२०८३ भदौ ३० गते मङ्गलबार

नेपाल–भारत विद्युत् व्यापारका लागि १८ किमि प्रसारण लाइन तयार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २८
photo_cda02466

काठमाडौँ: नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको ४०० केभी प्रसारण लाइनको १८ किलोमिटर खण्ड निर्माण सम्पन्न भएको छ।

मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्टअन्तर्गत मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल (एमसिए–नेपाल) ले उक्त प्रसारण लाइन खण्ड निर्माण सम्पन्न गरेको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको अनुरोधपछि निर्माणलाई तीव्रता दिइएको र निर्धारित समयसीमाभित्रै काम पूरा गरिएको एमसिए–नेपालले जनाएको छ।

न्यू बुटवल सबस्टेसनमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका सचिव तथा एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा. घनश्याम उपाध्यायले प्रसारण लाइन निर्माण सम्पन्न हुनु नेपालको विद्युत् पूर्वाधार र सीमापार ऊर्जा सञ्जाल विस्तारका लागि महत्वपूर्ण उपलब्धि भएको बताए।

उनले एमसीसी नेपाल कम्प्याक्टमार्फत नेपालको विद्युत् पूर्वाधार विकासमा सहयोग पुर्‍याएकोमा अमेरिकी सरकारप्रति आभार व्यक्त गर्दै आयोजना सम्पन्न भएपछि प्राप्त हुने लाभका लागि नेपाल सरकार प्रतीक्षारत रहेको बताए।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुनिल पौडेलले नेपालले विद्युत् उत्पादन र प्रसारण क्षमता विस्तार गरिरहेको अवस्थामा सीमापार विद्युत् सम्पर्क त्यसको महत्वपूर्ण हिस्सा भएको बताए। नेपालतर्फको प्रसारण लाइन निर्माण सम्पन्न हुनु सरकार, कार्यान्वयन निकाय, विकास साझेदार र स्थानीय समुदायबीचको समन्वयबाट पूर्वाधार निर्माणमा उपलब्धि हासिल गर्न सकिने उदाहरण भएको उनको भनाइ छ।

नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पनि प्रसारण लाइन निर्माण सम्पन्न हुनु ऊर्जा क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। यसले नेपाल र भारतबीचको विद्युत् सञ्जाललाई थप सुदृढ बनाउने आधार तयार गरेको उनले बताए।

नेपालतर्फको १८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भए पनि यसबाट तत्काल विद्युत् प्रवाह भने सुरु हुने छैन। प्रसारण लाइन सञ्चालनमा ल्याउन नेपाल–भारत सीमापार विद्युत् प्रवाहका लागि आवश्यक स्वीकृति तथा अन्य प्राविधिक काम पूरा गर्न बाँकी छ।

एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले नेपाल सरकारको आग्रहअनुसार सीमित समयभित्र निर्माण सम्पन्न गर्न आवश्यक स्रोतसाधन, निर्माण व्यवसायी तथा साझेदारलाई परिचालन गरिएको बताए।

उनका अनुसार अब प्रसारण लाइनमा विद्युत् प्रवाह सुरु गर्न आवश्यक बाँकी काम पूरा गर्ने दिशामा काम अघि बढाइनेछ। यसले नेपाल र भारतबीच मात्र नभई बृहत्तर क्षेत्रीय विद्युत् सञ्जाल र ऊर्जा सहकार्य विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

एमसीसी आवासीय राष्ट्रिय नियोगकी निर्देशक डायन फ्रान्सिस्कोले प्रसारण लाइन निर्माणमा नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरण, एमसिए–नेपाल, निर्माण व्यवसायी, परामर्शदाता, स्थानीय सरकार तथा स्थानीय समुदायको सहयोग महत्वपूर्ण रहेको बताइन्।

३१५ किमि प्रसारण लाइन र तीन सबस्टेसन

न्यू बुटवल–भारत सीमासम्मको १८ किलोमिटर खण्ड एमसिए–नेपालको विद्युत् प्रसारण आयोजनाको एउटा हिस्सा हो। एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत कुल ३१५ किलोमिटर लामो उच्च भोल्टेज प्रसारण लाइन र तीनवटा सबस्टेसन निर्माण गर्ने योजना छ।

आयोजनाले नेपालमा विद्युत्को उपलब्धता तथा विश्वसनीयता सुधार गर्नुका साथै ऊर्जा सुरक्षा बलियो बनाउने, भविष्यमा उत्पादन हुने विद्युत् प्रसारण गर्ने क्षमता विस्तार गर्ने र सीमापार विद्युत् व्यापारका लागि आवश्यक पूर्वाधार विकास गर्ने लक्ष्य राखेको छ।

आयोजनाअन्तर्गत विद्युत् नियमन आयोग र नेपाल विद्युत् प्राधिकरणलाई आवश्यक प्राविधिक सहयोगसमेत उपलब्ध गराइँदै आएको छ। नेपालमा जलविद्युत् उत्पादन क्षमता विस्तार हुँदै गएसँगै उत्पादन भएको विद्युत् आन्तरिक बजारसम्म पुर्‍याउन र भारत तथा अन्य क्षेत्रीय बजारमा निर्यात गर्न प्रसारण पूर्वाधारको आवश्यकता बढ्दै गएको छ।

यस्तो अवस्थामा न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको प्रसारण लाइन निर्माण सम्पन्न हुनुलाई सीमापार विद्युत् व्यापारका लागि पूर्वाधार विस्तारको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ। अब बाँकी स्वीकृति र प्राविधिक प्रक्रिया पूरा गरी प्रसारण लाइन सञ्चालनमा आएपछि नेपाल–भारतबीच विद्युत् आदानप्रदान तथा व्यापारका लागि थप पूर्वाधार उपलब्ध हुनेछ।

प्रकाशित: २०८३ भदौ २८ गते आईतबार ०४:३१
प्रतिक्रिया

थप समाचार

बाढी प्रभावित क्षेत्रका सडक असोजभित्रै सञ्चालनमा ल्याउँछौँ: पूर्वाधारमन्त्री लम्साल

काठमाडौँ: सरकारले बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने बताएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र झोलुङ्गे पुल जडानलाई प्राथमिकता दिइएकोमा...

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदार कम्पनीलाई २ अर्ब जरिवाना

झापा: सरकारले हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ लाई जोड्ने कन्काइ पुल १४ वर्षसम्म अलपत्र पार्ने पप्पु महादेव खिम्ती संयुक्त उपक्रम (जेभी) कम्पनीलाई जरिवाना...

कालिका कालिगण्डकी अर्धजलासय आयोजनाको क्षमता बढेर पुग्यो ४७.७ मेगावाट

मौलाकालिका हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजनाको क्षमता बढाएर ४७.७ मेगावाट पुर्याएको छ। यसअघि ३८.१६ मेगावाट बिजुली उत्पादन हुने गरी आयोजनाको डिजाइन गरिएको थियो।

कैलाली पुगेर चन्द्र ढकालले भने: विपत्तिबीच निर्माण रोक्नु हुँदैन

काठमाडौँ: आईएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राकृतिक विपत्तिका कारण देशका विभिन्न भाग प्रभावित भइरहे पनि दीर्घकालीन पूर्वाधार...

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कान्ति लोकपथ बन्यो संकटको सारथि

देशको राजधानी काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख सडक पृथ्वी राजमार्ग अवरुद्ध भएपछि मालवाहक सवारीसाधन (ट्रक र कन्टेनर) को चाप यतिबेला कान्ति लोकपथमा छ। हेटौँडाबाट मालवाहक र यात्रुवाहक सवारीसाधन...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना