२०८३ भदौ ३० गते मङ्गलबार

गुठीका किसानलाई मन्त्री रावलको आश्वासन: घर–टहरा निर्माण गर्न कानुनले बन्देज लगाएको छैन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ३०
photo_af529daa (1)

 काठमाडौँ: भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गुठी जग्गासम्बन्धी विगतका सरकारहरूले गरेका सम्पूर्ण सहमति वर्तमान सरकारले पालना गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिँदै मन्त्री रावलले गुठी जग्गामा रहेका किसानहरूको हकअधिकार संरक्षण र अतिक्रमण रोकथाममा सरकार गम्भीर रहेको बताइन्। उनले प्रचलित कानुनले नै मोही किसानको अधिकार सुरक्षित गरेको स्पष्ट पारिन्।

‘गुठी संस्थान ऐन, २०३३ को दफा २७ र ३० ले गुठी जग्गामा मोहीको हक र सो हक खरिद–बिक्री हुन सक्ने विशेष व्यवस्था गरेको छ। गुठीको मोही लागेको जग्गा बिक्री–वितरण वा हक हस्तान्तरण गर्न पाइने कुरामा दुई मत छैन,’ उनले भनिन्।

मन्त्री रावलले गुठी अधीनस्थ जग्गामा संस्थाको स्वीकृति लिएर घर–टहरा बनाउन सकिने कानुनी आधार कायमै रहेको बताउँदै किसानहरूलाई अन्योलमा नपर्न आग्रह गरिन्।

उनले भनिन्, ‘ऐनको दफा ३५ (३) अनुसार स्वीकृति लिएर घर–टहरा निर्माण गर्न कानुनले बन्देज लगाएको छैन। हक हस्तान्तरण र धितोबन्धक राख्न सकिने स्पष्ट व्यवस्था भएकाले मोहीले गुठी जग्गाप्रति प्रतिकूल मनस्थिति बनाइरहनु पर्ने देखिँदैन।’

यसैगरी, स्वर्गद्वारी गुठीका किसानहरूले भोगिरहेको समस्याबारे बोल्दै उनले सर्वोच्च अदालतको २०६२ सालको आदेश र विगतका सरकारसँग भएका सम्झौता कार्यान्वयन नहुँदा किसानहरूमा असन्तुष्टि बढेको स्वीकार गरिन्।

उनले भनिन्, ‘विगतमा सहमति कार्यान्वयन नभएकाले किसानहरू फेरि सडकमा आउनुपर्ने अवस्था आएको हो। तर विगतका सरकारले गरेका सहमति अक्षरसः पालना गर्न यो सरकार प्रतिबद्ध छ। माननीयज्यूहरूले उठाएका विषय सम्बोधन हुने गरी विधेयकको मस्यौदा बनिरहेको छ।’

मन्त्री रावलले तयार भइरहेको विधेयक छिट्टै संसद्मा टेबल गरिने र त्यसमाथि थप छलफल गरेर गुठी किसानका समस्यालाई कानुनी रूपमै स्थायी समाधान दिइने दाबी गरिन्।

प्रकाशित: २०८३ भदौ ३० गते मङ्गलबार ०५:५९
प्रतिक्रिया

थप समाचार

भारत भ्रमणका क्रममा प्रयोग गरेको ‘ओल्ड ब्यागेज’ शब्दबारे परराष्ट्रमन्त्रीको प्रष्टीकरण

काठमाडौँ: परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणका क्रममा आफूले प्रयोग गरेको ‘ओल्ड ब्यागेज’ शब्दले नेपालको राष्ट्रिय विरासत वा छिमेकीसँगको सम्बन्धको इतिहासलाई नभई विगतमा देखिएको आन्तरिक...

तटीय क्षेत्रमा अब बस्ती बस्दैन, पुनर्स्थापनाका लागि स्रोतको कुनै कुनै कमी हुन्न: प्रधानमन्त्री

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित तटीय क्षेत्रमा अब पुनः बस्ती बसाउन सम्भव नभएको बताएका छन्। उनले बाढी प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण...

प्रधानमन्त्री भोटेकोशी बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफलमा

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। आइतबार बिहान...

चीनसँग नेपालको परराष्ट्र नीतिबारे मन्त्री खनाल भन्छन्: एक चीन नीतिप्रति प्रतिबद्ध छौँ

काठमाडौँ: परराष्ट्रमन्त्री शिशिर खनालले हालैको हिमाली विपद्का बेला मानवीय सहायता र ऐक्यबद्धता प्रदान गरेकोमा जनवादी गणतन्त्र चीनको सरकार तथा चिनियाँ जनताप्रति धन्यवाद व्यक्त गरेका छन्। काठमाडौंमा...

गगनले भने: ‘अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन, हि हेट्स प्राइभेट सेक्टर’

काठमाडौँ: नेपाली कांग्रेसका सभापति गगन थापाले निजी क्षेत्रबाट प्रधानमन्त्री वालेन्द्र शाहको प्रवृत्तिमाथि टिप्पणी गरेका छन्। उनले प्रधानमन्त्री शाहलाई निजी क्षेत्र हेर्नै मन नपर्ने दाबी...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना