली घोषणा २०२६’ पारित

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २७
bricks_2026

एजेन्सी। ब्रिक्स समूहको १८औँ शिखर सम्मेलन शनिबार भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा सुरु भएको छ।

‘लचिलोपन, नवीनता, सहयोग र दिगोपनका लागि निर्माण’भन्ने मुलधेयका साथ सुरु भएको सम्मेलन भारतको अध्यक्षतामा दुई दिनसम्म चल्नेछ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी जिनपिङ र इरानी राष्ट्रपति मसुद पेजेस्कियानसहित सदस्य राष्ट्रका नेताहरूलाई स्वागत गरिसकेका छन्।

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा, इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल सिसी, इथियोपियाका प्रधानमन्त्री आबी अहमद, इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबियान्तोलगायत नेताहरू सम्मेलनमा भाग लिन आएका छन्।

सम्मेलनकै अवसरमा प्रधानमन्त्री मोदीले शनिबार नयाँ दिल्लीस्थित भारत मण्डपममा आयोजित ‘भारत इनोभेट्स’ प्रदर्शनीको अवलोकन गरेका थिए।

प्रदर्शनीका क्रममा खिचिएका दृश्यहरूमा प्रधानमन्त्री मोदी चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसूद पेजेस्कियानसँगै उभिएको देखिएको थियो।

यसअघि प्रधानमन्त्री मोदीले शिखर सम्मेलनमा ‘नयाँ दिल्ली घोषणा २०२६’ सर्वसम्मत रूपमा पारित भएको घोषणा गरेका थिए।

‘कुनै पनि सदस्यले आपत्ति जनाएका छैनन्। नयाँ दिल्ली घोषणा २०२६ सर्वसम्मत रूपमा पारित गरिएको छ,’ मोदीले सम्मेलनमा भने।

भारतले ब्रिक्स शिखर सम्मेलन आयोजना गरेको यो चौथोपटक हो। पश्चिम एसिया र युक्रेनमा जारी युद्धले ऊर्जा आपूर्ति तथा जल यातायातमा बाधा पुर्याइरहेको, ‘ट्यारिफ’को दबाब बढिरहेको चुनौतीको सामना गर्ने विषयमा सदस्यहरूबीच मतभेद रहेको अवस्थामा ब्रिक्सको शिखर सम्मेलन भइरहेको छ (एएनआइ)

प्रकाशित: २०८३ भदौ २७ गते शनिवार ०७:११
प्रतिक्रिया

थप समाचार

२०२८ को राष्ट्रपतिमा जेडी भान्सलाई समर्थन गर्नेबारे ट्रम्पः ‘अहिले कुनै निर्णय भएको छैन’

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति जेडी भान्सलाई समर्थन गर्ने विषयमा तत्काल कुनै निर्णय नगरेको बताएका छन्। आयरल्यान्डको श्याननमा...

विश्वको ३९ प्रतिशत अर्थतन्त्र बोकेको ब्रिक्सले अमेरिकाको अर्थ व्यवस्थालाई हल्लाउन सक्ला?

ब्रिक्समा विश्वको जनसंख्याको लगभग ४९ प्रतिशत विश्वव्यापी कूल ग्राहस्र्थ उत्पादन (जीडीपी) को ३९ प्रतिशत र अन्तर्राष्ट्रिय व्यापारको २३ प्रतिशत हिस्सा रहेको छ। यसको सदस्यता अब प्रमुख एसियाली...

ब्रिक्स शिखर सम्मेलनमा २०३० रणनीतिः व्यापार र लगानीको लागि दीर्घकालीन ‘रोडम्याप’

ब्रिक्सले व्यापार, लगानी, डिजिटल अर्थतन्त्र, आपूर्ति श्रृङखला, वित्त र दिगो विकासमा सहयोगको लागि दीर्घकालीन रोडम्याप दिने अपेक्षा गरिएको छ।अमेरिकी भन्सार शुल्क कार्य र भूराजनीतिक तनावले विश्वव्यापी...

कच्चा तेलको भाउ बढेर ब्यारेलको १०७ डलर माथि, थप मूल्य वृद्धिको सम्भावना

ब्रेन्ट क्रूडमा कच्चा प्रति ब्यारेल १०७.५ डलर पुगेको छ।वेस्ट टेक्सास इन्टरमिडिएट(डब्ल्युटी) मा ब्यारेलको १०२.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ। मुर्बान क्रुडमा ब्यारेलको १२२.५ डलर पुगेको...

खाडी अशान्त बन्दा कच्चा तेलको भाउ १०२ डलरमाथि, विश्व बजारमा थप मूल्यवृद्धिको सम्भावना

महिनौंदेखि विश्लेषकहरूले चेतावनी दिइरहेका छन कि ब्रेन्ट क्रूडमा कच्चा तेल ब्यारेलको १०० डलर भन्दा बढी हुन सक्छ। जुलाईपछि पहिलो पटक ब्रेन्टले अन्ततः त्यो सीमा पार गरेको छ।
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना