२०८३ कार्तिक १४ गते शुक्रबार

भोटेकोशी बाढीको असर बजारमा: तीजका सामानको बिक्री ५० देखि ७० प्रतिशतसम्म खस्कियो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २८
photo-5_b0069a7a

काठमाडौँ: गत भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको प्रत्यक्ष असर तीज लक्षित बजारमा परेको छ। विशेषगरी तीजको बेला बढी माग हुने कपडा, चुरा, पोते तथा गरगहनाको कारोबार विगतको तुलनामा अपेक्षाअनुसार हुन नसकेको व्यवसायीहरूले बताएका छन्।

तीज नजिकिँदै गर्दा बजारमा चहलपहल बढ्नुपर्ने भए पनि यस वर्ष प्राकृतिक विपद् र देशको समग्र परिस्थितिका कारण उपभोक्ताको खर्च गर्ने क्षमता तथा पर्व मनाउने उत्साहमा कमी आएको व्यवसायीहरूको भनाइ छ।

कलंकीमा कस्मेटिक व्यवसाय गर्दै आएका संगम मुस्कान मरासैनीले यस वर्ष तीजका लागि नयाँ सामान ठूलो परिमाणमा आयात नगरिएको बताए। विगतमा आयात गरेर गोदाममा राखिएको स्टकबाटै अहिलेको माग धानिरहेको उनले जानकारी दिए।

उनका अनुसार प्राकृतिक विपद्का कारण कतिपय व्यापारीको ठूलो परिमाणको सामान बगाउँदा केही सामग्रीको आपूर्तिमा असर परेको छ। बाढीका कारण व्यापारिक सामानमा क्षति पुगेकाले केही वस्तुको अभाव देखिए पनि तीजमा बढी प्रयोग हुने चुरा, पोतेलगायतका सामग्रीमा भने तत्काल ठूलो समस्या नरहेको उनले बताए।

‘तीजका लागि यसपटक नयाँ सामान ठूलो परिमाणमा ल्याइएको छैन। पहिले ल्याएर राखेको स्टकबाटै अहिले व्यापार भइरहेको छ,’ मरासैनीले भने। सामान्य अवस्थामा तीज नजिकिँदै गर्दा रातो कपडा, चुरा, पोते तथा अन्य शृंगार सामग्रीको माग बढ्ने भए पनि यसपटक बजारको समग्र अवस्थाले त्यसलाई प्रभावित गरेको उनले बताए। प्राकृतिक विपद्का कारण उपभोक्ताको प्राथमिकता दैनिक आवश्यकतामा केन्द्रित भएकाले चाडपर्व लक्षित गैरआवश्यक वस्तुको खरिदमा कमी आएको उनको भनाइ छ।

यस वर्ष माग कम हुने अनुमानका कारण व्यवसायीहरूले नयाँ स्टक थप्नसमेत जोखिम नलिएको उनले बताए। बाढीपहिरोका कारण आपूर्ति प्रणालीमा असर परे पनि चुरा, पोतेलगायत प्रमुख तीज सामग्रीको तत्काल अभाव हुने अवस्था भने नरहेको उनले स्पष्ट पारे।

सुनको मूल्य महँगो भएकाले सुनका गहना खरिद गर्ने क्षमता घट्दा चुरा, पोते तथा कृत्रिम गहनाको व्यापार भने भइरहेको उनले बताए। तर प्राकृतिक विपद्का कारण देश शोकमा रहेकाले विगतमा जस्तो उत्साहपूर्ण रूपमा तीज मनाउने वातावरण नरहेको उनको भनाइ छ। मरासैनीका अनुसार अहिले चुरा, पोते तथा शृंगारका सामग्रीको व्यापार विगतको तुलनामा करिब ३० देखि ५० प्रतिशतमा सीमित भएको छ।

‘अहिले सुनको भाउ छुन नसक्ने गरी महँगो भएको छ। त्यसैले यी गहनाहरूको बिक्री भइरहेको छ। तर पहिलाको जस्तो व्यापार छैन। अहिले देश नै शोकमा छ। त्यसकारण तीज पनि पहिलाको जस्तो उत्सवका रूपमा मनाइएको छैन। व्यापार ३० देखि ५० प्रतिशतजति मात्र छ,’ उनले भने।

बाढी तथा विपद्का कारण आपूर्ति प्रणालीमा केही असर परे पनि भारतबाट आउने सामानको आपूर्ति भने पूर्ण रूपमा नरोकिएको उनले बताए। स्थलमार्ग तथा हवाई मार्गबाट सामान आइरहेको उनको भनाइ छ। तातोपानी नाका प्रभावित हुँदा त्यहाँबाट सामान ल्याउने कतिपय व्यापारीको सामग्री बाढीले बगाएकाले केही वस्तुको अभाव देखिएको उनले बताए।

यस्तै, अर्की व्यवसायी रोनीका श्रेष्ठले गत वर्षको तुलनामा यस वर्ष व्यापार निकै घटेको बताइन्। बाढी तथा पहिरोका कारण सामानको आपूर्ति प्रभावित हुँदा त्यसको प्रत्यक्ष असर व्यापारमा परेको उनको भनाइ छ।

बजारमा चहलपहल घटेसँगै महँगा सामग्रीको बिक्री कम भएको र सस्ता सामग्रीको माग भने बढेको उनले बताइन्। ‘सामानहरू म बाहिरबाट ल्याउँछु। म होलसेलबाट सामान किन्ने गर्छु। अहिले पोहोर सालको भन्दा एकदम कम छ व्यापार। बाढी आएदेखि एकदम गाह्रो भइरहेको छ। व्यापार पहिले ठीक थियो, तर बाढी आएपछि अहिले एकदम घटिरहेको छ। पहिरोले गर्दा सामानहरू नै परिरहेको छ,’ उनले भनिन्।

श्रेष्ठका अनुसार अहिले ग्राहकले महँगा तथा गोल्ड प्लेटेड सामग्रीभन्दा चुरा, पोतेलगायत सस्ता सामग्री बढी रुचाउने गरेका छन्। गत वर्षको तुलनामा बजारमा चहलपहल कम भएकाले महँगा सामग्रीको बिक्रीमा गिरावट आएको उनले बताइन्। ‘अहिले चुरा–पोतेजस्तो सस्तो–सस्तो आइटम धेरै बिक्री हुन्छ। गोल्ड प्लेटेडहरू अहिले एकदम कम भइरहेको छ। पोहोर सालको जस्तो चहलपहल छैन। बाढीपछि झन् धेरै कम छ। त्यसैले अहिले जाने भनेको सस्तो–सस्तो आइटम नै धेरै हो,’ उनले भनिन्।

होलसेल बजारमै पर्याप्त सामान नआउँदा त्यसको असर खुद्रा व्यापारमा समेत परेको श्रेष्ठले बताइन्। यस्तै, कुर्था तथा महिला र बालबालिकाका कपडा व्यवसायी अपेक्ष ढुङ्गेलले यस वर्ष व्यापारिक अवस्था कमजोर रहेको बताइन्। गत वर्षको तुलनामा यस वर्ष आफ्नो व्यवसायको कारोबार २५ प्रतिशत पनि हुन नसकेको उनको भनाइ छ।

‘देशमै शोक परेको अवस्थामा व्यापार भएन भन्न पनि मिल्दैन। तर आफूले गरेको लगानीअनुसार प्रतिफल नहुँदा व्यापारीलाई पीडा हुन्छ। अहिले व्यापार एकदमै डाउन छ,’ ढुङ्गेलले भनिन्।

उनका अनुसार बजारमा मानिसहरूको चहलपहलसमेत घटेको छ। ठूलो संख्यामा मानिसहरूले ज्यान गुमाएको र धेरै परिवार शोकमा रहेका कारण सामान्य अवस्थाजस्तो बजार घुम्ने तथा किनमेल गर्ने वातावरण बन्न नसकेको उनले बताइन्। ‘मान्छेहरू नै हराइरहेको अवस्थामा आफन्तहरू बजार घुम्न आउने कुरा भएन। म आफैं पनि नुवाकोटको भएकाले मनमा पीडा छ। व्यवसायमा भएकाले काम गरिरहेको छु, तर बजार पनि त्यति चलायमान छैन,’ उनले भनिन्।

करिब ६ वर्षदेखि व्यवसाय गर्दै आएकी ढुङ्गेलले विगतको तुलनामा यस वर्ष व्यापारको अवस्था कमजोर बनेको बताइन्। तीजलाई लक्षित गरेर व्यवसायीहरूले हरेक वर्ष रातो तथा गुलाबी रंगका साडी, कुर्तालगायतका कपडा ठूलो परिमाणमा ल्याउने गरेका हुन्छन्। तर यस वर्ष तीज कार्यक्रम तथा सामूहिक दर खाने कार्यक्रमहरूमा कमी आएकाले परम्परागत तीज पहिरनको मागसमेत घटेको उनले बताइन्।

उनका अनुसार आफ्नो व्यवसायले भारतबाट प्रत्यक्ष रूपमा कपडा ल्याउने भएकाले यस वर्ष तीज लक्षित रातो–गुलाबी कपडाको पर्याप्त स्टक राखिएको थियो। तर अपेक्षित ग्राहक नआएपछि थोक बिक्रीसमेत प्रभावित भएको उनले बताइन्।

‘हामीले तीजका लागि रेड–पिंक टेस्टमै टन्नै सामान झारेका थियौँ। तर यसपालि होलसेल पनि बेच्न सकेनौँ। ग्राहकहरू नै आइरहनुभएको छैन,’ उनले भनिन्। तीज नजिकिँदै गर्दा बजारमा शृंगारका सामग्री, कपडा तथा गरगहनाको माग बढ्ने अपेक्षा गरिए पनि यस वर्ष व्यवसायीहरूको अनुमानअनुसार कारोबार हुन सकेको छैन। हालैको बाढी तथा अन्य विपद्का कारण उपभोक्ताको प्राथमिकता फेरिनु, आपूर्ति प्रणालीमा परेको असर र देशमा देखिएको शोकको अवस्थाले तीज लक्षित बजारलाई प्रभावित गरेको व्यवसायीहरूको भनाइ छ।

प्रकाशित: २०८३ भदौ २८ गते आईतबार ०१:१४
प्रतिक्रिया

थप समाचार

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...

कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर नजिक, नेपालमा महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर नजिक पुगेपछि नेपालमा पेट्रोलियम पदार्थको आयात लागत र समग्र मूल्यवृद्धिमा दबाब पर्ने जोखिम बढेको छ। पश्चिम एसियामा...

नेपालको विद्युत निर्यात क्षमता १,१७९ मेगावाट पुग्यो

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ। बाढीका कारण केही जलविद्युत आयोजनाको...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन: कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसिसी) र समृद्ध चितवन...

हानि–नोक्सानी कोषबाट नेपाललाई ३ अर्ब अनुदान दिने निर्णय, प्रस्ताव पेस गर्ने नेपालको तयारी

काठमाडौँ: संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले नेपाललाई सहयोग गर्ने निर्णय गरेसँगै त्यसको कार्यान्वयन प्रक्रियामा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना