२०८३ कार्तिक १४ गते शुक्रबार

कैलाली पुगेर चन्द्र ढकालले भने: विपत्तिबीच निर्माण रोक्नु हुँदैन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २८
jalpadevi

काठमाडौँ: आईएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राकृतिक विपत्तिका कारण देशका विभिन्न भाग प्रभावित भइरहे पनि दीर्घकालीन पूर्वाधार निर्माणको काम रोक्न नहुने बताएका छन्। कैलालीको चिसापानीमा निर्माण भैरहेको जालपादेवी केबलकार आयोजनाको तल्लो स्टेसनको निरीक्षणपछि उनले यस्तो बताएका हुन्।

उनले भनेका छन्, ‘आज जब देशका विभिन्न भागहरू प्राकृतिक विपत्तिबाट जुधिरहेका छन्, त्यही बेला यस्ता दीर्घकालीन पूर्वाधार निर्माणले हामीलाई सम्झाउँछन् कि नेपालको यात्रा रोकिनु हुँदैन। हामी दुःखमा उभिन्छौँ, माया साट्छौँ, र त्यही सहनशीलताका साथ भविष्य निर्माणमा पनि लाग्छौँ।’

ढकालले जालपादेवी केबलकार आयोजनालाई सुदूरपश्चिममा निजी क्षेत्रबाट भएको ठूलो लगानीका रूपमा व्याख्या गर्दै यो केवल लगानीको विषय नभई सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलाई सांस्कृतिक तथा आर्थिक रूपमा जोड्ने सम्भावनासँग सम्बन्धित रहेको बताए।

केबलकार सञ्चालनमा आएपछि सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्नेछ। यस्ता पर्यटन तथा पूर्वाधार आयोजना कर्णाली, सुदूरपश्चिमलगायत देशका सातै प्रदेशमा विस्तार गर्न सके पर्यटकको नेपाल बसाइ लम्ब्याउन सहयोग पुग्ने उनको भनाइ छ।

उनले भनेका छन्–

आज मनमा दुई किसिमका भावना बोकेर लेखिरहेको छु। एकातिर प्रकृतिले दिएको पीडा र अर्कोतिर त्यही धर्तीमा उभिएको आशाको संरचना।

केही दिनअघि रसुवामा आएको बाढीले धेरैको घरपरिवार र सपना बगायो। त्यो पीडामा म पूरै नेपालसँगै उभिएको छु।

यसैबीच आज सुदूरपश्चिम प्रदेशको कैलालीस्थित जालपादेवी केबलकार आयोजनाको तल्लो स्टेसन पुग्दा मनमा एक किसिमको आशा पनि जागृत भयो। प्रकृतिले कहिलेकाहीँ परीक्षा लिन्छ, तर त्यही प्रकृतिकै काखमा हामीले सिर्जना गरेको यो संरचना, यो प्रयास, नेपालको भविष्यप्रतिको हाम्रो अटुट विश्वासको प्रतीक बन्छ।

यो आयोजना सुदूरपश्चिममा सम्भवतः निजी क्षेत्रबाट भएको सबैभन्दा ठूलो लगानी हो। तर मेरो लागि यो केवल लगानीको आँकडा मात्र होइन, यो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलाई जोड्ने एउटा सांस्कृतिक र आर्थिक सङ्गमको सपना हो। एउटा यस्तो सङ्गम जसले भूगोलका सीमाहरू मेटेर समृद्धिको साझा बाटो कोर्नेछ।

आज जब देशका विभिन्न भागहरू प्राकृतिक विपत्तिबाट जुधिरहेका छन्, त्यही बेला यस्ता दीर्घकालीन पूर्वाधार निर्माणले हामीलाई सम्झाउँछन् कि नेपालको यात्रा रोकिनु हुँदैन। हामी दुःखमा उभिन्छौं, माया साट्छौं, र त्यही सहनशीलताका साथ भविष्य निर्माणमा पनि लाग्छौं।

जालपादेवी केबलकार चाँडै सञ्चालनमा आउनेछ। यस्ता संरचना र पर्यटन पूर्वाधारहरूलाई कर्णाली, सुदूरपश्चिमसँगै नेपालका सातै प्रदेशमा विस्तार गर्न सकियो भने यसले अहिलेको पर्यटकको बसाई दोब्बर बनाउन पक्कै पनि सहयोगी भूमिका खेल्नेछ। यो आयोजना नेपाली पर्यटकका लागि मात्र नभई सीमापारिका भारतीय पर्यटकहरूका लागि समेत एउटा नयाँ आकर्षणको केन्द्र बन्ने विश्वास छ।

बाढीपीडित सम्पूर्ण परिवारप्रति सम्वेदना व्यक्त गर्दै, पुनर्निर्माणमा जुटेका सबैलाई हार्दिक धन्यवाद।

प्रकाशित: २०८३ भदौ २८ गते आईतबार ०४:५१
प्रतिक्रिया

थप समाचार

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...

कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर नजिक, नेपालमा महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर नजिक पुगेपछि नेपालमा पेट्रोलियम पदार्थको आयात लागत र समग्र मूल्यवृद्धिमा दबाब पर्ने जोखिम बढेको छ। पश्चिम एसियामा...

नेपालको विद्युत निर्यात क्षमता १,१७९ मेगावाट पुग्यो

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ। बाढीका कारण केही जलविद्युत आयोजनाको...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन: कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसिसी) र समृद्ध चितवन...

हानि–नोक्सानी कोषबाट नेपाललाई ३ अर्ब अनुदान दिने निर्णय, प्रस्ताव पेस गर्ने नेपालको तयारी

काठमाडौँ: संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले नेपाललाई सहयोग गर्ने निर्णय गरेसँगै त्यसको कार्यान्वयन प्रक्रियामा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना