२०८३ कार्तिक १४ गते शुक्रबार

खरानीबाट उठ्दै डेढ अर्बभन्दा बढी क्षति व्यहोरेको चितवन (फोटो)

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ३०
Chitwan GenZ Sarkari Ofiice_NPL (22)
तस्बिर : निशा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी
चितवन: जेन–जी आन्दोलनका क्रममा चितवनका विभिन्न सरकारी, सार्वजनिक तथा निजी क्षेत्रमा व्यापक भौतिक विध्वंस भएको थियो। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार आन्दोलनका क्रममा जिल्लाभर ७९ वटा सार्वजनिक, १६ वटा निजी र ३ वटा राजनीतिक दलका कार्यालयहरूमा भौतिक क्षति पुगेको थियो।

संघ, प्रदेश, स्थानीय तह, वडा कार्यालय, राजनीतिक दल तथा जनप्रतिनिधिहरूको घरमा भएको क्षति जोड्दा कुल १ अर्ब ६१ करोड ८४ लाख रुपैयाँ बराबरको क्षतिको विवरण संकलन गरिएको थियो। विवरण प्राप्त नभएकाले भाटभटेनीको क्षति भने समावेश गरिएको थिएन। आन्दोलनले तहसनहस पारेका जिल्लाका प्रमुख अड्डाहरूले एक वर्षको अवधिमा मर्मतसम्भार, अस्थायी टहराको सहारा र निर्माणाधीन भवनको आडमा जसोतसो सेवा प्रवाह गरेका छन्।

आन्दोलनको निशानामा परेको जिल्ला प्रशासन कार्यालयले आफ्नो भवन मर्मतसम्भार पूरा गरेर सेवा पूर्ण रूपमा सूचारू गरिसकेको छ। भरतपुर महानगरपालिकाको नयाँ प्रशासनिक भवन पहिलेदेखि नै निर्माणको क्रममा रहेकाले हाल सोही निर्माणाधीन भवनबाट कार्यसम्पादन अघि बढाइएको छ।

जिल्लाका प्रमुख सेवाप्रदायक कार्यालयमध्ये मालपोत कार्यालय चितवनमा करिब ६ करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको थियो। मुख्य भवन जलेर पूर्ण रूपमा प्रयोग अयोग्य भएपछि हाल तीन वटा अस्थायी टहराबाट सेवा दिइरहेको प्रमुख भूमि प्रशासन अधिकृत निरबहादुर दाहालले बताए।

पार्किङका लागि बनाइएको टहरामध्ये एउटामा छेकबार लगाएर दुई वटा दर्ता फाँट र कम्प्युटर राखिएको छ। अर्कोमा टहरामा दर्ता फाँट र तेस्रो टहराबाट लेखा, प्रशासन तथा कार्यालय प्रमुखको कक्ष सञ्चालन गरिएको छ।
दैनिक रूपमा थपिने कागजात भण्डारण गर्न आगजनीमा क्षतिग्रस्त पुरानो भवनलाई मर्मत गरी प्रयोग गर्ने तयारी छ। मुख्य भवन ध्वस्त भएकाले स्थायी समाधानका लागि सरकारी वकिल कार्यालय नजिकै रहेको जग्गामा नयाँ भवन बनाउने विषयमा छलफल अघि बढेको अधिकृत दाहालले बताए। ठाउँ साँघुरो र पूर्वाधार अपर्याप्त हुँदा कर्मचारीलाई कार्यसम्पादनमा निकै असहज भएको छ।

जिल्ला यातायात कार्यालय चितवनमा पनि आन्दोलनमा भएको आगजनीका धब्बा र त्यसको प्रभाव देखिन्छ। कार्यालयका सहायक अधिकृत तेजन्द्र अधिकारीका अनुसार आन्दोलनका क्रममा पुरानो भवन, कम्प्युटर, प्रिन्टर र महत्त्वपूर्ण डकुमेन्टहरू पूर्ण रूपमा ध्वस्त भएका थिए।

भवन धेरै पुरानो भएकाले यसको रेक्ट्रोफिटिङ गर्ने प्रक्रिया जटिल रहेको र भित्र बसेर काम गर्न सक्ने स्थिति नभएपछि कार्यालय परिसरका साना टहरा मर्मत गरी साँघुरो अवस्थामै सेवा चलेको उनले सुनाए। नयाँ कम्प्युटर र प्रिन्टर विस्तारै खरिद गरेर व्यवस्थापन गर्दै आधारभूत सेवा सुचारू गरिएपनि सीमित पूर्वाधारका कारण सेवाग्राही र कर्मचारी दुवैले सास्ती भोग्नुपरेको छ।

भौतिक रूपमा ठूलो क्षति भोग्ने अर्को निकाय जिल्ला निर्वाचन कार्यालय चितवन हो। आन्दोलनमा कुल २ करोड ३१ लाख रुपैयाँ बराबरको क्षति भएको कार्यालय प्रमुख भिमसेन कार्कीले सुनाए।

जिल्ला प्रशासन कार्यालयको भवनमा भण्डारण गरी राखिएका करिब ८० लाख रुपैयाँ मूल्य बराबरका ४ सय ६८ थान विद्युतीय भोटिङ मेसिन जलेर पूर्ण रूपमा खरानी बनेका थिए। त्यसका साथै गाडी, कम्प्युटर, ल्याप्टप र मतदाता नामावली संकलनमा प्रयोग गरिने २५ वटा जेनेरेटरसमेत डढेर नष्ट भएको प्रमुख कार्कीले बताए। चालु आर्थिक वर्षमा ट्रष्ट निर्माणका लागि प्राप्त १० लाख रुपैयाँ बजेटलाई मर्मतमा उपयोग गरी कार्यालयलाई सञ्चालनयोग्य बनाइएको छ।

जिल्ला अदालत चितवनले मर्मतसम्भारपछि आफ्नो सेवा नियमित गरेको छ। यसबाहेक केही सरकारी कार्यालयहरू तथा केही वडा कार्यालयहरूको मर्मत कार्य अझै आंशिक रूपमा जारी छ।

एक वर्ष बितिसक्दा पनि केही सरकारी कार्यालयका छेउछाउ र परिसरभित्र  डढेका गाडी तथा फर्निचर अझैसम्म पनि हटाइएका छैनन्। कार्यालय परिसर आसपासमा रहेका ती डढेका सवारी साधन र जीर्ण संरचनाले आज पनि जेन–जी आन्दोलनको झझल्को दिइरहेका छन्।

प्रकाशित: २०८३ भदौ ३० गते मङ्गलबार ०६:५४
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

काठमाडौं उपत्यकामा खुम्चिँदैछ खेतीयोग्य जमिन (तस्विरहरू)

काठमाडौँ उपत्यका एकताका धानलगायत अन्य खाद्यान्नको खेतीका लागि निकै प्रसिद्ध थियो। उपत्यकाका काठ क्षेत्र एक प्रकारले कृषि उत्पादन केन्द्र मानिन्थ्यो। परालका कुन्युहरूको आकर्षण खास हुने...

सुनसान बन्यो काठमाडौँ उपत्यका: सडक खाली, पसल बन्द (तस्बिरहरू)

दशैँ मनाउन उपत्यकाबाहिर जानेको संख्या बढेसँगै काठमाडौँ उपत्यका सुनसान बनेको छ। सधैँजसो सवारीसाधन र मानिसको चहलपहल रहने सडकहरू अहिले खाली देखिन थालेका छन् भने अधिकांश पसल तथा व्यवसायसमेत...

बाजुराका विभिन्न खेतमा पहेँलपुर भएर पाकेको धानबाली (तस्बिर)

बाजुराका ९ वटै स्थानीय तहमा यतिवेला धानवाली पाकेर पहेँलुपर अवस्थामा छ। यहाँका किसानलाई एकातिर दशैँ तिहारको रौनकता छ, भने अर्कोतिर पाकेको धानवाली भित्र्याउन चटारो छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना